ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

निजामती विधेयकप्रति कर्णालीका कर्मचारीहरु किन विरोधमा उत्रिए ?

२६ आश्विन २०८०, शुक्रबार
२६ आश्विन २०८०, शुक्रबार

सुर्खेत, २६ असोज ।

कर्णाली प्रदेश सरकारले ल्याएको प्रदेश निजामती विधेयकप्रति कर्मचारीहरुले विरोध जनाएका छन् । विधेयक जारी भएयता कर्मचारीहरूको सङ्घ÷सङ्गठनहरू आफ्ना मागहरु राख्दै आन्दोलनमा उत्रिएका छन् । नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह अन्तर्गत वन रक्षक प्राविधिकहरुले विधेयकको विरोध गरेका हुन् । प्रदेश सभाको बैठकबाट कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको थियो ।

जुनियर वन प्राविधिक सङ्घ सुर्खेत, जुनियर वन प्राविधिक सङ्घ कर्णाली प्रदेशले देशका अन्य प्रदेशमा व्यवस्था भएजस्तै नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह अन्तर्गतको वन रक्षक प्राविधिक पद भएकालाई सहायक स्तर तेस्रो तह कायम गर्नुपर्ने माग राख्दै आएका छन् । कर्मचारीका संघ संगठनहरुले प्रमुख जिल्ला अधिकारी सुर्खेत कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, र मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएका छन् ।

जुनियर वन प्राविधिकहरूले अबको ७ दिनभित्र आफ्ना मागहरू सम्बोधन नगरिए विभिन्न राष्ट्रिय स्तरका टे«ड यूनियन तथा पेशागत सङ्गठनहरूको सहयोगमा विरोधका कार्यक्रमहरू सार्वजनिक गरिने ज्ञापनपत्रमा चेतावनी दिएका छन् । कर्णाली प्रदेश सरकारले आफ्ना मागहरू सम्बोधन नगरे सेवा प्रवाहमा समेत असुविधा हुने त्यसको जिम्मेवार सरकारले लिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा शैक्षिक योग्यता, आधारभूत तालिम तथा सेवा अवधिका आधारमा तहगत पदोन्नतिकोे व्यवस्था गर्न समेत माग गरिएको छ ।

प्रदेश निजामती सेवा ऐन जारी गर्नु पूर्व नै आधिकारिक ट्रेड युनियनमार्फत तहगत एवं श्रेणीगत गर्न समयमै सम्बोधन हुने गरी सुझाव राख्दा समेत सुनुवाई नभएपछि विरोधका कार्यक्रम गर्नुपरेको नेपाल निजामती कर्मचारी युनियन सुर्खेतका अध्यक्ष गणेश थापाले जानकारी दिए । ‘निजामति विधेयक आउनुपर्छ भन्ने हाम्रो माग हो । विधेयकका सबै विषयहरु राम्रा छन्’ उनले भने ‘जनरल फरेष्ट्री समूह अन्तर्गतको वन रक्षक प्राविधिक पद भएकालाई सहायक स्तर तेस्रो तह कायम गर्नुपर्ने माग राख्दै आएका छन् । अन्य प्रदेशमा जस्तै व्यवस्था गरिनुपर्छ भन्ने माग हो ।’

मन्त्रालयबाट कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन, सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि थप्न सकिने विषय सरकार समक्ष राखेर अधिकृत कर्मचारीको पक्षबाट कोशिस गरिने बचन पाएपनि सुनुवाई हुन नसकेको कर्मचारीको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?