ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

के नेपालमा बस्ने वातावरण नभएकै हो ?

२२ आश्विन २०८०, सोमबार
२२ आश्विन २०८०, सोमबार

शनिबारको दिन बिहान छोरोलाई कलम किन्नको लागि घर नजिकैको पुस्तक पसलमा गएको थिएँ । पुस्तक पसलको छेउमा चियापसल छ । चिया पसलमा कोही मर्निंङ वाक गरेर, कोही ब्याडमिन्टन खेलेर आएका अधबैशे ब्यक्तिहरू अब देश खत्तम भयो, बस्ने लायक भएन, नेताहरू आफू बने देश डुबाए भन्दै चियाको स्वादमा गफिँदै थिए । कुराकानीकै क्रममा एकजना व्यक्तिले अलिक फरक ढंगले कसैलाई गाली नगरी आफ्नो कुरा राखे । उनी भन्दै थिए– अवको करिब १० वर्षमा हाम्रो यो सानो देश नेपाल हामी नेपालीको लागि बिशाल हुँदैछ । उनको कुरो टुंगिन नपाउंदै बीचमै अर्को एकजनाले फ्याट्ट सोधे कसरी ? मलाई पनि यही प्रश्न सोध्न मन लागेको थियो । यद्यपि म पुस्तक पसलबाट उनीहरूका गफ सुन्दै थिएँ । उनले प्रष्टाए– कुरो सामान्य छ । हामी नेपालीहरूको विदेश पलायन हुने लर्को दिन दुईगुना रात चौगुनाको दरले बढिरहेको छ । अहिले कक्षा १२ पास गरेका देशका कर्णधार मानिने अधिकांश विद्यार्थीहरू पिटिइ,आयल्स आदि अध्ययन गरिरहेका छन् । उनीहरूको दिमागमै अस्ट्रेलिया, अमेरिका लगायतका देशहरू बाहेक अरू केही छैन । उनीहरू एकपटक ती देशहरूमा गएपछि स्वदेश फर्किने कुनै गुन्जायस हुँदैन । यसलाई प्रस्ट्याउने बग्रेल्ती प्रमाणहरू पानी परेपछिको आकास खुलेजस्तै छर्लंङ्ग छन् । अध्ययनको निहुँमा बिदेशिने यी हाम्रा कर्णधारहरूको कारण यहाँ स्नातक तह अध्ययन गर्ने विद्यार्थी खोज्न दिउँसै लालटिन बाल्नुपर्ने अवस्था आउनेछ । उनीहरूले विस्तारै आफ्ना आमा बाबुलाई उतै तान्नेछन् । किनकि उनीहरूका आमाबाबु अधिकांश ४५–५० वर्ष उमेर समूहका छन् र ती विदेशमापनि सजिलै आफुलाई एडजस्ट गर्न सक्छन् । त्यसैगरी रोजगारीको सिलसिलामा विदेशिने युवाहरू र अमेरिकाको स्थायी वासिन्दा हुन लालायित डिभी भर्ने लर्को अहिले जस्तै कायम भैरह्यो भने हाम्रो भूगोल अवश्य हाम्रो लागि विशाल हुनेछ ।

वास्तवमा नेपालका राजनीतिज्ञहरूले राजनीतिलाई सेवा भनेपनि व्यवहारमा व्यवसाय बनाए । कमाउने भाँडो बनाए । नक्कली भुटानी शरणार्थी प्रकरण यसको ज्वलन्त उदाहरण हो । नेपालका नेताहरूको नियत सुध्रिने सम्भावना छैन भन्दा अत्युक्ति नहोला । रोजगारी तथा अध्ययनको सिलसिलामा यो देशका युवा एवं ती कलिला विद्यार्थीहरूको लस्कर अन्तर्राष्ट्रिय बिमानस्थलमा देख्दा एकाएक मन भक्कानिन्छ । वास्तवमा आफ्नो देशमा बस्ने मन कसलाई हुँदैन होला र ? आफ्नो परिवारसंग छुट्टिएर कहाँ हो कहाँ समुन्द्र पारी जान कसलाई पो रहर लाग्दो हो ? बाहिर जे जसो भनेपनि आफ्नो जन्मभूमिको माया नहुने कोही हुँदैन । यसमा सबैको एकमत पाइन्छ । तर के गर्ने देशमा रोजगारी नापाएपछि, उद्यमशीलताको वातावरण नभएपछि उच्च शिक्षा हासिल गरे पश्चात पनि के गर्ने भन्ने अन्योलको स्थिति आउने भएपछि बाध्य भएर बिदेशिनु पयो । कस्तो बिडम्बना ?

