ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन आज हुँदै, तिमिल्सेना र जैसीबिच मुख्य प्रतिष्पर्धा

२१ आश्विन २०८०, आइतबार
२१ आश्विन २०८०, आइतबार

धनगढी, २१ असोज ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १२ बजेदेखि सुरु हुन लागेको प्रदेश अधिवेशनको सम्पूर्ण तयारी भएको छ ।

‘अधिवेशनका लागि प्रदेशका नौ वटै जिल्लाका प्रतिनिधिहरू धनगढी पुगिसकेका छन् । ‘कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली आइतबार विहान ८ बजेको विमानबाट धनगढी पुग्नुहुन्छ,’ एमाले प्रदेश अध्यक्ष दामोदर भण्डारीले भने,’ हामीले उहाँलाई विमानस्थलदेखि स्कर्टिङ्गगर्दै कार्यक्रम स्थलसम्म ल्याउँछौँ । दिउँसोको १२ बजे कार्यक्रमको उद्घाटन सँगै अध्यक्ष दिनभर कार्यक्रममा बसेर साँझ काठमाडौँ फर्किनु हुन्छ ।’

ओलीसँगै पार्टीका महासचिव शङ्कर पोखरेल, पार्टीका सचिव लेखराज भट्ट, प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापासहित केन्द्रीय सदस्यहरू अधिवेशनमा सहभागी हुनेछन् ।

प्रदेश अध्यक्ष भण्डारीका अनुसार अधिवेशनमा छ सय ७५ प्रतिनिधि सहभागी हुँदैछन् । बाजुराबाट २८ महिला, ५९ पुरुष र ४१ दलित गरी एक सय २८, कैलालीमा २७ महिला, ७० पुरुष र २० दलित गरी एक सय १७ जना प्रतिनिधि रहेका छन् ।

बझाङबाट १३ महिला, २६ पुरुष र नौ दलित गरी ४८, डोटीबाट ११ महिला, २३ पुरुष र सात दलित गरी ४१, डडेल्धुराबाट पाँच महिला, १२ पुरुष र एक दलित गरी १८ जना प्रतिनिधि रहेका छन् भने जनसङ्गठनबाट २५ महिला, ४३ पुरुष र सात दलित गरी ७५ जना प्रतिनिधि रहने छन् । यस्तै, कञ्चनपुरबाट १७ महिला, ३७ पुरुष र नौ दलित गरी ६३, बैतडीबाट १९ महिला, ३३ पुरुष र १६ दलित गरी ६८, दार्चुलाबाट १९ महिला, २८ पुरुष र छ दलित गरी ५३, अछामबाट १२ महिला, ३४ पुरुष र आठ दलित गरी ५४ जना प्रतिनिधि रहेका छन् नौ वटा जिल्लामध्ये सबैभन्दा बढी प्रतिनिधि बाजुराका रहेका छन् ।

पार्टीको बुद्धिजीवी विशेष इलाका कमिटीबाट एक महिला र चार पुरुष गरी पाँच जना प्रतिनिधि र मजदुर विशेष इलाका कमिटीबाट एक महिला, चार पुरुष गरी पाँच जना प्रतिनिधि रहने छन् ।

प्रदेशमा हुन लागेको अधिवेशनमा प्रदेश सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट र बाजुरा नेता कर्ण थापालाई आमन्त्रण गरिए पनि रावललाई कुनै जानकारी नगराएको इन्चार्ज विश्वकर्माले बताए ।

अधिवेशनबाट एक सय ५५ सदस्यीय कार्यसमिति चयन हुने छ । जसमा प्रदेशमा अध्यक्षसहित उपाध्यक्ष र सचिव एक÷एक र सह–सचिवमा दुई जना रहने छन् ।

तिमिल्सेना र जैसीबिच मुख्य प्रतिस्पर्धा

सुदूरपश्चिमको नेतृत्वका लागि तीन जना आकांक्षी छन् । प्रदेशका उपाध्यक्ष रहेका कमल तिमिल्सेना, एमाले नेता कृष्णप्रसाद जैसी र पार्टीको सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा युवा सङ्घ नेपालका पूर्व अध्यक्ष वचनबहादुर सिंह नेतृत्वका लागि दौडमा छन् ।

