Butwal Today

पाल्पामा  पहिरोले जेसीबी पुरिँदा चालकको मृत्यु

२२ आश्विन २०८०, सोमबार
अ+
अ-

बुटवल,२२ असोज । पाल्पाको रामपुर–१०, टोक्सेमा सडक मर्मत गर्ने क्रममा पहिरोले जेसीबीसहित पुरिँदा चालकको मृत्यु भएको छ ।

दाङको शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्काको मृत्यु भएको हो। उपचारको क्रममा तानसेनस्थित मिसन अस्पतालमा सोमबार बिहान ३ बजेतिर उनको मृत्यु भएको हो।

आइतबार साँझ ६ बजेतिर सडक मर्मत गर्ने क्रममा माथिबाट खसेको पहिरोले बा २ क १९५७ नम्बरको जेसीबी पुरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।   पहिरोले जेसिबीसँगै मृतक खड्का समेत पुरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?