ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

हुलाकी पुलमा भारतको भर

२५ आश्विन २०८०, बिहीबार
२५ आश्विन २०८०, बिहीबार

नवलपरासी, २५ असोज । जिल्लास्थित हुलाकी राजमार्ग अन्तर्गतको सेमरी त्रिवेणी सडकखण्ड अन्तर्गतका झण्डै डेढ दर्जन पुलका लागि भारतसँग पहल थालिएको छ । अहिले हुलाकी राजमार्गको सो खण्डको स्तरोन्नती गर्ने कार्य पनि भइरहेको बेला ती पुलको निर्माण विषय उठेको हो । सो सडक खण्डको अधिकांश भाग प्रतापपुर गाउँपालिकामा पर्दछ ।

सेमरीदेखि वित्रेणीसम्म स–साना १६ वटा पुल रहेको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द यादवले बताए । अन्य पुल र कलभर्टहरू हुलाकी आयोजना कार्यालयले निर्माण गर्दै आएको भए पनि गण्डक संरचनासँग सम्बन्धित पुल पुलेसाहरू भारतीय पक्षले नै निर्माण गरिदिनु पर्ने भन्दै आयोजनाले त्यसै छाडिदिएको उनको भनाइ छ । नेपाल भारतसँग भएको गण्डक सम्झौता अनुसार नेपाल भित्रका सबै बाँध, साईफल, नहर, पुल, सर्भिस रोड लगायतको संरचना भारतले नै बनाइदिएको थियो । तर गण्डक संरचना अन्तर्गत बनेका सबै पुल पुलेसाहरू १ लेनको मात्रै रहेको छ, अध्यक्ष यादवले भने, अहिले हुलाकी मागको स्तरोन्नती हँुदा दुई लेन सडक र छेउछेउका २ लेन बराबरको क्षेत्र समेटेर मार्ग बिस्तार गर्ने कार्य भइरहेको छ । हुलाकी आयोजनाले सामान्य जलनिकासका कलभर्टहरू आफै निर्माण गराउँदै आएको छ । तर गण्डक नहर देखि दक्षिण तर्फका शाखा प्रशाखा नहर तथा विभिन्न जलनिकासका कुलोहरू हुलाकी मार्ग क्रस गरेर जाने गरेको छ ।

हुलाकी मार्गमा पर्ने स–साना १६ वटा पुल पुलेसो हुलाकी आयोजनाले नबनाई दिने भारतले पनि बेलामा काम नगरिदिएमा हुलाकी मार्गमा ती जीर्ण पुलका कारण समस्या सृजना हुने उनको भनाइ थियो । यस बारे गण्डक नदी नियन्त्रण संघर्ष समितिले पनि पहल गर्दैछ, उनले भने, संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ता अहिले फाईल बोकेर भारतिय पक्षसँग छलफल र परामर्शमा लागेका छन् । गाउँपालिकाले समेत नेपाल गण्डक पश्चिमी नहर सिंचाई प्रणाली र भु–आर्जन तथा सम्पर्क कार्यालय (लाईजन) मार्फत पहल भइरहेको सुनाए । भारतिय अधिकारीहरू यसबारे अझै पनि निर्णय गर्न सकिरहेका छैनन् । ती पुल बनाईदिने बारे उनको सकारात्मक प्रतिकृया आउने भएपनि पुलको संख्या धेरै भएकोले पनि निर्णय प्रकृयामा केही जटिलता देखिएको छ । गण्डक परियोजनासँग सम्बन्धित भएका कारण ती पुलको निर्माण पनि भारतीय पक्षले गरिदिनका लागि कार्यालयले सक्रियता देखाउनु पर्ने अध्यक्ष यादवले बताए ।

