ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

इजरायलको बंकरमा रहेका विद्यार्थी विपिन सुवेदीसँग प्रधानमन्त्रीको संवाद : नेपाल फर्काउने तयारी गर्दैछौं

२२ आश्विन २०८०, सोमबार
२२ आश्विन २०८०, सोमबार

काठमाडौँ, २२ असोज ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “सिक्दै कमाउँदै“कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका ४९ जना विद्यार्थीहरूको टिम लिडर (अहिले बङ्करमा छन्) विपिन सुवेदीसँग भिडियो संवाद गरेका छन् ।

त्यसक्रममा सुवेदीले आफूहरूलाई छिटो नेपाल फर्काउन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । जवाफमा प्रधानमन्त्रीले अप्ठेरोमा परेका नेपालीहरूलाई नेपाल फर्काउन विभिन्न उपायहरू अपनाइरहेको भन्दै नआत्तिन र सुरक्षित भएर बस्न आग्रह गरेका छन् ।

यसैबीच प्रधानमन्त्री प्रचण्डको सचिवालयले इजरायलको युद्ध क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरूलाई आजै सुरक्षित क्षेत्रमा स्थानान्तरण गरिने जनाएको छ ।  प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भनेका छन्, ‘इजरायली पक्षसँग कुरा गरी आज नै युद्ध क्षेत्रका विद्यार्थीहरूलाई सुरक्षित स्थानमा लगिँदैछ ।’ उनले हमास समूह लुकिछिपी बसेको आशङ्का गरिएको त्यस क्षेत्रमा विद्यार्थी बाहिर निकाल्दा सुरक्षामा खतरा हुने भन्दै इजरायल पक्षले नमानेकोले बङ्करको विद्यार्थीलाई निकाल्न केही ढिलाइ भएको पनि बताएका छन् ।

स्वकीय सचिव मल्लले इजरायलमा हमासको आक्रमण पछि प्रधानमन्त्रीले त्यहाँको अवस्था बुझ्न, घाइतेको उपचार, हराएकाको खोजी, घटनामा परि दुःखद निधन भएकाहरूको शवको पहिचान र नेपाल ल्याउन पहल गर्ने तथा घटनास्थलका बङ्करहरूमा भएका नेपाली नागरिक (विद्यार्थी समेत)हरूको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र उनीहरूलाई नेपाल ल्याउने व्यवस्था गर्ने विषयमा रातोदिन अवस्थाको जानकारी लिने र निर्देशन दिने काम गरेको जनाएका छन् ।

‘उहाँले त्यसको लागि परराष्ट्र मन्त्री ज्युको नेतृत्वमा र्यापिड एक्सन टोली गठन गर्नुभएको छ र त्यो टिमले रातिको समय समेत नभनी काम गरिरहेको छ’, मल्लले प्रधानमन्त्रीको सचिवालयका सदस्य र आफैँ पनि आक्रमणको रातिदेखि बङ्करमा भएका सुदूरपश्चिम विश्वविद्यालयका भाइहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् । ‘र सम्माननीय प्रधानमन्त्रीज्यूको तर्फबाट उनीहरूको उद्धारका लागि सबै पक्षसँग काम गरिरहेको जानकारी गराउँदछु’, मल्लले भनेका छन् । उक्त घटनामा १० जना विद्यार्थीको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?