ट्रेंडिंग:

>> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण

वनप्रतिको निर्भरता कम गर्न दाउराको विकल्पमा विद्युतीय चुल्हो

२१ आश्विन २०८०, आइतबार
२१ आश्विन २०८०, आइतबार

नेपालगञ्ज, २१ असोज ।

बाँकेको राप्ती सोनारी –१ रानी गजेरीकी शान्ति भण्डारी खत्रीलाई कहिले बाख्रा चराउन त कहिले घाँस दाउरा काट्न बाँके राष्ट्रिय निकुञ्जसँगै जोडिएको सामुदायिक वनमा गईरहनुपर्ने बाध्यता थियो । वन्यजन्तुको संख्यामा वृद्धि हुँदै गएपछि त्यो बाध्यतालाई हटाउने प्रयास गरिरहेको उनी बताउँछिन् ।

उनी भन्छिन् –‘पहिले त दैनिक दुई तीनपटक गईन्थ्यो अब त मुस्किलले एक पटक गईन्छ, त्यो पनि एकदमै सुरक्षा अपनाएर ।’ बाख्राको लागि चाहिने घाँस घर वरिपरि रोपेर सहज भएको उनी बताउँछिन् । ‘दाउराको विकल्पमा विद्युतीय चुल्हो भएपछि त झन् दाउराको लागि मात्र वनमा जाने कुरै भएन ।‘ बन्यजन्तुबाट आफै बच्नको लागि पनि जंगल जान हुँदैन भन्नेबारे सबै सचेत भईसकेको उनको भनाई छ ।

सामुदायिक वनमा मात्र नभएर यसअघि पशु चौपाया लिएर निकुञ्जभित्र सम्म जाने गरेकोे बताउने महिलाहरु अहिले आफ्नै खेतबारीको डिलमा रोपेको डाले घाँसले ठूलो राहत पुगेको बताउँछन् । राप्ती सोनारी १ कुसुमकी ईशा ओली भन्छिन् ‘पहिले त सामुदायिक वनको घाँस नपुगेर निकुञ्ज भित्र सम्म पनि बाख्रा लिएर जान्थ्यौं, अहिले कोही पनि जाँदैनौं ।’ अहिले सामुदायिक वनमा एकछिन चराउने र खोरमै राखेर पाल्ने गरेको उनी बताउँछिन् । ‘खेतबारीको डिलमा रोपेका डाले घाँस खुवाएर बाख्रा खोरमै बँधुवा रुपमा पाल्ने गरेका छौं ।’

ईशाजस्तै राप्ती सोनारी–८ ओभरीकी मैसरा खत्रीले पनि एक दर्जन बढी बाख्रा खोरमै बाँधेर पाल्ने प्रयास गरिरहेको बताउँछिन् । ‘सँधै बाँधेरै पाल्ने हो’, उनी भन्छिन्, ‘एकछिन मात्र बाख्रा फुकाए पनि राजमार्गको दक्षिणतर्फ सामुदायिक वनमा चराउने गर्छौ, निकुञ्ज तर्फ त जानै दिँदैनौं ।’

वनप्रतिको निर्भरता कम गर्न संरक्षणका क्षेत्रमा काम गरिरहेका विभिन्न संघ संस्थाले दाउराको विकल्पमा विद्युतीय तथा ग्याँस चुल्हो र पशु वस्तुको लागि घाँसका विरुवा तथा सुरक्षित खोरको ब्यवस्था गरिदिएको बताईएको छ । विद्युतीय चुल्हो प्रयोग गर्न थालेपछि दाउराकै लागि वनमा जानुपर्ने बाध्यता हटेको राप्ती सोनारी –१ कुसुमकी विमला परियार बताउँछिन् । “वनमा जाने भनेकै घाँस दाउराको लागि हो”, उनी भन्छिन्, ‘घाँस र दाउराको विकल्प घरमै भएपछि वनमा जाने कुरै भएन ।’

