ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

अन्य देशले आफ्ना नागरिकको उद्धार गर्‍यो, इजरायली बंकरमा नेपाली मात्रै

२२ आश्विन २०८०, सोमबार
२२ आश्विन २०८०, सोमबार

काठमाडौँ, २२ असोज ।

इजरायल र गाजाबीच शनिवारदेखि युद्ध जारी छ । उक्त युद्धमा परेका १० जना नेपाली विद्यार्थीको मृत्यु भयो । हवाई हमलासँगै आतङ्कवादी हमला निरन्तर जारी छ । जसले गर्दा नेपालीहरू निकै त्रासमा छन् । उनीहरूले निरन्तर रूपमा उद्धारका लागि अनुरोध गर्दै आएका छन् । तर, अहिलेसम्म उद्धार हुन सकेको छैन ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी अजुर्न गिरीकाअनुसार अन्य देशका नागरिकहरूको धमाधम उद्धार भयो । तर, युद्धग्रस्त क्षेत्र नजिकै रहेका नेपाली विद्यार्थीको भने शनिवारदेखि आजसम्म उद्धार हुन सकेको छैन ।  आफूहरूसँगै रहेका थाइल्यान्ड, इजरायल लगायतका अन्य देशका विद्यार्थीको उद्धार गरिएको उनको भनाई छ । ‘हामीले दूतावासमा पटक–पटक फोन गरेर उद्धारका लागि गुहार गर्‍यौँ । तर, लोकेसन पठाइदिनुहोस् भन्ने मात्र जवाफ आउने गरेको छ । उद्धार हुन सकेको छैन’ गिरीले भने ।

सुदूरपश्चिम विश्वविद्यालयका २० जना विद्यार्थीहरूलाई अर्को क्षेत्रमा लगिँदै छ । उनीहरू बस्दै आएको बंकरबाट उद्धार गरेर आज दिनभरमा आफूहरू भएको ठाउँमा ल्याउन लागिएको उनको भनाई छ ।  ‘शनिवारदेखि विभिन्न देशमा विद्यार्थीहरू  बंकरमा थिए । तर, अन्य देशका विद्यार्थी तथा नागरिकको उद्धार गरियो । हाम्रा साथीहरू भने शनिवारदेखि नै  बंकरभित्रै छन्’ उनले भने ।

हाल कृषि विश्वविद्यालयका ३९ जना विद्यार्थी जीमान फार्ममा छन् । जुन इजिप्टको सिमाना नजिकै पर्छ । इजिप्टको बोर्डरभन्दा ५०० मिटरको दुरीमा मात्रै रहेको उनको भनाई छ । उक्त क्षेत्र गाजासँगको सीमा क्षेत्रबाट भने करिब ३० किलोमिटरको दूरीमा हो ।  उनीहरू बस्ने ठाउँमा भने सुरक्षित मानिएको छ । तर, न  बंकर छन्, न त आर्मी नै छन् ।  बंकर नै नभएको ठाउँ कसरी सुरक्षित हुने भन्दै उनले प्रश्न गरे ।

त्यस्तै १८ जना विद्यार्थीहरू मिफ्ताहिम भन्ने ठाउँमा रहेको सोरासिम नर्सरीमा छन् । उनीहरू पनि शनिवारदेखि नै बंकरभित्र छन् । अहिलेसम्म उद्धारको लागि कोही नआएको उनको भनाई छ ।  त्यस्तै ८ जना विद्यार्थीहरू नेटिभ भन्ने ठाउँमा छन् । जुन गाजासँगको सीमा क्षेत्रबाट ४/५ किलोमिटरको दूरीमा पर्छ । थाइल्यान्ड लगायतका देशका नागरिकहरूको भने त्यहाँबाट उद्धार भइसकेको छ । तर, नेपाली विद्यार्थीको भने त्यहाँबाट उद्धार हुन नसकेको उनको भनाई छ ।

बंकरभित्र बसेपनि बाहिर गोली चलेको बम पड्किएको आवाज आइरहेको छ । जसले गर्दा कति बेला के हुन्छ भन्नेमा डरै डरमा बस्नु परिरहेको उनको भनाई छ । ‘बंकरभित्रबाट बाहिर गोली चलेको, बम पड्किएको आवाज आइरहेको छ । उद्धार गर्न भनिरहेका छन् । तर, हामीले पनि केही गर्न सकिरहेका छैनौं । आफ्नै साथी गोली लागेको ढलेको छ । फेरि बम पड्किने, गोली चल्ने क्रम जारी छ’ उनले भने ।

आफूहरूसँगै जाम्बिया र थाइल्यान्डका नागरिक समेत काम गर्दै आएको तर, उनीहरूलाई भने सुरक्षित स्थानमा लगिसकिएको बताए ।  ‘इन्डियाले आफ्ना नागरिकको उद्धार गरेर लगिसक्यो । इजरायलका मानिसहरूलाई हेलिकोप्टरबाट नै उद्धार गरेको छ । हामीले काम गर्ने फार्मको बोस आफैं सुरक्षित क्षेत्रमा गइसकेको छ । अहिले  बंकरमा नेपालीहरू मात्र छन् ।’ उनले भने ।

‘मैले राजदूत कान्ता रिजाललाई फोन गरेको थिए । लोकेसन पठाउनु भन्नुभयो । तर, कोही आएका छैनन् । अहिले त बंकरभित्र नेपालीहरू मात्र छन् । अन्य देशकाहरूको फटाफट उद्धार भयो । हामी भने  बंकरभित्रै छौं’ उनले भने ।

इन्टनका लागि गएपछि भने जस्तो काम नभएको उनको भनाई छ । ‘जतिखेर पनि थर्काएको थर्काए गर्ने । लेबरको जस्तो व्यवहार गर्ने । पुरै नपढेको जस्तो काममा लगाउँदा रहेछन्,’ उनले भने, ‘प्रेक्टिकल भनेको छ, खेतका काम गर्ने झार उखेल्ने काममा लगाएको हुन्छ । यो त प्रेक्टिकल भएन ।’  उनले यो इन्टर्न कार्यक्रम नै स्क्यामको संज्ञा दिएका छन् । इन्टनका लागि इजरायल पुगेका सबै विद्यार्थीले तत्काल नेपाल फर्काउन माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?