Butwal Today

सुशासन अभिवृद्धिमा प्रविधिको उपयोगमा जोड

२१ आश्विन २०८०, आइतबार
अ+
अ-

सल्यान, २१ असोज । सल्यानमा शनिबार सम्पन्न सुशासन र सूचना प्रविधि विषयक खुला कविता प्रतियोगितामा महेन्द्र बस्नेतले पहिलो भएका छन् । प्रतियोगितामा कल्पना परियार दोश्रो, भरत वलीले तेश्रो र सुजाता वली सान्त्वना भएका छन् ।
नेपाल राष्ट्रिय कर्माचारी महासंघ, नेपाल राष्ट्रिय कर्माचारी संगठन निजामती, राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन, प्रेस सेन्टरले संयुक्त रुपमा प्रतियोगिताको आयोजना गरेका थिए । १३ जना श्रष्टाले प्रतियोगितामा सहभागिता जनाएको कार्यक्रममा अन्य दर्जन बढिले पनि विभिन्न साहित्यिक प्रस्तुति राखेका थिए ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसी, पुर्व मन्त्री तथा संविधान सभा सदस्य नरेश भण्डारी, नेकपा माओवादीका केन्द्रीय सदस्य कृति बहादुर पुन लगायत विभिन्न नेताहरूले बोल्दै समाज परिवर्तनमा साहित्यको निकै ठूलो महत्व रहेको भन्दै सुशासन प्रवर्द्धनमा सुचना प्रविधिको उपयोगमा जोड दिएका थिए ।

प्रतियोगितामा भिजन खड्का, भुमिका खड्का, सरस्वति डागी, यलिसा शाही, भानुभक्त खड्का, चुडामणि नाथ योगी, आयुस्मा उपाध्याय, कल्पना परियार, झरना चन्द अर्पन, रिमा विष्टले भाग लिएका थिए ।