ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

घोराही–तुलसीपुर चारलेन सडक निर्माण पुनः सुरु हुँदैछः मन्त्री शर्मा

२७ आश्विन २०८०, शनिबार
२७ आश्विन २०८०, शनिबार

लमही, २७ असोज ।

सञ्चार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले दाङ स्थित घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम पुनः सुरु हुन लागेको बताइन् । शनिबार तुलसीपुर उपमहानगरपालिका वडा नं.१६ मा माओवादी केन्द्रले आयोजना गरेको विजयादशमीको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले तिहार लगतै टेण्डरमा लैजाने तयारी भएको बताइन् ।

उनका अनुसार त्यसका लागि सर्वे भइसकेको समेत बताइन । “सर्वे भइसकेको छ, भौतिक पूर्वाधार मन्त्रीसंग पनि कुरा भइसकेको छ”,उनले भनिन “ तिहार पछि टेन्डर हुन्छ र काम अघि बढ्छ ।”विगतमा कतै दुई लेन र कतै चारलेन बनाउने कुरा रहेको भएपनि अब पुल सहित सबै तिर चारलेन बनाउने गरी सर्वे भएको मन्त्री शर्माको भनाई छ । एक्जिम बैंककै लगानीमा पुनः चारलेनको काम सुरु हुने उनको भनाई छ । “फेरि पनि एक्जिम बैंकले नै लगानी गर्ने कुरा रहेको छ”,उनले भनिन् ।

हाल उक्त सडकखण्डमा सडक मर्मतको काम भइरहेको छ । यसअघि पाँच बर्षसम्म पनि चारलेन निर्माणको काम अलपत्र हुँदा आवतजावतमा निकै समस्या परेको छ । दुर्घटना भइरहेका छन् । नागरिकको ब्यापक दवाव पछि चारलेनको ठेक्का तोडिएको थियो । एक्जिम बैंकले लगानी गरेका धेरै ठाउँमा ठेक्का तोड्न समस्या हुने गरेको भएपछि घोराही–तुलसीपुर चारलेनलाई भने सहजै ठेक्का तोड्न सकिएको समेत मन्त्री शर्माले बताइन् । “अन्य ठाउँका योजनाहरु तोड्न निकै समस्या हुने गरेका छन्, ठेक्का तोडिएपनि अदालतमा मुद्दाले समस्या पारिरहेका छन्”,उनले भनिन्, “तर, हामीले धेरै प्रक्रिया पूरा गरेर सहजै ठेक्का तोड्न सफल भयौं ।”

साथै उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएस अध्ययनकालागि भवन निर्माणकालागि ३० करोड बजेट आएको समेत बताइन । त्यसकालािग ठेक्काको तयारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?