Butwal Today

ओलीले दिए सरकारलाई धन्यवाद

२६ आश्विन २०८०, शुक्रबार
अ+
अ-

बुटवल,२६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई धन्यवाद दिएका छन् ।

प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायलबीच जारी द्वन्द्व फसेका नेपालीलाई स्वदेश फर्काएपछि एमाले अध्यक्ष ओलीले धन्यवाद दिएका हुन् ।

‘इजरायलमा रहेका २५३ जना नेपाली विद्यार्थीहरू आज राति नेपाल फर्केका छन्, युद्धग्रस्त क्षेत्रमा त्रासमा रहनु ज्यादै पीडादायी हुन्छ,’ ओलीले भनेका छन्, ‘नेपाली विद्यार्थीलाई काठमाडौँ फर्काउन पहल गरेकोमा सरकारलाई धन्यवाद ।’

परराष्ट्र मन्त्री एनपी साउद आफै गएर गएराति २ सय ५३ जना विद्यार्थीलाई स्वदेश ल्याएका थिए । अझै २४९ विद्यार्थी आउन बांकी छन् ।