ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

गिज्जाईरहेको ‘बुद्धनगर सडक’

२४ आश्विन २०८०, बुधबार
२४ आश्विन २०८०, बुधबार

बुटवल, २४ असोज । बुटवल पश्चिम क्षेत्र जाने र बुटवल आउने मानिसहरूको लागि अहिले सबैभन्दा उत्तम विकल्प हो ‘बुटवल देवीनगर–बुद्धनगर हुँदै झोलुंगेपुल’ बेलबास सडक । यो सडकमा अहिले सयौंको संख्यामा सवारी साधन ओहोर दोहोर गर्छन् ।
बर्षौंदेखि तिनाउ नदीमा बनेको मुख्य पुल (महेन्द्र राजमार्ग) को बिकल्पमा अहिले तिनाउमा बुटवलै २ वटा पुल निर्माण भएका छन् । बुटवल–४ पुलचोकको पुल र अर्को देबीनगर बुद्धनर जोड्ने पुल । यी पुलले तिनाउको पुरानो पुलको लोड आधा घटाएको छ भन्दा पनि हुन्छ । मुख्य पुल भन्दा पनि शाखा पुलबाट गन्तव्यमा पुग्ने मानिसहरू बिहान साँझको समयमा भिडभाड नै हुन्छ ।

सबैभन्दा बढि जनसंख्या भएको बुटवलको वडा नम्बर ११ का अधिकांस मानिसहरू देवीनगर–बुद्धनगर पुल निर्माण भएपछि बढि लाभांवित भएका छन् । यसको अलवा बुटवलदेखि सेमलार, मोतिपुर, रानीगञ्ज सहित बेलबास, नयाँगाउँ, तामनगर र सैनामैना पश्चिम तिरका मानिसहरूले पनि बुद्ध नगरको पुल प्रयोग गरेर गन्तव्यमा जाने र आउने गर्दछन् । पुल निर्माण भएपनि सडक निर्माण नभएको कारण सास्ती पाएका सडक प्रयोगकर्ताहरूले अहिले बुद्धनगरमा फराकीलो सडक पाएका छन् ।

वि.सं. २०७९ माघ १६ गते बुद्धनर (तिनाउ पुल) देखि नहरपुर झोलुङ्गे पुल(दानव नदी) सम्म आंशिक फुटपाथ तथा नाली सहितको सडक पिच निर्माण काम सुरुवात गरिएको थियो । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले शुभारम्भ गरेको निर्माण काम पुरा भएपनि केही मिटर सडक निर्माण अलपत्र हुँदा अधिकांस मानिसहरूले सास्ती पाएका छन् । २ करोड ६० लाख ६५ हजार लागतमा ठेक्का सम्झौता पाएको थापा दास जेभी बुटवलले २०८० जेठ १५ भित्र सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । सम्झौता भन्दा ढिला गरी गत असार महिनामा सडक निर्माणको अधिकांस पुरा गरेपनि बुद्धनगर देखि नहरपुर बेलबास बेथरी जोड्ने सकक सम्मको मुल सडक जोडीने स्थानमा करिब ६० मिटर सडक अहिले अलपत्र छ ।

बुद्धनगर तर्फको सडक फराकीलो र चिल्लो हुँदा यो बेलबास बेथरी जोड्न सडकको मुख्य बिन्दुमा बाटो साँघुरो, कच्ची, हिलाम्मे र धुलाम्मे हुँदा उक्त स्थानमा व्यवसायी तथा यात्रा गर्ने यात्रुले जो कोहीले पनि सास्ती व्यहोर्नुपरेको हो । स्थानीय गोविन्द रेग्मीले अन्य सडक पुरा हुँदा केहीमिटर मात्रै बाटो अलपत्र पार्नुले सिंगो बुद्धनगर लाई नै गिज्जाएको बताउँछन् । उनी भन्छन्–‘यत्रो सडक बनाउँदा धेरै छैन, केही मिटर मात्रै बाटो अलपत्र छ, जसस्ले गर्दा उताको बाटो पनि पिच गरे नगरे जस्तै छ ।’

