ट्रेंडिंग:

>> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ

सार्वजनिक जग्गा बेचबिखनबारे मालपोतलाई एमाले बुटवलको १५ बुंदे ज्ञापनपत्र

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरी बेच्नेमाथि कारवाही गर्न माग
२५ आश्विन २०८०, बिहीबार
२५ आश्विन २०८०, बिहीबार
बुटवल,२५ असोज । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले बुटवल उपमहानगरपालिका भित्र रहेका सार्वजनिक जग्गाहरु मालपोत र नापी कार्यालयको मिलेमतोमा जग्गा दलाल तथा बिचौलियाहरुले व्यक्तिको नाममा दर्ता गरी बेचबिखन गरेको लगायत समस्याहरु रहेको भन्दै मालपोत कार्यालय बुटवलमा १५ बुंदे ज्ञापनपत्र बुझाएको छ । एमाले नगर कमिटी अध्यक्ष किसन ज्ञवाली,उपाध्यक्ष शोभाखर पोखरेल,सचिव मेघराज भट्टराई, नेताहरु बाबुराम पन्थी,कृष्ण खनाल, विद्यार्थी नेता यम पाण्डे सहितको टोलीले ज्ञापनपत्र बुझाउंदै सार्वजनिक र व्यक्तिका जग्गा सम्बन्धी समस्या यथाशीघ्र समाधान गर्न माग गरेको छ ।
साथै सार्वजनिक जग्गाहरु व्यक्तिको नाममा दर्ता गरिएको प्रकरणको गम्भीर छानबिन गरी दोषीहरुलाई कडाभन्दा कडा कारवाहीको माग एमालेले गरेको छ ।  यसका साथै विगतमा व्यक्तिले हकभोग गरेको जग्गाहरु समेत मिलेमतोको आधारमा अर्को व्यक्तिको नाममा नामसारी गरि जग्गा बेचबिखन भईरहेको प्रति समेत एमाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
यस्तो छ एमालेको ज्ञापनपत्र : 
१. बुटवल उपमहानगरपालिका भित्र रहेका सार्वजनिक जग्गाहरु मालपोत र नापी कार्यालयको मिलेमतोमा जग्गा दलाल तथा बिचौलियाहरुले व्यक्तिको नाममा दर्ता गरि बेचबिखन गरेका प्रयाप्त आधारहरु देखिएकोले उक्त प्रकरणको गम्भिर छानबिन गरि दोषीहरुलाई कडाभन्दा कडा कारवाहीको माग गर्दछौं । यसका साथै विगतमा व्यक्तिले हकभोग गरेको जग्गाहरु समेत मिलेमतोको आधारमा अर्को व्यक्तिको नाममा नामसारी गरि जग्गा बेचबिखन भईरहेको प्रति समेत हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।
२. बुटवल उपमहानगरपालिका वडा न. १२ र १३ लगायतका वडाहरुमा अव्यवस्थित बसोबास गरिरहेकाहरु मध्ये हालै वितरण गरिएको जग्गाधनी प्रमाण पूर्जाहरु अवैध देखिएको र यसबाट वर्षौदेखि बसोबास गरिरहेकाहरु पिडित बनिरहेको तर्फ हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । ज्ञातव्य रहोस् बसोबास गर्नेहरु विधिसम्मत ढंगले बसोबास गर्दै आएको र उनीहरुको जग्गा नापँचाँज भई तत्कालिन सुकुम्बासी समस्या समाधान आयोगले जग्गाधनी प्रमाणपूर्जा वितरण गर्ने निर्णय गरिसकेको सन्र्दभमा हाल वितरित पूर्जामा बिचौलियाका कारण प्रक्रियागत त्रुटि रहे पनि सो जग्गाका हकदार उनीहरु नै भएकोले आवश्यक प्रक्रिया पुरा गरि जग्गाधनी प्रमाणपूर्जालाई बैधानिकता दिनका लागि जोडदार माग गर्दछौं । साथै ३०औ वर्षदेखि जग्गाधनीलाई बेवारिसे बनाउने यो कार्यको हामी घोर भत्र्सना गर्दछौं ।
३. २०७६/७७ मा भूमिसुधार मन्त्रालयबाट जग्गा नापी गर्नका लागि गठन भएको सुकुम्बासी समस्या समाधान आयोगले नापेको जग्गालाई तत्काल प्रक्रिया पुरा गरि भूमि आयोग मार्फत भूमिहिन सुकुम्बासीलाई पूर्जा वितरण गर्नका लागि जोडदार माग गर्दछौं ।
