ट्रेंडिंग:

>> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे

‘दलाल पूँजीवादका कारण मुलुकमा चरम निराशा र संकट’

२१ आश्विन २०८०, आइतबार
२१ आश्विन २०८०, आइतबार

बुटवल,२१ असोज । नेकपा एकीकृत समाजवादीका शिर्ष नेताहरुले गरिबी र बेरोजगारी अहिलेको मुख्य समस्या भएको बताएका छन । दलाल पूँजीवादका कारण मुलुकमा चरम निराशा र संकट देखा परेको भन्दै त्यसबाट उन्मूक्तिका लागि समाजवादी व्यवस्था अपरिहार्य भएको नेताहरुको भनाइ छ ।

२०६२र६३ सालको जनआन्दोलनपछि जनताको अधिकारलाई संविधानमा लेख्न सफल भएको तर, राजनीतिक रुपमा नेतृत्वमा देखिएको विचलनका कारण मुलुकमा संकट गहिरिँदै गएको नेताहरुको भनाइ छ ।

नेकपा एकीकृत समाजवादीको मेची–महाकाली समाजवादी जागरण अभियान अन्तर्गत आइतबार बुटवल र भैरहवामा भएका जनसभालाई सम्बोधन गर्दै शिर्ष नेताहरुले रोजगारी, समृद्धि र सुशासन राष्ट्रको मुख्य एजेण्डा बन्नुपर्ने बताए ।

भैरहवामा आयोजित जनसभालाई सम्बोधन गर्दै एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले मुलुक बनाउने एजेण्डाबाट दलहरु विचलित हुँदै गएकाले जनतालाई जगाउने गरी जागरण अभियान सुरु गरिएको बताए । उनले देशव्यापी रूपमा जागरण पैदा गरेको समेत बताए । उनले जनताको जीवन सुधार गर्ने संकल्प बोकेर अभियानमा निस्केकाले देशभरबाट जनताले साथ दिइरहेको बताए । उनले जनताको जीवनस्तर सुधार गर्न आवश्यक रहेकाले जनताकै विचमा जनताका मुत्ता लिएर अगाडि आएको बताए । उनले बेरोजगारी समस्या समाधान गर्ने गरी कृषिबाटै आत्मनिर्भर हुने सकिने बताए । अध्यक्ष नेपालले अझै पनि किसानहरूले समस्या झेलिरहेकाले त्यसका लागि समाधान गर्न सरकारसँग कुरा गर्ने बताए ।

त्यस्तै बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं सम्मानित नेता झलनाथ खनालले ३०६२–६३ सालको जनआन्दोलनपछि मुलुकको नेतृत्व दलाल पूँजीवादले गरेकाले देशमा चरम संकट देखा परेको बताए । उनले परिवर्तनको १८ वर्षको अवधिमा पूँजीवादी नेतृत्वका कारण पूँजीवादी शोषण बढ्दै गएको उनले बताए । उनले पूँजीवादी शोषणका कारण गाउँगाउँमा वित्तीय र व्यापारिक शोषण बढेको टिप्पणी गरे ।

‘हिजो सामन्ती शोषण कायम थियो, त्यो भन्दा खतरनाक दलाल पूँजीबादको शोषण हुन्छ’ खनालले भने । नेता खनालले ०६२र६३ पछि बनेको राजनीतिक शक्तिमा आएको दक्षिणपन्थी अवसरवादका कारण मुलुकमा आर्थिक, राजनैतिक संकट गहिरिन थालेको बताए । उनले नेकपा र त्यसबाट बनेको शक्तिले काम गर्न सक्ने अवस्थामा त्यसबाट राजनीति नै विचलित हुँदा यो परिणाम आएको बताए । उनले देशमा भ्रष्टाचार व्यापक रुपमा बढेको बताउँदै यसका लागि समेत अब समाजवादी व्यवस्थाको अपरिहार्य रहेको बताए ।

जनसभामा बोल्दै एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुक बनाउने संकल्पका साथ समाजवादी जागरण अभियान सुरु गरिएको बताए । उनले आफुहरुले भनेको कुरा नयाँ नभए पनि संकल्प र योजनाका साथ मुलुक बनाउने गरी समाजवादी जागरण अभियान शुरु गरिएको बताए । उनले मुलुकका छोराछोरी मुलुकमा बस्न नसकेको अवस्थामा यसले १० वर्षपछि ल्याउने भयंकर खतराबाट मुलुक जोगाउन पनि जागरण अभियान सुरु गर्नुपरेको बताए । उनले बेरोजगारी उन्मूलन गर्ने, देशमा शिक्षा स्वास्थ्यलाई निःशुल्क बनाउने र मुलुकलाई कृषिबाटै समृद्धिमा जाने संकल्पका साथ आफुहरुले योजना अघि सारेको बताए ।

उनले आफूहरुले संविधानको रक्षा गरेको र अब मुलुकमा रहेको गरीबी र बेरोजगारी उन्मूलन गर्ने एजेण्डासहित जनताका बीचमा आएको बताए । उनले बेरोजगारी समस्या समाधान गरी सुसाशन, समृद्विका लागि समाजवादी जागरण अभियान सुरू गरिएको बताए । महासचिव भुसालले मुलुक बर्बाद पार्न खोज्ने सबै शक्तिका विरूद्व लडने बताए । उनले अहिले धर्म र जातिका नाममा लडाएर बेरोजगारी र गरीबी उन्मूलनको मुद्दालाई छायामा पार्ने प्रयत्न गरेको भन्दै त्यसकाविरुद्ध लाग्नुपर्ने बताए ।
भैरहवामा भएको जनसभामा पार्टीका उपमहासचिव डा। विजय पौडेलले समाजवादी पार्टी निर्माणका लागि मेचिमहाकाली अभियान सुरू गरिएको बताए ।

कार्यक्रममा पार्टी रूपन्देहीका कार्यवाहक अध्यक्ष श्रीराम यादव, सचिव सरिता श्रीस, नेता रामबहादुर बस्नेत, युवा नेता शार्दुल मयूर कसौधनलगायतले बोलेका थिए । समाजवादी जागरण अभियानले आइतबारै रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा पनि कार्यक्रम गरेको थियो । टोली बुटवलबाट पश्चिमतर्फ लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?