ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा २ सय जना महिलाले लिए सेवा

२१ आश्विन २०८०, आइतबार
२१ आश्विन २०८०, आइतबार

बुटवल, २१ असोज ।

नेकपा एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर ४ शाखा कमिटीको आयोजनामा शनिबार पाठेघरको मुखको क्यान्सर निदान सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

बुटवल ४ थकाली समाजको भवन परिसरमा आयोजना गरिएको शिविरमा २०० जना महिलाले चेकजाच गराएको शाखा कमिटीका अध्यक्ष नेदिराम ज्ञवालीले जानकारी दिए ।

शिविरमा महिला तथा प्रसुतिरोग बिशेषज्ञ डा. प्रयाश्चित श्रेष्ठ, डा. सदिक्षा चापागाई, डा. गोकर्ण पन्थी, डा. रमेश भट्टराई, डा. अनिता पुनको टोलीले महिलाहरुको स्वास्थ्य चेकजाँच गरेको थियो ।

स्वास्थ्य शिविर कार्यक्रममा बुटवल उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख तथा नेकपा एमालेका केन्द्रिय सदस्य गुमादेवी आचार्यले एमालेले महिलाको स्वाथ्य प्रति संवेदनशिल भएर शिविर आयोजना गरेकोमा धन्यवाद ब्यक्त गरिन् ।

आचार्यले महिलाहरु स्वस्थ भए मात्रै परिवार, समाज र राजनीतिमा पनि महिला सहभागिता र सक्रियता हुनसक्ने भएकाले यस्ता खालका कार्यक्रम निरन्तर गर्न आवश्यक रहेको बताइन् । उनले नेपाली महिलाहरुमा पाठेघरको मुखमा हुने क्यान्सरले विकराल रुप लिइरहेको भन्दै समयमै महिलाहरु आफ्नो स्वास्थ्य प्रति सचेत हुनुपर्ने बताइन् ।

स्वास्थ्य शिविरमा चेकजाँचको क्रममा महिलाहरुमा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने लगायतको समस्या भेटिएको महिला तथा प्रसुतिरोग विशेषज्ञ डा. प्रयाश्चित श्रेष्ठले बताए । डा. श्रेष्ठले यसबाट जोगिन बेलाबेलामा पाठेघरको चेकजाच गर्न आग्रह गरे ।

पाठेघरमा हुने क्यान्सरको कारण महिलाहरुले ज्यान गुमाउन पर्ने अवस्था नआओस् र यो समस्या केही भएपनि न्यूनीकरण होस् भन्ने उद्देश्यले शिविर आयोजना गरिएको एमाले शाखा कमिटी ४ का अध्यक्ष वेदिराम ज्ञवालीले बताए । कार्यक्रममा बोल्दै पार्टीका प्रदेश कमिटी सदस्य टंक पराजुलीले मानिस स्वस्थ हुन सकेमात्रै जस्तासुकै कामहरु गर्न सक्ने बताउदै पार्टीले निरन्तर यस्ता स्वास्थ सम्बन्धी शिविरहरु निरन्तर आयोजना गर्न आवश्यक रहेको बताए ।

शिविरमा उपचार पश्चात निःशुल्क औषधि समेत वितरण गरिएको एमाले शाखा कमिटी सचिव बिण्णु पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?