ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

मुख तथा दाँत नियमित सफा गरौं–जोखिमबाट बचौं

२५ आश्विन २०८०, बिहीबार
२५ आश्विन २०८०, बिहीबार

हाम्रो शरीरमा रहेका अन्य सम्पूर्ण अंगहरूको जति महत्व रहेको छ त्यति नै महत्व मुख तथा दाँतको रहेको छ । त्यसैकारणले मुख तथा दाँतको स्वास्थ्यमा सचेत रहनु र जानकारी लिनु आवश्यक मानिन्छ । मुख तथा दाँतले ब्यक्तिको स्वास्थ्यमा मात्र नभएर उसको सौन्दर्यतामा समेत टेवा पु¥याएको हुन्छ । दाँत सफा र मजबुत भएमा ब्यक्तिले बुढौलीको महसुस कम गर्दछ । किनकि उसको खानपानमा सहजता, बोलीमा सहजता र सुन्दरतामा समेत दाँतले महत्वपूर्ण भूमिका खेलेका हुन्छ । दाँत मुखमा टम्म मिलेर रहेको अबस्थामा ब्यक्तिको बोलीमा स्पस्टता रहन्छ भने दाँत टम्म मिलेर रहेका ब्यक्तिको स्वासको गन्धपनि कम आउने अर्थात गन्ध नआउने गर्दछ । किनकि दाँत टम्म मुखभरी रहेका ब्यक्तिले दैनिक साँझ बिहान खानापछि ब्रस गर्दछ । यसरी दैनिक दुईपटक ब्रस गर्ने बानीले ब्यक्तिको मुख तथा दाँतको स्वास्थ्यमा खराबी आउँदैन । भएको समस्यामा सकारात्मक परिवर्तन आउने गर्दछ । र ब्यक्तिको सम्पूर्ण स्वास्थ्यमा समेत सकरात्मक परिवर्तन आउँछ । त्यसैकारणले मुख तथा दाँतको स्वास्थ्यको बारेमा जानकारी लिनु अत्यन्तै आवश्यक र महत्वपूर्ण मानिन्छ । नेपाली उखानै छ ‘जसको दाँत बलियो उसको आँत बलियो’ । दाँतलाई खानेकुरा टुक्रा पार्ने औजारको रूपमा पनि बुझ्न सकिन्छ । त्यसैले पनि मानिसको आँत बलियो अथवा शरीरलाई नै मजबुत बनाउन दाँतलाई जोगाउनु निकै महत्वको साथ हेरिन्छ ।
दाँत मुख्य गरेर दुई प्रकारका हुन्छन् ।
१. प्राथमिक अर्थात अस्थाई वा दुधे दाँत : यिनीहरू २० वटा हुन्छन । केटाकेटीमा ६ महिनाको उमेरदेखि २४ महिनासम्ममा देखापर्दछन ।
२. द्वितिय वा स्थायी दाँतः यिनीहरू ३२ वटा हुन्छन । यी दाँतहरू करिब ६ बर्षको उमेरदेखि २४ बर्ष भित्रमा सबै आईसक्छन । अस्थाई दाँतहरू भएको ठाँउमा क्रमशः यी दाँतहरू प्रतिस्थापित हुन्छन ।

 

मुख तथा दाँतको सुरक्षामा कसरी ध्यान दिने ?

हरेक ब्यक्तिले आफ्नो मुख तथा दाँतलाई सफा राख्न दाँतलाई बलियो र मजबुत बनाउनको लागि हरेक दिन साँझ र बिहान खाना खाई सकेपछि अनिबार्य रूपमा फ्लोराईडयुक्त दन्तमन्जन र नरम खालको ब्रसले कम्तिमा दुई मिनेटसम्म मुखमा रहेका सम्पूर्ण दाँतमा ब्रसले छुनेगरी नियमित ब्रस गर्नुपर्दछ । हामीले खाएको खानाका केही अंसहरू दाँतको छिद्र भागमा अडिएर रहेका हुन्छन । यसरी अडिएर रहेका खानाका केही अंशहरू दाँत तथा मुखमा सड्न गई त्यहाँबाट दाँतको दुखाईको सुरुवाती हुन थाल्दछ । यही दुखाईलाई हामी दाँतमा किरा लागेर दुखाई भएको भन्ने चलन छ । तर, वास्तवमा यो किरा नभै दाँतमा सडेको खानाको कारणबाट उब्जिएको दुखाई हो । यसलाई हामी तत्काल दन्तरोग बिशेषज्ञलाई भेटेर यसबारे सल्लाह लिईएन भने यसले बिकराल रूप लिन सक्दछ । त्यसकारणले दाँत तथा मुखको स्वास्थ्यलाई सकारात्मक रूपमा जोगाएर राख्नको लागि हरेक दिन साँझ र बिहान खाना खाई सकेपछि नियमित ब्रस गर्ने र दाँत तथा मुख सम्बन्धि केही थप समस्याहरू आईलागेमा तुरुन्त दन्तरोग बिशेषज्ञलाई भेटी परामर्श लिने र आवश्यक भएमा उपचार गर्ने कार्यमा विशेष ध्यान दिनु अनिवार्य मानिन्छ ।

जब बच्चा ६ महिनाको उमेरमा लाग्दछ, त्यसपछि उसका दाँतहरू पलाउन थाल्दछन । केही समयपछि उसका दाँतलाई जोगाउन तथा मजबुत राख्न बच्चालाई गुलियो पदार्थ बढीमात्रामा खानमा रोक लगाउनु पर्दछ । यदी बच्चाले गुलियो चिजको सेवन गरेको छ भने तुरुन्तउ सको मुख तथा दाँतलाई सफा गर्न लगाउने बानी बसाल्नुपर्दछ । हरेक दिन साँझ र बिहानको खानापछि नियमित रुयमा नरम ब्रस र फ्लोराईडयुक्त दन्त मन्जनले दाँत माझ्न लगाउने बानी अभिभावकबाट बसाल्नु पर्दछ । बच्चाका अस्थाई दाँतहरूलाई झर्ने समय अगावै केही खराबी आयो भन्दैमा उखेलिदिने कार्य गर्नु हुदैन । त्यसैगरी झर्ने समय आएको दाँतलाई हल्लिई सकेपछि दन्तरोग बिशेषज्ञ कहाँ गई सुरक्षित साथ निकालिदिनु पर्दछ । किनकि समय अगावै निकाल्दा स्थायी दाँत प्रतिस्थापित हुने स्थानमा रोकावट आउन सक्दछ । त्यसैगरी ढिलो समयसम्म निकाल्न रहेमा साईडमा दाह्रा पलाई थप समस्या निम्तिन सक्दछ । त्यसैले बच्चा होस वा वयस्क जोसुकैमा पनि दाँत वा मुखको स्वास्थ्यमा नियमित दिनको दुईपटक ब्रस र समय समयमा चेकजाँच र समस्याको हल गर्न दन्तरोग बिशेषज्ञ वा स्वास्थ्यकर्मी सँगको परामर्श तथा भेटघाटबाट मात्र उक्त समस्याको सहीरूपमा समाधान गर्न सकिन्छ भन्नमा कुनै अत्युक्ति नहोला ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?