ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

जानकारी विना नै क्रसर चलाउन खोजेको आरोप

२७ आश्विन २०८०, शनिबार
२७ आश्विन २०८०, शनिबार

पाल्पा, २७ असोज । तिनाउ गाउँपालिका–३ दोभानस्थित ढापका सथानीहरूले आफुुहरूलाई थाहा नै नदिइए चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले क्रसर चलाउन लागेको बताएका छन् । सिद्धबाबा सुरुङ्गमार्ग परियोजना अन्तर्गतको यो कम्पनीले सामन्य मापदण्ड पनि पालना नगरी आफुुहरूको सहमति बेगर क्रसर र रेडिमिक्स प्लान्ट सञ्चालनमा ल्याउन लागेको बताएका हुन् ।

कुनै पनि उद्योग सञ्चालन गर्दा प्रभावित क्षेत्रका नागरिकहरूसँग राय, सुझाव र छलफल गर्नु पर्ने भए पनि उसले त्यो पनि गरेको छैन् । कम्पनीले स्थानीय र सधिंयारसँग समेत कुनै पनि छलफल गरेको छैन् । उद्योगले एक्लौटी रूपमा हेभी रेडिमिक्स प्लान्ट र ठूलो मेसिनसहितको क्रसर प्लान्ट सञ्चालन गर्न लागेपछि स्थानीयले आपत्ति जनाएका छन् । उनीहरूले आफुुहरूसँग सामान्य पनि छलफल नगरी दादागिरी शैलीमा उद्योग सञ्चालन गर्न लागेको स्थानीय विष्णुप्रसाद पाण्डेले बताए ।

उनले भने ‘उद्योगले सामान्य मापदण्ड पनि परिपालना गरेको छैन, उसले न आइईई गरेको छ नत दुरीको मापदण्ड नै । स्थानीयसँग समेत उसले छलफल र परामर्श पनि गरेको छैन् ।’ अवैध उद्योगका कारण आफुहरू पलायन नै हुने अवस्था सिर्जना हुन सक्ने भन्दै स्थानीयले गत भदौ २२ गते क्रसर उद्योग निमार्ण कार्य रोक्नका लागि तिनाउ गाउँपालिका र उद्योग कम्पनीलाई पत्र समेत पठाएका थिए । उद्योगले भने उनीहरूको आग्रहलाई वेवास्ता गर्दै प्लान्ट सञ्चालनको तयारी अगाडि बढाएको छ ।

प्लान्ट सञ्चालनका लागि आवश्यक न्यूनतम मापदण्ड समेत पालना नगरी कम्पनीले प्लान्ट सञ्चालन गर्न लागेका हो । उसले प्लान्ट सञ्चालनका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइईई), वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गरेको छैन भने दुरी सम्बन्धी मापदण्डको समेत पालना गरेको देखिदैन । सिद्धार्थ राजमार्गदेखि ५० मिटर दुरीमा प्लान्ट सञ्चालनमा छ । त्यति मात्र होइन, तिनाउ खोला र पक्की पुलदेखि एक सय मिटरको दुरीमा प्लान्ट रहेको छ । जहाँ प्लान्ट सञ्चालनका लागि राजमार्ग, खोला वा नदि किनार र पक्की पुलबाट ५०० मिटरको दुरीको मापदण्ड हुनुपर्दछ ।

गाउँपालिकाले पटक– पटक कागज पत्र जुटाउन आग्रह गरे पनि कम्पनीले त्यसको वेवास्ता गरेको पालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए । उनले भने ‘स्थानीयहरूबाट निवेदन आईसकेपछि कम्पनीलाई प्रमाणहरू जुटाउन आग्रह गरे पनि भौतिक पूर्वधार मन्त्रालयको स्वीकृत पत्र बाहेक अन्य प्रमाण जुटाउन सकेको छैन् ।’ सिद्धबाबा सुरुङमार्ग योजना कार्यालयकी इन्जिनियर सविता ज्ञवालीले भने आफुहरूले आइईई स्वीकृत गरेरै काम अगाडि बढाएको दावी गरिन् । उनले राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको सुरुङमार्ग कै क्रसर प्लान्ट भएकाले व्यवसायिक क्रसर उद्योगले जस्तो आइईई र मापदण्डको पालना गर्न नपर्ने सम्झौतामै रहेको भन्दै कम्पनीको बचाउ गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?