हो कतिपय उद्योगी, व्यवसायी र अलिक आशालाग्दो नेताले आफ्नै देशमा भविष्य खोज्नुपर्छ । गरे के हुँदैन ? जे गरे पनि सफल भइन्छ । आँट गर्नुपर्छ भनि सकारात्मक कुरा नगर्ने पनि होइन तर उहाँहरूको आफ्नै छोराछोरी नेपालमा बस्ने वातावरण भएन भनि बिदेसिन्छन् । नेपालमा धेरैजसो आर्थिक रूपले सवल मान्छे, पूर्व मन्त्री, वर्तमान मन्त्री, उच्चपदस्थ अधिकारी, सफल उद्यमी आदिका छोराछोरी अमेरिका, बेलायत, अस्ट्रेलिया जस्ता विकसित देशमा जाने मात्र होइन त्यहाँ स्थायी बसोबास नै गरेको पाइन्छ । यस्ता मानिसहरूले त नेपालमा भविष्य नदेखेर छोराछोरीलाई यहाँ राख्न सकेनन भने अरूको के कुरा गर्ने ? कसरी सम्झाउने नेपालमा बस भनेर ? दलका नेतालाई प्रस्ट थाहा छ– नेपाल हामीले डुबाइसक्यौ भनेर । त्यसैले त उनीहरूले उच्चशिक्षाको निहुँमा विदेश पठाएका छोराछोरीलाई नेपाल नफर्कन सुझाव दिन्छन् ।
अर्को कुरा नेपालमा केही गर्छु, आफ्नै व्यवसाय गर्छु भनेर आँट गरेर अगाडी बढेका मानिसहरू आँट गरेर काम सुरु गर्छन् । सुरुमा अफ्ठेरो परिस्थितिको सामना गरेपनि बीचमा अत्तालिन्छन् । यो देखिएको कुरा हो । यस्तो किन हुन्छ भन्ने कुरा नेपालमा केही गर्छु भनेर आफ्नो व्यवसाय संचालन गरी बीचमै छाडेका यूवाले यसरी प्रस्टाए । उनी भन्छन– नेपालमा उद्योग चलाउन, ब्यवसाय गर्न कठिन छ । उद्यमशीलतालाई अङ्गीकार गरी सानोदेखि ठूला उद्यमीहरूले सरकारी निकायबाट दुःख पाउँछन । नियम अनुसार हुने सजिलै हुने कार्यहरूलाई यो वा त्यो बहानामा, कहिले के मिलेन, कहिले के मिलेन भन्दै निकै दिन अल्झ्याइन्छ । फेरी अचम्म छ अतिरिक्त लाभ पाउने वातावारण भयो भने ढिलो हुने काम पनि तुरुन्त हुन्छ । कस्तो अचम्म ? यहाँसम्म उद्यमी आत्तिदैनन् । विस्तारै व्यवसाय सुरु हुन्छ त्यसपछि उनीहरूले छिनछिनमा परिवर्तन हुने नियमहरूको सामना गर्नुपर्दछ । उनीहरूको लगानीको सुरक्षा सरकारले गर्दैन । सबै जोखिम आफै मोल्नुपर्छ । बजार आफै खोज्नुपर्छ । अझ कतिपय अवस्थामा उद्योग तथा व्यवसायको लागि चाहिने आधारभूत पूर्वाधारमा पनि सरकारले व्यवसायीकै मुख ताकेको हुन्छ । यस्तो अवस्थामा व्यवसायलाई निरन्तरता दिनु असम्भव हुन्छ ।