वनमा जाँदाखेरीको दुर्घटनालाई कम गर्न बाँके राष्ट्रिय निकुञ्ज राजकोट मध्यवर्ती क्षेत्र कुसुममा संरक्षणका क्षेत्रमा काम गरिरहेका साझेदार संस्था आयुसिएन, केएफडब्ल्यु र जेडएसएलको आर्थिक सहयोगमा हिमालयन नेचर मार्फत केही महिना अगाडि ५८ घरधुरीलाई विद्युतीय चुल्हो तथा १० घरधुरीलाई ग्याँस चुल्हो उपलब्ध गराईएको थियो । निकुञ्जसँग जोडिएका बस्तीमा विद्युतीय चुल्हो गराए पनि कतिपयले त्यसमा प्रयोग हुने भाँडा नभएर प्रयोग गर्न सकिरहेका थिएनन् । वितरण गरिएका विद्युतीय चुल्हो प्रयोगमा ल्याउनका लागि संरक्षणमा काम गरिरहेका साझेदार संस्थाहरुले शनिबार ५८ घरधुरीलाई उक्त चुल्होमा प्रयोग हुने एक÷ एक थान प्रेशर कुकर र कराई पनि वितरण गरेकाछन् । राजकोट मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अन्तर्गतका रानीतलाउ, बसेरी र कुसुमेश्वर मध्यवर्ती सामुदायिक वनका ५८ जना उपभोक्तालाई भाँडा, आयआर्जन मुलक समूह, कुसुम वैकल्पिक आयआर्जन समितिका दुईजना उपभोक्तालाई बोयर बोका र ६ जना ब्यावसायिक तरकारी खेती गर्ने कृषकलाई टनेल वितरण गरिएको हिमालयन नेचरका फिल्ड संयोजक श्रीराम घिमिरेले जानकारी दिए । उनले भने,–‘वन पैदावारमा परेको चापलाई कम गर्नको लागि विभिन्न साझेदार संस्थाले समुदायमा गरेको कामको प्रतिफल हेर्दा वनप्रतिको आत्मनिर्भरता कम हुँदै जानु पनि एक उपलब्धि हो ।’

जेडएसएल नेपाल तथा हिमालयन नेचरले राजकोट मध्यवर्ती क्षेत्रका करिव ८१ घरधुरीलाई लक्षित गरेर हाल विभिन्न किसिमका तालिम दिनुका साथै बैकल्पिक जीविकोपार्जनका लागि सहयोग गरिरहेको जनाएको छ । त्यस क्षेत्रका ८१ घरधुरी मध्ये ४५ घरधुरीलाई बाख्राको लागि सुरक्षित खोर ब्यवस्थापन गरिदिएको छ । यस्तै ४१ घरधुरीलाई समेटेर वैकल्पिक जीविकोपार्जन समिति बनाएर उन्नत तरकारी तथा फलफुल खेतीका लागि सहयोग गरिरहेको बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र कुमार खड्काले जानकारी दिए ।

निकुञ्ज मध्यवर्ती क्षेत्रमा वसोवास गर्ने अधिकाँशले बाख्रा पालेर जीविकोपार्जन गरिरहेको बताउँछन् । पछिल्लो समय ब्यवस्थित तरिकाले पशु वस्तु पाल्न थालेकाले वन्यजन्तुबाट हुने क्षतिमा कमी आएको अध्यक्ष खड्काको भनाई छ ।

विशेष गरी पाटे बाघ संरक्षणका लगि विक्रम सम्वत् २०६७ सालमा स्थापना भएको सबैभन्दा कान्छो निकुञ्जको रुपमा परिचत बाँके राष्ट्रिय निकुञ्ज ५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । जसमध्ये ३४३ वर्ग किलोमिटर मध्यवर्ती क्षेत्र पर्दछ । मध्यवर्ती क्षेत्रमा ७६ हजार जनसंख्या बसोबास गरिरहेको निकुञ्जले जनाएको छ । २०७८ सालमा करिव ७ महिनाको अवधिमा पाटे बाघको आक्रमणमा परी ५ जनाको मृत्यु भएको थियो भने ती सबै घटना वन क्षेत्रमा भएको निकुञ्जको दावी छ । त्यस घटनापश्चात आर्थिक बर्ष २०७९÷०८० को हाल सम्म मानवीय क्षति नभएको बाँके राष्ट्रिय निकुञ्जको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?