ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

मौसमको डरले ‘हरिया बालामै हसियाँ’

२८ आश्विन २०८०, आइतबार
२८ आश्विन २०८०, आइतबार

बुटवल, २८ असोज । बुटवल–१५ का किसान हरि प्रसाद पौडेलको खेतमा अझै धान पोकेको छैन । उनले दशैको आसपासमा मात्रै धान काट्ने योजना बनाएका थिए । तर उनी मौसम प्रतिकुल हुँदा एक साता पहिला नै धान काट्न बाध्य भए । धान नपाकेको कारण उनले ढिला गरी धान भित्र्याउने योजना बनाए पनि केही दिन पहिला निरन्तर परेको बर्षाको कारण उनको खेतमा अधिकांस धान ढल्यो, हावा हुरी सहित आएको पानीको कारण धान ढलेको कारण उनले धान हरियो नै हुँदा काट्न बाध्य भए । धान काटेर खेतमा केही दिन राखेपछि उनले अहिले माच बनाएर राखेका छन् । खेतको धान माच बनाएर राखेका छन् । केही दिन पछि मौसम अनुकुलको अवस्था हेरेर मात्रै धानमा थ्रेसर लगाउने योजना बनाएका छन् ।

उनी एक प्रतिनिधि उदाहरण हुन । उनी जस्तै अहिले देशका अधिकांस स्थानमा केही दिन पहिला परेको पानीको कारण खेतको धान ढलेको छ । जसको कारण थप बर्षाले धान नोक्सान हुन बाट जोगाउनको लागि किसानले अहिले नै धान काटेर थन्काउन थालेका छन् । रूपन्देहीका अधिकांस स्थानमा खेतमा धान अझै काट्ने अवस्था छैन । अगौटे धान मात्रै केही दिनमा तयारी हँुदै छन् ।
तर पछौटे धान त अझै हरिया नै छन् । तर केही दिन पहिला हावा हुरी सहित आएको बर्षाको कारण अधिकांस किसानको खेतमा धान ढल्यो । जसको कारण ले गर्दा अधिकांस किसानले हरियोमा नै धान काट्न बाध्य भएका छन् ।

रूपन्देहीका सैनामैनाका किसान प्रेम बहादुर साहीले पनि धान हरियोमा नै काट्न बाध्य भएको बताए । उनले यसरी हरियोमा काटेको धानलाई केही दिन यत्तिकै राखेर मात्रै थ्रेसर लगाउने योजना बनाएका छन् । उचित समयमा धान काट्ने, थ्रेसर लगाउने र थन्काउने नहुँदा उत्पादनमा ह््र्रास आउने कृषि विज्ञ सुभाषराज उपाध्याय बताउँछन् । उनका अनुुसार सबैभन्दा पहिला धान पानीमा भिज्न दिनु हँुदैन । यदि बर्षाको कारण धान भिजेमा त्यसलाई जोगाउनको लागि विभिन्न उपाय समेत अपनाउन सकिन्छ ।

सबैभन्दा पहिले धान खेतमा पसेको पानी निकास खोलेर सुकाउने । त्यसो गर्न नसके धानलाई पानीबाट निकालेर ओभानो ठाउँमा लैजाने गर्नुपर्दछ । उनका अनुसार धान पानीमा डुबिसकेको छ र तापक्रम बढी भएको ठाउँ हो भने छिटो उम्रिने सम्भावना बढी रहन्छ ।
जति बढी तापक्रम छ धान बिग्रने सम्भावना बढी रहन्छ । त्यसैले त्यसरी डुबेको धान झाटेर अथवा धान र पराल छुटाएर तातो कोठाभित्र राखेर अथवा घाम लागेको छ भने घाममा सुकाएर सुक्न दिने व्यवस्था गर्नुपर्छ । त्यसरी धान सुकाउन पंखा अथवा ड्रायर प्रयोग गर्दा अझ राम्रो हुन्छ ।
धान धेरै भिजिसकेको छ, त्यसलाई सुकाउने व्यवस्था राम्रो छैन र धानको मात्रा त्यति धेरै छैन भने वफ्याएर उसिना चामल अर्थात स्टीम राइस बनाउन सकिन्छ । अझै कम मात्रामा हो भने चिउरा मिलमा लगेर बिक्री गर्न वा आफैंलाई चिउरा कुटाउन पनि सकिन्छ । किनभने चिउरा बनाउन पनि धानलाई भिजाउनुपर्छ ।

किसानले किसानले सावित्री, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२, लगायतका वर्णशङ्कर जातका धानको खेती गरेका छन् । यस्तै कम पानी हुने ठाउँमा सुख्खा–१, सुक्खा–२, सुख्खा–३ जातका धानको खेती गरिएको गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?