ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

नवलपरासीका ७ वटा पालिकामा उर्दु र अरबी भाषा कक्षा

भाषागत समस्याले पनि हैरानी ब्यहोर्न परिहेकोले विदेशमा जाने युवाहरूलाई भाषाको ज्ञान दिनका लागि उर्दु र अरबी भाषा कक्षा संचालन गर्न लागिएको हो । यसरी भाषा सिकेर गएपछि यूवाहरू वैदेशिक रोजगारीमा जाँदा भाषाकै कारण समस्या झेल्ने छैनन् ।
२६ आश्विन २०८०, शुक्रबार
२६ आश्विन २०८०, शुक्रबार

नवलपरासी, २६ असोज । स्थानीय युवाहरूलाई उर्दु तथा अरबी भाषाको आधारभूत जानकारी गराउने उद्देश्यले जिल्लाका सात वटै पालिकामा भाषा कक्षा सञ्चालनको तयारी गरिएको छ । मदरसामा अध्यापन गर्ने उर्दु अरबी भाषा शिक्षक तथा इस्लामिक धर्म गुरुहरूको साझा संस्था ओल्मा काउन्सिल नेपालले उर्दु अरबी भाषा कक्षा सञ्चालन गर्न लागेको हो ।

विगत बर्षदेखि विभिन्न धार्मिक सम्मेलन तथा अभियान सञ्चालन गर्दै आएको काउन्सिलले स्थानीय युवाहरू उर्दु तथा अरबी भाषा बोलिने मुलुकमा रोजगारीका लागि जाने गरेका युवा लक्षित उतm कक्षा सञ्चालन गर्ने काउन्सिलका अध्यक्ष सैयद गुलाम हुसेन मजहरीले बताए । उनका अनुसार अधिकांसमा भाषागत समस्याले पनि हैरानी ब्यहोर्न परिहेकोले ती देशमा जाने युवाहरूलाई भाषाको ज्ञान होस, आफ्ना समस्या समाधान गर्नतर्फ आफै सक्षम बनुन भन्ने उद्देश्यले यस्तो कक्षा सञ्चालन गर्न लागिएको हो ।

वैदेशिक रोजगारीमा जादा भाषाकै कारण समस्या झेल्न नपरोस हाम्रो चाहना हो, उनले भने,युएस,अष्ट्रेलिय,क्यानाडा,युके,कोरिया,जापान लगायतका देशमा नेपालीहरू जाँदा त्यहाका भाषा सिकेर जाने गरेका छन् । तर उर्दु र अरबी भाषा बोलिने,साउदी अरब,कतार,दुबई,कुवेद लगायतका खाडी मुलुकमा जादा त्यस्तो भाषाको जानकारी लिएर जाने गरेको पाइएको छैन् । यसले गर्दा समस्यामा परे पछि मात्र घरका मानिसहरू हाम्रो सम्पर्कमा आउने गरेका छन् ।

समस्यामा परेर युवाहरू आउनु भन्दा समस्या मै नपरुन,परे पनि आफै समस्या समाधान गर्न सकुन, त्यसको लागि यस्तो सहुलियत शुल्कमा स्थानिय युवाहरूलाई भाषागत जानकारी गराउन लागिएको उनको भनाई थियो । यसमा भाषाका जानकार ओल्मा (शिक्षक) हरूलाई कक्षामा पढाउन लगाइन्छ । पहिलो चरणमा यहिँ शनिवार पाल्हीनन्दन गाउँपालिकाबाट उक्त कक्षाको शुभारम्भ गरिने सैयद गुलामले जानकारी गराए । ति कक्षाका लागि हालसम्म २ जना भन्दा बढि युवाहरू सम्पर्कमा आई सकेको उनको भनाई थियो । अन्य पालिकामा पनि कक्षा सञ्चालनका लागि गृहकार्य भईरहेको छ,उनले भने, यसका लागि सम्बन्धित पालिकाका प्रमुख, प्रमुख प्रशासकिय अधिकृत,शिक्षा शाखा तथा रोजगार शााखासँग पनि समन्वय गरेर काम गरिन्छ ।

उक्त कक्षामा मुस्लिम समुदाय मात्रै नभई जुन सुकै समुदायका युवाहरू सहभागि हुन पाउने छन् । उनीहरूलाई उर्दु अरबी भाषा तथा इस्लामिक मुल्य मान्यता,सांस्कृतिक मुल्य मान्यताबारे पनि प्रशिक्षित गरिने छ । यसले उनीहरूको वैदेशिक रोजगारी सहज र सरल बन्ने छ । भाषा र संस्कृतिको जानकारीसँगै वैदेशिक रोजगारीका लागि कानुनी प्रावधान,वित्तिय साक्षरता र कम्प्युटर लगायत सुचना प्रविधिका आधारभुत जानकारी र अभ्यास गराईने कार्यलाई पनि समेटिने छ ।

पहिलो चरणमा भाषा र संस्कृतिको कुरालाई कक्षामा पढाईने छ, उनले थपे, सहभागिले आवश्यकता महशुस गरेमा अन्य अतिरिक्त सिप र ज्ञानका कक्षा थपिने छ । यो कार्य नाफा उदेश्य राखेर गरिएको छैन्,सेवा भावले नै सञ्चालन गर्न खोलिएको छ,तर कक्षा सञ्चालन गर्दा आवश्यक पुर्वाधार,जनशक्ति र ब्यवस्थापकिय खर्चलाई मध्य नजर राखेर केही सहयोग शुल्क लिईने छ । शुल्क भन अहिले तोकि नसकिएको उनको भनाई थियो । यस प्रति पालिका प्रमुखहरू पनि सकारात्मक देखिएका छन् । पालिकासँग सस्थाले सहकार्य गर्दै अगाडी बढने समेत उनले बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?