ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

पुष्प खेतीमा युवा कृषक

पछिल्लो समयमा जिल्लामा गाउँपालिका र स्थानीय संघ संस्थाहरूले आयोजना गर्ने औपचारिक कार्यक्रममा बिस्तारै खादाको प्रयोगलाई निरुत्साहित गर्दै जान थालेको अबस्थामा फूलका मालाको प्रयोग बढ्न थालेको छ । नेपालीले पुष्प खेती गरि इस्मा गाउँपालिकालाई फूलमा आत्मनिर्भर बनाउन थालेका छन् ।
२१ आश्विन २०८०, आइतबार
२१ आश्विन २०८०, आइतबार

गुल्मी, २१ असोज । गुल्मीको इस्मा गाउँपालिकाका एक युवाले गाउँमा व्यवसायिक रूपमा पुष्प खेती गरेका छन । कृषि कर्मलाई आफ्नो मुख्य व्यवसाय बनाएका इस्मा गाउँपालिका ३ का गोकर्ण नेपालीले पुष्प खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन ।

गाउँपालिकाले त्यस क्षेत्रका कृषकलाई पुष्प खेती तर्फ आकर्षित गरि बाहिरबाट आयात हुने खादालाई निरुत्साहित गर्ने लक्ष्य अनुसार नेपालीले गाउँमै व्यावसायिक रूपमै पुष्प खेतीमा लागेका हुन । पालिकाले गाउँमा उत्पादन भएको पुष्पलाइ हरेक कार्यक्रममा प्रमुख प्राथमिकता दिने बताएको छ । गाउँमा यसअघि कुनैपनि कृषक यसरी व्यवसायीक रूपले पुष्प खेतीमा लागेका थिएनन् ।

पछिल्लो समयमा जिल्लामा गाउँपालिका र स्थानीय संघ संस्थाहरूले आयोजना गर्ने औपचारिक कार्यक्रममा बिस्तारै खादाको प्रयोगलाई निरुत्साहित गर्दै जान थालेको अबस्थामा फूलका मालाको प्रयोग बढ्न थालेको छ । नेपालीले पुष्प खेती गरि इस्मा गाउँपालिकालाई फूलमा आत्मनिर्भर बनाउन थालेका छन । गोकर्णले पुष्प खेतीलाई व्यवसायीकरण गरेको हुँदा थप प्रोत्साहन गर्नका लागि गाउँपालिकाले साठी हजार रूपैयाँ अनुदान उपलब्ध गराएको छ । नेपालीले पालिका र आफ्नो व्यक्तिगत लगानीमा आठ रोपनी बाँझो जग्गामा ६ हजार भन्दा बढी फूलका बिरुवाहरू लगाएका छन ।

नेपालीले तीन वटा ब्याडमा ६ हजार फूलका बिरुवाहरू लगाएका छन । ती बिरुवाहरू फरक–फरक समयमा फुल्ने भएका कारण उनको बारीमा जतिबेला पनि फूलको कमी छैन । बारीमा ढकमक्क फुलेका फूलहरूले त्यहाँ पुग्ने जोकोही पनि मन लोभ्याई रहेको हुन्छ । सदरमुकाम तम्घासमा आयोजना हुने धेरै कार्यक्रममा फूलको मालाको माग धेरै आउन थालेको गोकर्णले बताए । दैनिक रूपमा आयोजना हुने कार्यक्रमहरूमा आजभोली खादाको सट्टामा फूलको मालाको माग बढेदै जान थालेको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंङ खड्काले बताए । नेपालीले यो सिजनमा दुई लाख बराबरको फूल बिक्रि गर्ने लक्ष्य राखेको बताए । उनले यो सिजनमा दुई लाख भन्दा बढिको फूल बिक्रि गर्ने योजना बताएका छन । नेपालीले आफुले गरेको हरेक काममा स्थानीय सरकारले अभिभाकत्व निर्वाह गर्दै आएको बताए ।

जिल्लाका अन्य पालिकाहरूमा पुष्प खेती बिस्तारका लागि स्थानीय तह, कृषि ज्ञान केन्द्र, घरेलु जस्ता कार्यालयहरूले प्राविधिक सहयोग र आर्थिक अनुदान उपलब्ध गराउनु पर्नेमा नेपालीको जोड छ । इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुवँरले पालिकाको तर्फबाट धेरै कृषकहरूलाई व्यावसायीक रूपमै पुष्प खेती गर्न आग्रह गरेपनि नेपाली बाहेक अन्य कसैले चासो नदेखाएको बताईन । उनले केही गरौं भनेर आत्म विश्वास बोकेका कृषकहरूलाई पालिकाले हौसला प्रदान गर्नका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन । गोकर्ण जस्तै गुल्मीको रेसुङ्गा नगरपालिका दशका कृषक बिनोद कुँवर पनि तीन वर्षदेखि व्यावसायीक रूपमा पुष्प खेती गर्दै आएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?