ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

सिद्धार्थनगरको बजार अनुगमन : ४० लिटर तेल, २९ प्याकेट मसला नष्ट

२१ आश्विन २०८०, आइतबार
२१ आश्विन २०८०, आइतबार

भैरहवा, २१ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगरमा रहेका मिष्ठान (मिठाइ) पसलहरुमा अनुगमन गरेको छ । कार्यालयले नियमित बजार अनुगमन अन्र्तगत आइतबार पवन मिष्ठान भण्डार, नन्दन स्विट्स, दिव्यम स्विट्स एण्ड स्नायक्स्, माखन भोग स्विट्स, साँवरिया र श्याम मिष्ठान भण्डारमा अनुगमन गरेको हो । अनुगमनको क्रममा नन्दन स्विट्स बाहेक सबै मिष्ठान पसलले उपभोग गर्न नमिल्ने खाने तेलको प्रयोग गरेको पाइएकोले तत्काल नष्ट कारवाही गरी सचेत गराइएको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख एवं अनुगमन समितीको संयोजक उमा अधिकारीले बताइन् । टोलीले विभिन्न मिष्ठान पसलहरुमा पाएको अखाद्य ४० लिटर तेल नष्ट गरेको हो ।

तेलमा एक पटक कुनै समाग्री तारेपछि पटक पटक सोही तेलमा अन्य साम्रगी तारेमा उक्त तेल खाने योग्य हुदैन । र, उक्त पसलहरुले सोही किसिमका कार्य गरेको अनुगमनमा पाइएको थियो । त्यस्तै माखन भोग स्विट्समा म्याद गुज्रिएको ५० ग्रामको ८ प्याकेट कसुरी मेथी मसला र २१ प्याकेट चाट मसला बरामद भएपछि जफत गरी नष्ट गरिएको संयोजक अधिकारीले बताइन् ।

‘मिष्ठान पसलहरुमा प्रयोग गरिएको खाने तेलको नमुना परिक्षण गर्दा धेरै पटक प्रयोग गरिएको पाइएकोले उक्त तेल खान योग्य हुदैन’ खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक मनोज अधिकारीले भने, ‘त्यसैले बरामद तेल हामीले तत्काल नष्ट गरेका हौँ ।’
उनका अनुसार प्रयोग भएको तेलमा कुल पोलार म्याटरियल २५ प्रतिशत नबढेको हुनुपर्नेमा त्यो भन्दा बढी पाइएकोले तेल खान योग्य नरहेकोले नष्ट गरिएको हो ।

त्यस्तै अनुगमनको क्रममा मिष्ठान पसलहरुको भान्सा सरसफाई नराखिएको, साम्रगीहरु खुल्ला राखिएको, तेलमा पटक पटक विभिन्न साम्रगी तारिएको लगायत पाइएकोले पहिलो पटकको लागि सचेत गराइएको र पुनः पाइएमा थप कारवाही प्रक्रिया अगाडी बढाइने संयोजक अधिकारीले बताइन् ।

नगरपालिकाको उपप्रमुख एवं अनुगमन समितीको संयोजक उमा अधिकारीको संयोजत्कवमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सिद्धार्थ उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, नगरपालिकाको राजश्व शाखाको प्रतिनिधी, पत्रकार लगायत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?