Butwal Today
स्व गंगा कुमारी मल्ल स्मृति कप २०८० खुला नकआउट सेभेन ए साईड फुटबल प्रतियोगिता

डिएस युनाईटेड र शान्तिदिप अन्तिम आठमा

२७ आश्विन २०८०, शनिबार
अ+
अ-

बुटवल, २७ असोज । आदर्श युवा क्लबको आयोजनामा बुटवलमा जारी स्व. गंगा मल्ल स्मृति खुला नकआउट सेभेन ए साईड फुटबल प्रतियोगिता २०८० को शुक्रबार सम्पन्न खेलमा डिएस युनाईटेड र शान्ति दीप एफसी विजयी हुदै अन्तिम आठमा स्थान बनाएका छन । बुटवल उपमहानगरपालिका वडा नं १५ दुर्गा माता भवानी मन्दिर संस्थाको संरक्षकत्व तथा आर्दश युवा क्लबको आयोजनामा शनिबारदेखि वडा नं १५ स्थित उजेलापुर खेलमैदानमा भएको पहिलो खेलमा डिएस युनाईटेडले मदन भण्डारी एकेडेमीलाई पेनाल्टी शुट आउटमा पराजित गरेको हो । निर्धारित समयमा १—१ गोलको बराबरी भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । खेलमा अनुप गुरुङ म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि दोस्रो खेल निर्धारित समयसम्म गोलरहित बराबरी भएपछि निर्णय ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा शान्तिदीप विजयी भयो । खेलमा बिकल पुन म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको मुख्य प्रायोजन स्व गंगा कुमारी मल्लको स्मृतिमा नाति डिजन मल्ल एवं प्रविण मल्ल तथा सहप्रायोजन स्व दिलिप पुन (नारायण) स्मृतिमा विष्णु थापाले गरेका छन । शनिबार आर्दश युवा क्लब (बि) र डिएस युनाईटेड तथा बुटवल युनाईटेड र शान्तिदीपका बिचमा खेल हुने क्लबका सचिव साजन खातीले बताए । प्रतियोगितामा रुपन्देहीसहित दाङ, पाल्पा जिल्लाका गरि २४ टिमले प्रतिस्पर्धा गरेका छन ।