ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड
शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्रको १३ औ वार्षिक साधारण सभा

पार्कको विशिष्टिकृत पहिचान, आजको आवश्यकता

२५ आश्विन २०८०, बिहीबार
२५ आश्विन २०८०, बिहीबार

बुटवल, २५ असोज ।

रुपन्देहीमा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भुलाउने गरी निर्माण भएका पार्कहरु विशिष्टिकरण पहिचान दिने गरी अघि बढ्न सरोकारवालाहरुले सुझाव दिएका छन् ।

शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) को १३ औ वार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले जिल्लामा भएका पार्कहरुमा एउटै खालको पूर्वाधार बनाउनु भन्दा फरक पहिचान दिने गरी पर्यटकीय स्थलको विकास गर्नसके प्रभावकारी हुने उनीहरुले दाबी गरे । कार्यक्रमको प्रदेश सभा सदस्य भगवती घिमिरेले उद्घाटन गर्दै लुम्बिनी प्रदेशको आर्थिक विकासमा पर्यटन मुख्य पाटो भएको बताइन् । शान्तिका दुत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, सामरिक महत्वको जितगढी किल्लासहित धेरै धार्मिक र ऐतिहासिक महत्वको क्षेत्रहरु रहेको भन्दै यसलाई पर्यटक गन्तव्यका रुपमा विकासमा जोड दिनुपर्ने बताईन् ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले पर्यटन क्षेत्रको विकास गर्न सरकारसंगै सरोकारवाला निकायहरुको सहकार्य जरुरी रहने बताईन् ।
कार्यक्रममा मणिमुकुन्द सेन उद्यानका अध्यक्ष माधव नेपालले पर्यटन क्षेत्र विशाल उद्योग भएको बताए ।

अन्य उद्योगमा वर्षदिनमा नै वस्तु उत्पादन हुने र प्रतिफल प्राप्त हुने भएपनि यो क्षेत्रमा भने लामो समय लाग्ने उनले बताए । आन्तरिक र बाह्य पर्यटक भित्रिने र प्रतिफल आउन समय लाग्ने भएपनि एकपटक राम्रो भएपछि लामो समय चल्ने उनले दाबी गरे । नेपालमा पर्यटन, जलश्रोत र उर्जा गरी ३ पक्षबाट देश समृद्ध हने सरकारको घोषणा अनुसार काम अघि बढ्न नसकेको उनले दुखेसो गरे ।

पर्यटक क्षेत्रको विकास गर्न धमाका मच्याउनुपर्छ भन्ने धारणालाई अघि बढाउनुपर्ने उनले सुझाव दिए । पहाडको भजन संस्कृति, तराईका थारू संस्कृति, सोरठी नृत्यहरुको प्रचार अगाडि बढ्नुपर्ने उनले बताए । नीति निर्माणको पाटो सरकारको हो भने संस्थागत विकास अर्को महत्वपूर्ण पाटो भएको उनले बताए । पार्कहरुको बिचमा एक आपसमा मिलेर विशिष्टिकृत पहिचान दिलाउने गरी विकास गर्न जरूरी रहेको बताए । नाम अनुसार कामलाई अघि बढाउन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा राष्ट्रिय उद्यान महासंघका अध्यक्ष खेम लुईटेलले संस्थागत रुपमा सबैजसो पार्कहरुलाई समेटेर अघि बढ्ने गरी योजना बनेको बताए । हरेक जसो पार्कमा समस्याहरु छन् त्यसलाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने उनले बताए ।

कार्यक्रममा केन्द्रका अध्यक्ष बेल प्रसाद शर्माले संस्थाको वार्षिक प्रगतिबारे जानकारी दिदै यहाँ रहेका पुष्पलाल, सहिद पार्कमा सभाहल, २९ वटा पिकनिक सेड लगायतका धेरै पूर्वाधार निर्माण भएको बताए । पार्क स्थापनामा महत्वपूर्ण योगदान दिएका संस्थापक अध्यक्ष स्व. बाबुराम अर्यालको स्मृतिमा पूर्वाधार बनाउने योजना भएको बताए ।

कार्यक्रममा केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेयले संस्थाको विकास, योजना निर्माण गर्ने र गहन छलफल राख्ने थलो साधारण सभा भएको भन्दै यसलाई सही ढंगबाट सदस्यहरुबाट सदुपयोग गर्न सुझाव दिए । केन्द्रमा तिलोत्तमा नगरपालिकाबाट ५० लाख पर्यटन पूर्वाधारका लागि बिनियोजन भएको तथा प्रदेश सरकारबाट १५ लाख रुपैयाँ बजेट उज्यालो विद्युतीकरणमा सहयोग भएको उनले बताए । केन्द्रमा हाल ४ सय ८३ जना आजीवन र १ सय ४४ जना साधारण सदस्य गरी कुल ६ सय २७ जना रहेको सचिव पर्शुुराम भण्डारीले बताए । हाल केन्द्रमा ३१ जना कर्मचारी कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?