ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

अन्तर निकाय समन्वय र सहकार्यका लागि मिलन केन्द्र गठन

२७ आश्विन २०८०, शनिबार
२७ आश्विन २०८०, शनिबार

सल्यान, २७ असोज ।

कर्णाली प्रवेशको नाका क्षेत्र सल्यान कपुरकोटमा विभिन्न कार्यालय र संघ संस्थाहरुको मिलन केन्द्र गठन भएको छ । एक आपसको समन्वय र सहकार्यलाइ झनै प्रभावकारी बनाउनका लागी कपुरकोट गाउँपालिकालाई कार्यक्षेत्र बनाएर कृयाशिल कार्यालय र संघ संस्थाहरुकाे मिलन केन्द्र गठन भएको हो ।

कपुरकोट गाउँपालिकाको आयोजनामा शुक्रबार भएको ३१ वटा कार्यालय र संघ संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरुको बैठकले ९ सदस्यीय मिलन केन्द्र गठन गरेको हो । कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन र उपाध्यक्ष प्रकाश भण्डारी संरक्षक रहने गरि निर्माण भएको केन्द्रमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वली अध्यक्ष तथा उपाध्यक्षमा बनस्पति अनुसन्धान केन्द्रका कार्यालय प्रमुख डा. मित्र पाठक, सचिवमा अदुवाबाली अनुसन्धान कार्यक्रमका निमित्त कार्यालय प्रमुख दल बहादुर केसी, सहसचिवमा नेपाल स्काउटका सह संयोजक हिमा कुमारी डांगी , कोषाध्यक्षमा चेतना सहकारी संस्थाका ब्यबस्थापक रिना भडेंल छन् ।

सदस्यहरुमा इलाका हुलाक कार्यालयका प्रमुख युवराज पोखरेल , कपुरकोट बजार ब्यबस्थापन समितिका अध्यक्ष कुवेर खत्री, कपुरकोट प्रहरी चौकी इन्चार्ज रतन शर्मा र कपुरकोट कृषि सहकारी संस्थाका ब्यबस्थापक लिला एरी रहेका छन् । मिलन केन्द्र गठन कार्यक्रममा बिजयादशमीको सुभकामना आदानप्रदान भएको थियो भने सबै कार्यालय र संस्थाहरुले आपसी सहयोग र सहकार्य गरेर काम गर्ने, कपुरकोट गाउँपालिकाले सञ्चालन गरीरहेको कपुरकोट जागरण बर्ष अभियान २०८०।८१ लाई सबैले समर्थन तथा सहयोग गर्ने समेत निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत वलीले जानकारी दिए ।

मिलन केन्द्रले अन्तर निकाय समन्वय ,सहकार्य, गुणासा सम्बोधन र समस्या समाधान गर्ने साझा मञ्चका रुपमा काम गर्ने उनको भनाइ छ । अव मिलन केन्द्रको नियमित मासिक बैठक बसि गाउँपालिका र सम्बन्धित कार्यालयका बिबिध गतिबिधिहरुमा छलफल तथा बिचार बिमर्श गरिने पनि उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?