ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

दशैं सुरुः उपभोक्तालाई छैन राहत

२८ आश्विन २०८०, आइतबार
२८ आश्विन २०८०, आइतबार

आज बडादशैंको पहिलो दिन । घर घरमा घटनास्थापना गरिएपछि औपचारिकरूपमा नेपालीको घर आँगनमा दशैंको प्रवेश भएको छ । घटस्थापनासंगै दशैं नेपालीहरूको घर आँगनमै भित्रिएको छ । दशैंको रौनक सुरु हुँदैगर्दा भने नेपालीहरू मूल्यबृद्धिको चरम मारमा परेका छन । दिन दुगुना रात चौगुना मूल्य बृद्धि भैरहेको छ । मूल्यबृद्धिको रफ्तार यति तीब्र भएको छ कि उपभोक्ताको क्रयशक्ति कमजोर भैसकेको छ । कमजोर क्रयशक्ति भएको बेला दशैंले नेपालीको माझमा खासै उल्लास नल्याउने चिन्ता बढेको छ । हरेक कुरामा मूल्यबृद्धि हुँदापनि सरकार बेखबर जस्तै छ । यही बेला बजार अनुगमनका नाममा ब्यापारीलाई त्रसित बनाउनेमात्र काम भैरहेको छ । बजार अनुगमनले मूल्य घटाउँदैन । बर्षको एकपटक औपचारिकताका नाममा दशैंमा गरिने बजार अनुगमनले उपभोक्तालाई खासै लाभ दिन सकेको छैन ।

सबैतिर निरासा छ । यही बेला नेपालबाट तेश्रो देश निर्यात निरन्तर ओराली लागिरहेको अवस्था छ । आयात सोही मात्रामा बढ्दै गर्दा नेपालको बजारमा मूल्यबृद्धिको मार उच्चतहमा बृद्धि भएको छ । यसको प्रत्यक्ष असर नेपाली उपभोक्तामा परिरहेको छ । सरकारले आयातलाई नियन्त्रण गर्ने र निर्यात बृद्धि गर्ने भन्दै विभिन्न कार्यक्रम सार्वजनिक गरेपनि त्यो प्रभावकारी नहुँदा नेपाली बजार उपभोक्ताको पहुँचभन्दा बाहिर गैरहेको छ । यो गंभीर परिस्थितिमा बाहिरी देशवाट नेपालमा आईरहेको रेमिटान्सले समेत बजारमा मूल्य बढाउन मद्दत गरिरहेको छ । सरकारले बजार मूल्य नियन्त्रणका लागि कुनै कार्यक्रम सार्वजनिक गर्न नसक्दा तल्लो स्तरका जनता तथा उपभोक्ताले ठूलो भार खेप्नु परिरहेको छ । मूल्य नियन्त्रणको उपाय हुँदा पनि नेपाल सरकारले त्यसतर्फ खासै ध्यान दिएको छैन ।

यतिबेला बजारमा दशैंको रौनक सुरु भैसक्नुपर्ने हो । देश विदेशबाट आउने नेपालीहरूको भीडले गाउँ घर शहर बजार सवैतिर चलहपहल बढ्नुपर्ने हो तर बजारमा रौनक छैन । गाउँघर सुनसान छन । सवैतिर उही कुरा छ– महंगीले आकास छोएको छ । बजारमा गएर केही सामान पनि किन्नै सकिदैन । बजारमा मूल्य बृद्धिको अनुगमन र नियन्त्रण गर्ने नेपाल राष्ट्र वैंकले समेत यो वर्ष यस विषयमा खासै ध्यान दिएको छैन । गत दुई वर्षअघि यही परिस्थितिमा राष्ट्र बैंकले बजार हस्तक्षेप गर्ने घोषणा गरेको थियो तर यो वर्ष राष्ट्र बैंकको मौनता आफैमा रहस्यमय बन्दै गएको छ । राष्ट्र वैंकले एक महिनाअघि सार्वजनिक गरेको आर्थिक सुचकांकमा मुलुकको आर्थिक बृद्धि चार प्रतिशतको हाराहारीमा रहने आँकलन गरेको थियो तर आर्थिक बृद्धिमा समेत खासै सुधार आउने संभावना देखिँदैन । अर्कोतर्फ राष्ट्रबैंकले समेत महंगी नियन्त्रणको सवालमा मौनता कायम राखेको छ । अन्ततः नेपाली जनता महंगीको कडा मारमा पर्न विवस भएका छन । वस्तुको मूल्य नियन्त्रण सरकारको दायित्व हो तर सरकारले त्यही रूपमा काम गर्न नसक्दा अहिले हरेक बस्तुको मूल्य नियन्त्रण बाहिर गएको छ ।

मूल्य बृद्धि नियन्त्रण नहुँदा सर्वसाधारण जनता ठूलो मारमा परेका छन् । व्यापारी तथा वस्तु उत्पादक समेत चेपुवामा छन । बैंक ब्याजले उद्योगी व्यवसायी प्रभावित भएका छन । यस गंभीर विषयमा सरकारको ध्यानाकर्षण हुनुपर्ने हो तर सरकारको कमजोरीको फाईदा लिनेहरू सल्बलाउने अवस्था आएको छ । यो जनताका लागि दुःखद पक्ष हो । राष्ट्र वैंकले बजार मूल्य नियन्त्रणमा छैन भनिरहँदा समेत सरकारले बजारलाई काबुमा राख्न सकेको छैन । नेपाली जनता महंगीको मारमा पर्दा समेत सरकार रमिते वन्नु दुःखद विषय हो । यो सरकारको लाचारीपन बाहेक केही होइन । अर्को कुरा नेपालीहरूको चाडपर्व सुरु भैसकेको सन्दर्भमा सरकारले कम्तिमा पनि आम उपभोक्तालाई राहत दिने कार्यक्रमको घोषणा गर्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?