Butwal Today

विश्व हात धुने दिवसः जोखिम र संक्रमणबाट बचौं

२८ आश्विन २०८०, आइतबार
अ+
अ-

विश्व हात धुने दिवस अक्टुबर १५ मा हरेक बर्ष मनाउने गरिएको छ । साबुनपानीले हात धुने कुरा सुन्दा अत्यन्तै सामान्य जस्तो लागेतापनि यसको महत्व र प्रभावकारीताको बारेमा हेर्ने हो भने निकै ठुलो महत्व रहेको पाउन सकिन्छ । हामीहरू सबैलाई प्रायजसो लाग्ने रोगहरू खुल्ला हातको प्रयोग र संक्रमणबाट सर्न सक्ने सम्भावना भएको हुँदा यसबाट जोगिनपनि राम्रोसंग साबुन पानीले मिचीमिची हात धुनु अनिवार्य छ । साबुन पानीले हात मिचीमिची धुँदा हामीलाई लाग्न सक्ने ८० प्रतिशत रोगबाट बच्न सकिने हुनाले हातधुन साबुनपानी नै निर्बीकल्पको रूपमा लिनुपर्दछ । ग्रामीण ईलाकातिरको घरयासी चलन अनुसार कहीकतै खरानीपानी, माटोपानी र गोबर पानीले पनि हातधुने प्राक्टिस गरेको पाईन्छ । तर यस्तो खालको प्राक्टिसबाट यदी हातमा कहीँकतै घाउचोट भएको अवस्था रहेछ भने उक्त स्थानबाट धनुस्टङकार जस्ता घातक रोगका किटाणुहरू शरीरमा प्रबेश गरी हामीलाई भयानक खालको रोगबाट समेत ग्रसित गराउन सक्ने संम्भावना रहेको हुनाले हातधुँदा यी अन्य बस्तुको प्रयोग नगरी केवल साबुनपानीमात्र अनिवार्य प्रयोग गर्नु नै बुद्धीमानी मानिन्छ ।

साबुनमा रहेको चिप्लोपनाले गर्दा हातमा भएका किटाणुहरूलाई सजिलै संग बगाएर बाहिर लैजान सक्ने र केहीमात्रामा भएपनी साबुनमा किटाणु नस्ट गर्न सक्ने क्षमताको तत्वहरू समेत मिसिएको हुनाले पनि साबुनपानीको महत्व अपरिहार्य मानिन्छ । हुन त बिभिन्न स्वास्थ्यको क्षेत्रमा काम गर्ने निकायहरू सरकारी तथा गैरसरकारी संघ संस्थाहरूले धेरै पहिलादेखि नै साबुनपानीले हात धुने बारेमा अभ्यास गराउदै र वकालत गर्दै आईरहेका छन । तरपनि जनमानसको व्यवहारमा भने यसको अभ्यास अझैपनि कहीकतै पूर्णरूपमा हुन सकेको छैन । यसका बारेमा क्रमागत रूपमा ६ चरणमा हातधुने भनेर धेरै प्रोजेक्टहरूले अभ्यास गराउदैं र आफ्नो डाटाबेसको कार्य पूरा गरेर कागजी काम कार्य सफल नभएको पनि होईनन् तर ब्यक्तिको जीवनमा प्रत्यक्ष प्रभाप पारेर सकारात्मक परिबर्तन आउने कुरा चाँही निकै गाह्रो बिषयबस्तु रहेछ । त्यसैले “परिवर्तन आफूबाटै सुरु गर्नु पर्दछ” भने जस्तै ब्यक्तिको आनीबानी परिवर्तन गर्ने कुरा त्यति सजिलो कुराचाँही होईन । त्यसकारणले हात धुने ६ चरणलाई क्रमैसंग ब्यवहारमा लागू गर्न यदी अलमल नै परियो भनेपनि हरेक जोखिम अवस्थामा कुनैपनि नयाँ कार्यको सुरुवातीमा र काम सकाई सकेपछी साबुनपानीले मिचीमिची हात धुन नभुलौं । साबुनपानीले हरेक जोखिम अवस्थामा मिचीमिची हातधुने कार्यलाई निरन्तरता दिदाँमात्र यतिधेरै जोखिमहरूबाट बच्न सकिन्छ भने यस कार्यलाई सबै मानिसले आत्मसाथ गर्दै प्रगोगमा ल्याउनु नित्यन्तै बुद्विमानी मान्न सकिन्छ ।
सावुन पानीले हात नधुँदा विभिन्न रोगले आक्रमण गर्न सक्दछन । बिभिन्न खालका सरुवा तथा घातक रोगहरू ब्याक्टेरीया, भाईरस फंगस, प्रोटोजोवल खालका रोगहरूले आक्रमण गर्दछन । जस्तैः झाडा पखाला, आउँ, टाईफाईड, जुकापर्ने, हैजा, खानाबाट सर्ने रोग, पानीबाट सर्ने रोग, बिभिन्न किसिमका छालाका सरुवा रोगहरू र बिगतका बर्षदेखि महामारीको रूपमा फैलिएर रहेको कोरोनाभाईरस र ओमिक्रोन भाईरसबाट लाग्न सक्ने घातक रोगहरूले समेत आक्रमण गर्नुको साथै मानव शरीरमा लाग्ने यस्ताखालका ८० प्रतिसतभन्दा बढी रोगहरूले आक्रमण गर्दछन् ।
हात धुनुपर्ने जोखिमपूर्ण अबस्थाहरू ः
१. शौचालय÷चर्पीको प्रयोग गरिसकेपछी ।
२. बालबालिका वा बिरामीको दिशा धोईसकेपछी ।
३. कुनैपनि फोहोर कुरा वा बिषादी छोईसकेपछी ।
४. बिरामी वा बच्चाको स्याहार गरिसकेपछी ।
५. खाना बनाउनु वा तयार गर्नुअघि ।
६. खाना खानुअघि ।
७. बालबालिका वा बिरामीलाई खाना खुवाउनु अघि ।
८. बिरामी वा बच्चाको स्याहार गर्नु अघि ।
९. दैनिक घरबाहीर गएर आईसकेपछि कुनैपनि नयाँ कामको सुरुवाती वा कामको अन्त्यमा साबुनपानीले मिचीमिची हातधुन नभुलौं ।
साबुनपानीले हात धुँदा हुने फाईदा ः
१. ब्यक्तिगत तथा पारिवारीक सरसफाई हुने ।
२. रोगबाट बच्न सकिने, शरीर निरोगी तन्दुरूस्त हुने ।
३. औषधीमुलोमा खर्च गर्न नपरेपछि आर्थीकपक्षमा अब्बल रहने ।
४. ब्यक्तिगत, पारिवारीक, सामाजिक रूपमै सक्रिय र सहकार्य गर्न सक्षम रहने ।