यस्ता तितो यथार्थका क्रियाकलापहरू व्यवसायीका छोराछोरीले प्रत्यक्ष देख्छन्, नेताका छोराछोरीले पनि देख्छन् वा सुन्छन् । अनि उनीहरूको मन मस्तिस्कमा नेपालमा केहीपनि गर्न सकिदैन, गर्न चाहेको मान्छेलाई पनि यहाँ अनुकूल वातावरण हुँदैन, त्यसैले बरु सुरुमा दुःख पाएपनि बिदेश गएरै पाउने किनकि त्यहाँ कमसेकम सिस्टम त छ । देशको कानुन अनुसार त काम हुन्छ । नियमभन्दा माथि त कोही हुँदैन भन्ने निक्र्योल निकाली हाम्रा ती कलिला १७–१८ वर्षका कर्णधारहरू अध्ययनको निहुँमा बिदेशिन्छन । अन्ततोगत्वा उनीहरू बिदेशी नागरिक वनि विकसित देशका कर्णधारमा परिणत हुन्छन् । यथार्थ यही हो । अर्कोतिर नेपालमा केही गर्छु भनेर आँट गरेर आफ्नो काम सुरु गर्ने युवाको हालतपनि यस्तै देखिएको छ । यहाँ यतिसम्म कि निजामती कर्मचारी, उच्च पदस्थ अधिकारी, डाक्टर, इन्जिनियर, शिक्षक, प्राध्यापक आदि सबै मौका पाउनासाथ बिदेशिनको लागि खुट्टो उचालेर तम्तयार अवस्थामा रहेको देखिन्छ । अमेरिकाको डिभी भर्ने लस्करको अग्रपंक्तिमा यिनीहरूलाई नै देख्न पाइन्छ ।

यो अवस्थालाई गम्भीर रूपमा बुझ्ने कोही देखिएन अहिलेसम्म । नीति निर्माण बनाउनेदेखि कार्यान्वयन गर्नेको सोंचाई व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेको छ । आफुले कमाए भयो । आफु रमाए भयो । आफु रमाए देशै रमाएको देख्ने झुण्डले देश बिगारे । देशको यस्तो हालत हुँदापनि नीतिगत रूपमा केहि नगर्ने तर बिभिन्न कार्यक्रममा देशमै केही गर्नुपर्छ । सरकारले लगानीको सुरक्षा गर्नुपर्छ । यहीं अध्ययन गर्नुपर्छ । देशको विकास गर्न आफ्नो सिपको यहीं उपयोग गर्नुपर्छ भन्ने जस्ता कुराहरूले भरिपूर्ण भाषण चर्को स्वरमा सरकारमै भएका मान्छेहरूबाट आउँदा अचम्म लाग्छ । यिनीहरूले त सरकारले वातावरण बनाएको छ, आउनुस, फर्किनुहोस, बस्नुस, देशमा केही गर्नुहोस, हजुरको लगानीको सुरक्षा सरकारले गर्छ भन्नुपर्ने होइन र ? सरकारले गरे के हुँदैन । ३० वर्ष अगाडि मलेसियाको हालत नेपालको भन्दा खराब थियो अहिले हजारौं नेपालीले त्यहाँ रोजगारी पाएका छन । सरकारको देश बनाउने इच्छाशक्ति हुनुपर्छ । सरकार समृद्धिको लागि प्रतिबद्ध तथा कटिबद्ध हुनुपर्छ । वास्तवमा हामी नेपालीले कमाएको पैसाको ठूलो हिस्सा शिक्षा र स्वास्थ्यमा खर्च हुन्छ । छोराछोरीलाई राम्रो शिक्षा दिन तथा परिवारका सदस्य बिरामी पर्दा उपचार गर्दैमा सोझो हिसाबले कमाएको पैसा सकिन्छ । कुनै अवस्थामा अझ पुग्दैन । ऋण खोज्नुपर्छ । सामान्य हिसाबले सबैले बुझ्ने भाषामा भन्नुपर्दा नेपालमा व्यवहारिक रूपमा शिक्षा र स्वास्थ्य निशुल्क भयो भने नेपालीलाई नेपालमा रोक्न सक्ने दरो हतियार हुने थियो तर सरकारको रवैया हेर्दा यो आकासको फल आँखा तरी मर भनेजस्तो देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?