अध्यक्ष पदका उम्मेदवार तिमिल्सेना २०४४ सालदेखि अनेरास्ववियु, तत्कालीन प्रजातान्त्रिक युवा सङ्घको केन्द्रीय सचिवालय हुँदै एमालेको जिल्ला कमिटी सदस्य र एमालेको जिल्ला अध्यक्ष अञ्चल कमिटी सदस्य हुँदै उनी प्रदेशका उपाध्यक्ष बनिसकेका छन् ।

‘म प्रदेश कमिटीको उपाध्यक्ष भइसकेको छु त्यसैले पनि अध्यक्षको स्वाभाविक दाबेदार हुँ । पार्टीलाई एकताबद्ध, समन्वयकारी, संविधानको कार्यान्वयन, पार्टी भित्र दक्षिणपन्थी अवसरवाद, संरचनात्मक अराजकता हुन नदिन मेरो उम्मेदवारी हो जित पनि सुनिश्चित छ,’ उनले भने ।

आगामी निर्वाचनमा बहुमत दिलाउन र एमालेको सरकार निर्माणको लागि आफूले प्रदेश अध्यक्षमा दाबी गरेको जैशीले बताए । जैसी सँग अछाम जिल्ला विकास समितिको सभापति, पार्टीको गाउँ कमिटी हुँदै पार्टीको जिल्ला कमिटी उपसचिव र दुई पटक सचिव भएको अनुभव छ ।

यसअघि अध्यक्षकै लागि दामोदर भण्डारीको नाम आए पनि उनी हालका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रहेकाले विधिअनुसार उम्मेदवार बन्न नपाउने भए पछि तीन जनाको मात्रै उम्मेदवार छन्। तिमिल्सेना र जैसीबिच चुनावी प्रतिस्पर्धा अझ रोचक हुने एमाले नेताहरू बताउँछन् ।

एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा भने चुनाव नभई सर्वसम्मतका लागि अन्तिम समय सम्म पनि प्रयास जारी रहेको बताउँछन् ।

सुदूरपश्चिममा एमाले पार्टी बलियो बनाउन र सबैको भावना अनुसार अघि बढिरहेकाले अधिवेशन सर्वसम्मतकै पक्षमा रहेको उनको भनाई छ । नेतृत्वका लागि रस्साकस्सी भइरहेपनि प्रदेश अध्यक्षको जिम्मेवारी कसले पाउँछ त्यो हेर्न भने अधिवेशन अवधिभर कुर्नै पर्नै हुन्छ ।

भीम रावललाई बोलाइएन

आइतबार हुन लागेको प्रदेश अधिवेशनमा नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा नेता भीम रावललाई भने वोलाईएको छैन ।

अछाम जिल्लाबाट पटक–पटक सांसद बनेका रावललाई पार्टीले अधिवेशनमा आमन्त्रण गरेको छैन । रावल यस अघिको सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत थिए । ‘प्रदेश अधिवेशनमा प्रतिनिधिहरुले नै पदाधिकारी तथा सदस्य चयन गर्छन् । यसमा कुनै नेताको हस्तक्षेप हुँदैन । भीम रावल केन्द्रीय नेता हुन । केन्द्रीय पदाधिकारी तथा सदस्य चयनमा उहाँको चासो हुन्छ । प्रदेश, जिल्ला तथा वडामा उनको चासो छैन,’ पार्टी सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले भने ।

रावल चितवनमा भएको दसौँ अधिवेशनमा केन्द्रीय अध्यक्षमा पराजित भएका थिए । त्यसयता पार्टीभित्र उनी कुनै पदमा छैनन् । धनगढीको सौराई स्क्वायरमा २१ गतेदेखि सुरु हुने अधिवेशन २२ गते सम्म चल्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?