ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

ईजरायल घटना : पिँढीमा कुर्दै छोराको ‘शव’

२४ आश्विन २०८०, बुधबार
२४ आश्विन २०८०, बुधबार

सल्यान, २४ असोज । बुवा घरको पिँढीमा बसेर छोराको शव आउँछकी भन्ने आशामा छन् । गला अवरुद्ध छ ।
आमा घरभित्र ढलिरहेकी छिन् । सोमबार रातीसम्म बेहोस उनी मंगलबार पनि सम्हालिन सकिरहेकी छैनिन् । यो हृदयविदारक दृश्य सल्यान शारदा नगरपालिका वडा नम्बर ३ स्थित साहुटोलको हो ।
गत महिनामात्रै पढ्दै, कमाउदै कार्यक्रम अन्तर्गत इजरायल गएको छोरो हमास समूहको भिषण आक्रमणमा परेर यो संशारबाटै सदाको लागि विदा भएपछि ४५ वर्षिय बुवा चक्रबहादुर भण्डारी , ४४ वर्षिया आमा चण्डीका भण्डारी, दिदी तथा आफन्त लगाएत छरछिमेक सबै शोकमा छन् । २४ वर्षिय प्रवेश भण्डारी लगाएत १० जना नेपाली विद्यार्थी हमास समूहको आक्रमणमा मारिएको खबर आफन्तीले आइतबार मात्र थाहा पाएका थिए ।
छोराको सास त घरपरिवारले पाउने छैनन्, तर शव पनि आउने नआउने कुनै टुंगो छैन । ठूलो बज्रपात व्यहोर्न विवश प्रवेशका बुवा चक्र बहादुरले गला अवरुद्ध गला खुलाउदै भने, ‘कस्तो रैछ यो दैवको लिला, भएको एउटा छोरो पनि आफु निर्दाेस हुँदा हुँदै विदेशी भुमीमै मर्नुपर्याे । यस्तो हुन्छ भन्ने थाहा पाएको भए किन पठाउने थियौँ र ।’ छोरोको शव आउने नआउने बारे आफुलाई केही थाहा नभएको उनी बताउँछन् । शव कुरेर बसेका चक्र बहादुरको परिवार छोराको अन्तीम दर्शनको पर्खाइमा निकै विक्षिप्त अवस्थामा छन् । ‘अहिले सम्म कही कतै सम्पर्क हुन सकेको छैन’, उनले भने, ‘विन्ती गर्छु लास भएपनि ल्याइदिनुपर्याे ।’

मंगलबार परिवारलाई सान्तवना दिन चक्र बहादुरको घर पुगेका एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलावजंग शाहले देशले दक्ष जनशक्ति र कृषि वैज्ञानीक गुमाएको बताए । प्रवेशको निधनले सल्यान जिल्ला संगै सिंगो देशलाई अपुरणीय क्षती पुगेको बताए । केही नबिराउने, कसैसँग नरिसाउने, घमण्ड नगर्ने, निकै मिलनसार, सहयोगी र दयालु स्वभावका प्रवेश गाउँलेहरूका प्रिय थिए । पढाईमा पनि उत्तीकै तिक्ष्ण थिए । उनले २०७२ मा स्थानीय एमएम एकेडेमीबाट एसएलसी पास गरेका थिए । प्लस टु भने दांगको खोरखा बोर्डिंगमा पढेका थिए । एमएम एकेडेमिका सञ्चालक महेश देवकोटा भन्छन्, ‘प्रवेश पढाईमा निकै अब्बल थिए, अनुशासित, मिलनसार, कसैलाई भनि नविराउने, मिहेनती परिश्रमी थिए । दैवले चुँडेर लग्यो । हामी सबै स्तव्ध छौँ ।’

पढाइमा राम्रो भएकाले बुवाआमाले पनि ज्याला मजदुरी, ऋण सापट, खेती किसानी गरेर, आफू भोकै बसेर धेरै दुःख संघर्ष गरेर प्रवेशलाई पढाएका थिए । ‘घरको करेसाबारीमा म संगै काम गथ्र्याे, लटरम्म तरकारी फलेको देखेर मिहेनत गर्ने हो भने आफ्नै पाखा पखेरीमा राम्रो उत्पादन हुने रैछ । किनेर खान पर्नेरैनछ भन्थ्यो’, प्रवेशका बुवा चक्रबहादुर छोरासंगको कृषि कर्म सम्झदै भन्छन्, ‘राज्यलाई नै समृद्ध बनाउने उसको लक्ष्य थियो, सबै सपना चकनाचुर भयो, मेरो झन सबै आशा भरोसा ढल्यो ।’ यस्तो विशाल बज्रपात कसैलाई पनि नपरोस् भन्ने कामना सहित उनको घरपरिवारले सरकारसंग छिटो भन्दा छिटो लास भएपनि नेपाल ल्याइदियोस् भन्ने चाहन्छ ।
सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकाय सकेर सल्यानका प्रवेश सहित सल्यानकै शारदा नगरपालिका २ का विधान सेजुवाल र सल्यान,

त्रिवेणी गाउँपालिका १ का प्रमोद केसी पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत इजरायल पुगेका थिए । हमास आक्रमणमा प्रवेशले ज्यान गुमाएका छन् भने विधान घाइते छन्, प्रमोद सकुशल रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?