बुद्धनगरको विकासका लागि नरपालिकाले सडक निर्माण गरेको भने पनि कच्ची बाटो र कमसल पिचको कारण निर्माण सम्पन्न भएको सडकको पनि प्याल पर्न सुरु भएको उनको भनाई रहेको छ । ठेकेदार कम्पनीको लापरवाहीको कारण सडक निर्माण गर्दा गुणस्तरको काम नगर्दा पुरा भएको सडकमा पनि अहिले खाल्डा खुल्डी देखिन थालेको स्थानीयहरूको गुनासो रहेको छ ।

सडक विस्तारको क्रममा सडक किनारामा घर निर्माण गरेका केही घरधनीले सडक विस्तारको लागि अटेरी गरेको कारण सडक विस्तार तथा कालोपत्र हुन नसकेको बताइएको छ । दुई जना घर धनी मध्ये एक जना घरधनीको कारण सडक विस्तार अलपत्र परेको हो । स्थानीय जनप्रतिनिधी मार्फ अहिले जे जस्तो अवस्थामा रहेको छ, सोही अनुसार नै कालोपत्रे गरेर जाने र सडक विस्तार नाली निर्माण पछि गर्ने गरी सहमती गर्ने कुरा भएपनि यसमा पनि सहमती हुन सकेको छैन ।जसको कारण सयौं सडक यात्रीहरूले सास्ती पाएका छन् भने ठुला सवारी साधानहरू समेत बाटो साँघुरो भएको कारण पास हुन समस्या हुने गरेको छ ।
यता बुटवल उपमहानरपालिका वडा नम्बर ११ का वडा सदस्य युवराज रानाले  सडक विस्तारको विषयमा सहमती नभएको कारण केही मिटर सडक अलपत्र परेको बताए । उनले यो विषयमा सहमती गर्ने र सडक निर्माण गर्ने कुरा भएको र छिट्टै हुने बताए ।

एमालेको ध्यानार्कष्ण

यसैबीच बुटवल उप–महानरपालिका वडा नम्बर ११ को वडा कार्यालयमा सडक पुर्वाधार अन्य विषयमा नेकपा एमाले वडा नम्बर ११ समितिले ध्यानार्कषण पत्र बुझाएको छ । वडा अध्यक्ष राम चन्द्र क्षेत्री मार्फत वडाका विभिन्न सडक, पुर्वाधार, अलपत्र परेको, निर्माण अधुरोध रहेको लगायतका विषयमा ध्यानार्कषण पत्र बुझाएको एमाले वडा ११ अध्यक्ष दिननाथ भट्टराईले जानकारी दिए ।
उनका अनुसार १३ वटा बुँदा मा नगरपालिकाको ध्यानार्कण गराएको छ ।

अध्यक्ष भट्टराईका अनुसार तिनाउ नदी किनारका वस्तीको सुरक्षाका लागि नदीको दुवैतर्फ तटबन्ध निर्माणका लागि आवश्यक पहल गर्न माग गरिएको छ भने न्यू दुर्गानगर तथा युद्धनगर बस्ती जोखिममा परेका हुँदा उक्त दानव नदी क्षेत्रमा तटबन्द निर्माण गर्न, अव्यवस्थित बसोबासी, भूमिहिन तथा सुकुम्बासीहरूको समस्या समाधानका लागि जग्गा नापजाचको कामलाई तिव्रता प्रदान गर्न, तिनाउ पश्चिम क्षेत्रमा अस्थायी प्रहरी चौकी स्थापनाका लागि आवश्यक पहल गर्न जोडदार माग गरिएको छ । सडक किनारा, बुद्धनर पुल लगायतका स्थानमा हाईम्याक लाईट जडान गर्न माग गरिएको छ भने मजुवा क्षेत्रमा रहेको फोहोरमैला डम्पिङ साइटको आधुनिक व्यवस्थापनका लागि आवश्यक पहल गर्न माग गरिएको छ । बेथरी सडकखण्डको बुटवल– ११ मा पर्ने सडक निर्माणको काममा अत्यन्तै ढिलासुस्ती भएको हुदा उक्त सड़क निर्माण कार्य तत्काल सम्पन्न गर्नका लागि आवश्यक पहल गर्न माग गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?