गाउँपालिकाले यसबारे पटक पटक सरोकारवालासँग पहल गर्न चाँसो देखाउँदै आएको छ । गण्डक सिंचाई प्रणाली परियोजना कार्यालयले नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । हस्तान्तरिक आयोजनामा पुनः बजेट विनियोजना गराउन लगाउनु चुनौती पूर्ण कार्य नै रहेको देखिन्छ । एक दुई वटा पुल पुलेसा भए सहजै हुने सक्ने अवस्था हुन्थ्यो, अध्यक्ष यादवले भने, तर पुल पुलेसाको संख्या पनि धेरै नै छ । करोडौ बजेट खर्च हुन सक्ने अवस्था देखिन्छ । हुन त गण्डक परियोजना अन्तर्गत गण्डक सम्झौता अनुसारका काम गर्न भारतले नै १० अर्ब बढि लगानी गरि सकेको छ । ती पुल बनाउनका लागि भारतीय पक्षलाई कुनै ठूलो कुरा होईन्, तर तर्क संगत तरिकाले पहल गर्ने निकायले चासो लिइनु पर्छ ।

भारतले गण्डक परियोजना कार्यालय अन्तर्गतका पूर्वाधार बनाउनका लागि कुनै अनुदान स्वरूप दया भावले पनि बनाईदिने होईन् । भारतिय पक्षको उत्तरदायित्व पनि भएको गण्डक नदी नियन्त्रण संघर्ष समितिका पूर्व प्रवतmा प्रेम चन्द गुप्ताले बताए । अहिलेसम्म भारतिय पक्षले गण्डक कमाण्ड क्षेत्रमा काम गरि नै रहेको पाएका छौ । ती पुलको निर्माण कुनै ठूलो कुरा छैन । त्यसका लागि नेपाली पक्ष बलियो तर्क संगत तरिकाले पहल थालनी गर्नु पर्छ । अन्तर्राष्ट्रिय कानुन अनुसार पनि कुनै पनि बाँध वा आयोजनाको निर्माण गर्दा त्यसको मर्मत सम्भार कोष बनाउनु पर्छ । जुन नेपालको गण्डक बाँध जलाधार क्षेत्र भित्र मर्मत सम्भार कोष अहिलेसम्म बनेको छैन ।
ती मर्मत सम्भार कोषमा आम्दानीको २५ प्रतिसतसम्म रकम सम्बन्धित आयोजनाले हाल्नुपर्छ । गण्डक आयोजना अन्तरगत नै भारतले पुर्वि नहर र पश्चिमी नहरबाट ८० करोड भारुसम्म सिचाई शुल्क उठाउने गरेको छ । त्यसको आधारमा बर्षेनी २० करोडसम्म सो कोषमा राखेर काम गरिनु पर्ने हो । ति कुरालाई पनि सम्बन्धित गण्डक सरोकारवाला निकायले उठाउन सक्नुपर्छ ।

तर्कपुर्ण तरिकाले गण्डक परियोजना सञ्चालन गर्ने विहार सरकारसम्म पुरयाउन सक्नुपर्छ । नेपालका सबै प्राविधिक समस्यालाई भारत सरकार समक्ष पु¥याउन विदेश मन्त्रालय र दुताबास भन्दा परियोजना भित्रै बनाइएको लाईजन कार्यालयले पुरयाउनुपर्ने भनेर संरचना बनाइएको छ । जसमा नेपाल सरकारले कर्मचारी नियुक्ति गर्छ र तलब सुविधा भारतले दिन्छ । यि सबै समस्या भारतसमक्ष लाईजन कार्यालयले पुर्याउनुपर्ने हो । तर अहिलेसम्म लाईजन कार्यालय आफनो तलब सुविधा उपभोग गर्नु बाहेक दह्रो तरिकाले उपस्थिती जनाउन सकिरहेको छैन् । जो लाईजन अफिसर चर्को हुन्छ, उसको तलब सुविधा नै रोकिनेसम्मका कार्य भारतिय अधिकारीहरूले गर्ने गरेको पुर्व लाईजन अफिसरहरूले बताउने गरेका छन् । त्यो भएर पनि लाइजन कार्यालय भारतिय अधिकारी समक्ष निरिह बन्न परेको छ । तर त्यसमा स्थानिय स्तरमा हुने प्रशासनिक अधिकारीहरूको इण्डो नेपाल बैठकमा यस्ता समस्या राखेर जाने कार्य पनि प्रभावकारी देखिएको उदाहरणहरू धेरै छन् । त्यो भएर पनि ति पुलका समस्यालाई लाईजन र इण्डो नेपाल अधिकारीहरूको बैठक मार्फत पनि पहल हुन सक्ने आधारहरू पनि रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?