४. जनताले हकभोग गरेका कोदाले, बिटौरी, आकडा, छुट कित्ता, ब्लक, आठ नम्बरी, नदी उकासका जग्गाहरुलाई आवश्यक प्रक्रिया पुरा गरि तत्काल जग्गाधनी प्रमाणपत्र प्रदान गर्नका लागि जोडदार माग गर्दछौं ।
५. वैज्ञानिक ढंगले जग्गाको वर्गीकरण नहुँदा राजस्वमा चुहावट भएको व्यापक गुनासो आएकोले नेपाल सरकारले निर्धारण गरेको भू–उपयोग योजना अनुसार जग्गाको वैज्ञानिक वर्गीकरण गर्नका लागि जोडदार माग गर्दछौं ।
६. मालपोत कार्यालयमा सेवाग्राहीका लागि बस्ने उचित स्थान, पिउने पानी, शौचालय, नागरिक वडापत्र र टोकन प्रणालीको तत्काल प्रबन्ध गर्नका लागि जोडदार माग गर्दछौं ।
७. मालपोत कार्यालयका कर्मचारीहरुको व्यवहार रुखो भएको, फाइल ढड्डाहरु लुकाईदिने गरेको, कागजातहरु अपुग भए भनेर अनावश्यक दुख दिने गरेको, मालपोतमा बिचौलिया बिना सर्वसाधारण नागरिकले सजिलोसंग सेवा लिन असमर्थ भएको तथा सुशासनलाई प्राथमिकता नदिई भष्टचार, ढिलासुस्ती र कमिसनलाई प्रश्रय दिने गरेको व्यापक जनगुनासो आएको प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको व्यहोरा जानकारी गराँउदै अविलम्ब यस्ता जनविरोधी कार्यहरु सच्याउन जोडदार माग गर्दछौं ।
८. मालपोत र नापी कार्यालय फरक फरक स्थानमा हुँदा जनताले सास्ती बेहोर्नु परेकोले उक्त कार्यालयहरु एकै ठाँउमा राखेर जनतालाई सहज सेवा प्रवाह गर्नका लागि ध्यानाकर्षण गर्दछौं । यसका साथै बुटवल १३ मा निर्माणधिन मालपोत कार्यालय २ वर्ष पुरा हुँदा ५ प्रतिशत काम हुनुले सो भवन तत्काल बन्न नसक्ने सम्भावना देखिएकोले आवश्यक प्रक्रिया पुरा गरि तत्काल निर्माण सम्पन्न गर्न जोडदार माग गर्दछौं ।
९. जग्गा श्रेस्तालाई पूर्णरुपमा डिजिटल प्रणालीमा लैजान जोडदार माग गर्दछौं ।
१०. सेवाग्राहीलाई छिटो छरितोरुपमा सेवाप्रवाह गर्नका लागि प्रयोगमा ल्याईएको सफट्वेयरले राम्रोसंग काम नगर्दा सेवाग्राहीले सास्ती बेहोर्नु परेका हुँदा सफ्टवेयर प्रणालीलाई व्यवस्थित र गुणस्तरिय बनाउन जोडदार माग गर्दछौं ।
११. बुटवलमा रहेका सार्वजनिक जग्गाको एकिन गरेर त्यसको संरक्षणका लागि विशेष अभियान सञ्चालन गर्न जोडदार माग गर्दछौं ।
१२. भूमिसुधार मन्त्रालयबाट भएको कित्ताकाट सम्बन्धी निर्णयलाई आम सर्वसाधारण जनताले सजिलोसंग सेवा पाउने गरि कार्यान्वयन गर्नुहुन जोडदार माग गर्दछौ ।
१३. राजस्व संकलन गर्ने समय बिहान १० देखि साझ ४ बजे सम्म हुनपर्नेमा दिउसो २:३० बजे नै बुटवल कार्यालयमा रहेको नबिल बैकको काउण्टर बन्द हुदाँ टाढाबाट आउने सेवाग्राही समस्यामा परेको व्यापक गुनासो आएकोले सोको समाधानका लागि हाम्रो पार्टी जोडदार माग गर्दछ ।
१४. नेपाल सरकारको नाममा बाटो फाल्ने तथा लगतकट्टा गर्दा बिचौलिया मार्फत ठूलो पैसाको चलखेल हुने गरेको र बिना पैसा कुनै काम नहुने गरेको व्यापक जनगुनासो आएको प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ  ।
१५. उपमहानगरपालिका भित्र जग्गाको हालसाबिक र लगतकट्टाको काम तत्काल सम्पन्न गर्नका लागि जोडदार माग गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?