ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

सुदूरपश्चिमको विकास एमालेले गर्छ, प्रचण्डबाट देश बन्दैनः ओली

२१ आश्विन २०८०, आइतबार
२१ आश्विन २०८०, आइतबार

धनगढी, २१ असोज ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार नागरिकहरूप्रति उत्तरदायी नभएको बताएका छन् ।

सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन समारोहमा बोल्दै ओलीले देश र जनतालाई आशा जगाउने बेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भ्रमणमा केन्द्रित भएको बताएका हुन् । विकासका दृष्टिकोणले पछाडि परेको सुदूरपश्चिमलाई नेकपा एमालेले आधुनिक, विकसित र समृद्ध बनाउन चाहेकोमा उनले जोड दिए ।

‘प्रदेश अधिवेशनमार्फत आउने नयाँ नेतृत्वबाट सुदूरपश्चिम प्रदेशमा रहेका समस्याहरू हल गर्न सक्नु पर्छ । सुदूरपश्चिममा एमालेले चेतना ल्याउनुपर्छ । त्यो जिम्मेवारी अब आउने कमिटीलाई हुनेछ । यस अधिवेशनबाट आउने कमिटीले नेतृत्वको भूमिका खेल्नु पर्छ’, ओलीले भने ।

चन्दन लगाउँदैमा र मानसरोवरमा डुबुल्की गर्दैमा पाप कट्दैन भन्दै ओलीले प्रधानमन्त्री प्रचण्डको आलोचना गरे ।

अहिले देशमा सरकार छ कि छैन ? के दुई धाम गरेर मात्रै हुन्छ ? जनतालाई माया नगरेपछि, देशलाई माया नगरेपछि चन्दन लगाएर गेरु वस्त्र लगाए पनि पाप कट्दैन, मानसरोवरमा डुबुल्की लगाए पनि पाप कट्दैन, राम्रो कर्म गर्न सक्नुपर्छ,’ ओलीले भने ।

एमाले नेतृत्वको सरकारपछि अर्थतन्त्र झन् ओरालो लागेको भन्दै ओलीले वर्तमान सरकारबाट देशको रक्षा हुनसक्ने ठोकुवा गरे ।

‘एमाले नेतृत्वको सरकार ढलेसँगै अर्थतन्त्रको खम्बा पनि ढलेको छ । हत्या हिंसा बढिरहेका छन् ।अपराधी जेलमुक्त भइरहेका छन् ।देश अप्ठेरो अवस्थामा छ,’ ओलीले भने ।

यस्तै ओलीले ३९ किलो सुन कहाँ गयो भनेर प्रश्न गरे । सुन तस्करीको अनुसन्धानमा सरकारले तमासा मात्र गरेको भदै उनले एमालेको सरकारको पालामा कहिले यति, कहिले ओम्नी भन्ने, अहिले १०० केजी सुनमा ६१ केजी भयो ।३९ केजी कहाँ गयो भन्दै प्रश्न गरे ।

ओलीले अधिवेशन कार्यक्रमलाई सम्बोधन गरिरहेकै बेला पछाडिबाट केही युवाहरूले भीम रावल खोइ ? भन्दै प्रश्न गरेका थिए । ओलीले भने चुप लाग्नुस् साथीहरू भन्दै थप नबोली अर्कै प्रसङ्गलाई अगाडि बढाएका थिए ।

ओलीको सम्बोधनसँगै एमाले अधिवेशनको उद्घाटन सत्र सकिएको छ । उद्घाटन सत्रमा ओलीसँगै पार्टीका महासचिव शङ्कर पोखरेल, पार्टीका सचिव लेखराज भट्ट, प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापासहित केन्द्रीय सदस्यहरू सहभागी थिए । यो सँगै अव बन्द सत्र सुरु भएको छ ।

अधिवेशनमा छ सय ७५ प्रतिनिधि सहभागी छन् । अधिवेशनबाट एक सय ५५ सदस्यीय कार्यसमिति चयन हुने छ । जसमा प्रदेशमा अध्यक्षसहित उपाध्यक्ष र सचिव एक÷एक र सह–सचिवमा दुई जना रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?