ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

भ्रष्टाचारका उजुरीमा ‘रूपन्देही प्रथम’

लुम्बिनी प्रदेशका अन्य १२ वटा जिल्लाहरू भन्दा रूपन्देही जिल्लामा अन्य जिल्लाको तुलनामा झण्डै दोब्बर बढि उजुरी अख्तीयारमा पर्ने गरेको छ । जसमा स्थानीय तह शिक्षामा मुद्दा बढि छन् ।
२५ आश्विन २०८०, बिहीबार
२५ आश्विन २०८०, बिहीबार

बुटवल, २५ असोज । लुम्बिनी प्रदेशमा सबैभन्दा बढि भ्रष्टाचार रूपन्देहीमा हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय बुटवलका अनुसार रूपन्देही जिल्लामा गत आर्थिक बर्षमा सबैभन्दा बढि उजुरी दर्ता भएका हुन । प्रदेशका १२ वटा जिल्लामा सबैभन्दा बढि उजुरी दर्ता हुने जिल्लाको रूपमा रूपन्देहीले ‘पहिलो स्थान कायम गर्न’ सफल भएको हो ।

अख्तियार बुटवल कार्यालयका अनुसार रूपन्देहीमा ५ सय ८१ वटा उजुरी गत आर्थिक बर्षमा दर्ता भएका थिए । सोही अनुसार कुल ४ सय २१ वटा उजुरी फछ्र्याैट भएका छन् भने अझै १ सय ६० वटा उजुरी बाँकी रहेका छन । कार्यालयका प्रमुख उपसचिव गणेश बहादुर अधिकारीका अनुसार रूपन्देही पछि कपिलवस्तु जिल्लामा पनि सबैभन्दा बढी उजुरी दर्ता भएका छन् । प्रदेशका कपिलवस्तु दोस्रो जिल्ला बनेको हो । जसमा कुल २ सय ९२ वटा उजुरी दर्ता भएकोमा कुल २ सय ३ वटा उजुरी फ्र्याैट भएका छन् । अझै कपिलवस्तुका ८९ वटा उजुरी बाँकी छन् । जुन चालु आर्थिक बर्षमा काम कारबाही हुने छन् । यस्तै नवलपरासी पश्चिममा १ सय ४२ वटा उजुरी परेकोमा ८६ वटा मात्रै फर्छौट भएका छन् । अझै ५६ वटा उजुरी फर्छौट हुन बाँकी छन् ।

यस्तै पाल्पा जिल्लामा कुल १ सय ६२ वटा उजुरी परेकोमा कुल १ सय २५ वटा फर्छौट भएका छन् भने अझै ३७ वटा फर्छौट हुन बाँकी छन् ।
यस्तै गुल्मी जिल्लामा कुल १ सय २८ वटा उजुरी परेकोमा ८१ वटा मात्रै फर्छौट भएका छन् भने अझै ४७ वटा फर्छौट हुन बाँकी छन् ।
अर्घाखाँची जिल्लामा कुल ७५ उजुरी दर्ता भएकोमा ४९ वटा फर्छौट भएका छन् भने २६ बाँकी छन् । प्यूठान जिल्लाका कुल ४४ वटा उजुरी परेकोमा २९ फर्छौट भएर १५ वटा बाँकी छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग कार्यालय बुटवलका अनुसार रोल्पामा १ वटा दर्ता भएकोमा फर्छौट भएको छ । मुद्दा बाँकी छैनन । दाङ जिल्लमा ५ वटा दर्ता भएकोमा ३ वटा फर्छौट भएर २ वटा मात्रै बाँकी छन् । अख्तीयार कार्यालय बुुटवलको बाँके र बर्दीया, रोल्पा र पुर्वी रुकुममा आफ्नो कार्यक्षत्र पर्दैन । त्यहि पनि केही जिल्लाको तथ्यांक समावेश गरिएको छ । पूर्वी नवपरासीको पनि ९३ वटा दर्ता भएकोमा ५३ फर्छौट भएर ४० वटा बाँकी रहेको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । जस अनुसार अघिल्लो आर्थिक बर्षमा लुम्बिनी प्रदेश र गण्डकी सहितका १० जिल्लाको विववरण हेर्दा १ हजार ५ सय २३ उजुरी दर्ता भएकोमा १ हजार ५१ उजुरी फर्छौटभएका छन् भने अझै ४ सय ७२ उजुरी फर्छौट हुन बाँकी रहेका हुन ।
स्थानीय तहमा बढि मुद्धा

अख्तियारको बुटवल कार्यालयका अनुसार सबैभन्दा बढि प्रदेशका स्थानीय तह(संघीय) मामिलामा उजुरी दर्ता भएका छन् । एकै बर्षमा ७ सय ७३ उजुरी दर्ताहुँदा उक्त क्षेत्रका कुल ५ सय २५ उजुरी फर्छौट भएका छन् भने अझै २ सय ३८ उजुरी फर्छौट हुन बाँकी छन् । त्यसपछि स्थानीय तह शिक्षामा कुल २ सय ७० मुद्दा दर्ता भएकोमा १ सय ९५फर्छौट भएर अझै ७५ उजुरी बाँकी रहेका हुन ।
यस्तै प्रदेश वन तथा वातावरणमा ९९ वटा, भुमी व्यवस्थापनमा १ सय २२ वटा, गृह प्रशासनमा २९ वटा, अन्य २ सय ४० गरी प्रदेशमा कुल १५ सय २३ उजुरी दर्ता भएको पाइएको हो । अख्तियार कार्यालय बुटवललले कुल १५ सय २३ मध्ये १ हजार ५३ उजुरी फर्छौट गरी लक्ष्यको ६९.१४ प्रतिशत लक्ष्य पुरा गरेको छ ।

प्रदेश प्रमुखलाई प्रतिवेदन

अख्तियार दुरूपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयको आयोजनामा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख लाई अख्तियारको प्रतिवेदन बुझाएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक कुमार शेचनलाई आयोगका सह सचिव कोशहरी निरौलाले प्रतिवेदन बुझाएका हुन । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शेचरनले पछिल्लो समयमा सार्वजनिक पद धारण गरेको व्याक्ति, कर्मचारी ले छाटो समयमा नै अकुत सम्पत्ती आर्जन गर्ने गरेको पाइएको भन्दै यसको निस्पक्ष रूपमा छानविन गरी कारवाही अगाडी बढाउनुपर्ने बताए । उनले यसको लागि अख्तीयारले खुट्टा कमाउन नहुने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?