ट्रेंडिंग:

>> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ

पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा २ सय जना महिलाले लिए सेवा

२१ आश्विन २०८०, आइतबार
२१ आश्विन २०८०, आइतबार

बुटवल, २१ असोज ।

नेकपा एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर ४ शाखा कमिटीको आयोजनामा शनिबार पाठेघरको मुखको क्यान्सर निदान सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

बुटवल ४ थकाली समाजको भवन परिसरमा आयोजना गरिएको शिविरमा २०० जना महिलाले चेकजाच गराएको शाखा कमिटीका अध्यक्ष नेदिराम ज्ञवालीले जानकारी दिए ।

शिविरमा महिला तथा प्रसुतिरोग बिशेषज्ञ डा. प्रयाश्चित श्रेष्ठ, डा. सदिक्षा चापागाई, डा. गोकर्ण पन्थी, डा. रमेश भट्टराई, डा. अनिता पुनको टोलीले महिलाहरुको स्वास्थ्य चेकजाँच गरेको थियो ।

स्वास्थ्य शिविर कार्यक्रममा बुटवल उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख तथा नेकपा एमालेका केन्द्रिय सदस्य गुमादेवी आचार्यले एमालेले महिलाको स्वाथ्य प्रति संवेदनशिल भएर शिविर आयोजना गरेकोमा धन्यवाद ब्यक्त गरिन् ।

आचार्यले महिलाहरु स्वस्थ भए मात्रै परिवार, समाज र राजनीतिमा पनि महिला सहभागिता र सक्रियता हुनसक्ने भएकाले यस्ता खालका कार्यक्रम निरन्तर गर्न आवश्यक रहेको बताइन् । उनले नेपाली महिलाहरुमा पाठेघरको मुखमा हुने क्यान्सरले विकराल रुप लिइरहेको भन्दै समयमै महिलाहरु आफ्नो स्वास्थ्य प्रति सचेत हुनुपर्ने बताइन् ।

स्वास्थ्य शिविरमा चेकजाँचको क्रममा महिलाहरुमा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने लगायतको समस्या भेटिएको महिला तथा प्रसुतिरोग विशेषज्ञ डा. प्रयाश्चित श्रेष्ठले बताए । डा. श्रेष्ठले यसबाट जोगिन बेलाबेलामा पाठेघरको चेकजाच गर्न आग्रह गरे ।

पाठेघरमा हुने क्यान्सरको कारण महिलाहरुले ज्यान गुमाउन पर्ने अवस्था नआओस् र यो समस्या केही भएपनि न्यूनीकरण होस् भन्ने उद्देश्यले शिविर आयोजना गरिएको एमाले शाखा कमिटी ४ का अध्यक्ष वेदिराम ज्ञवालीले बताए । कार्यक्रममा बोल्दै पार्टीका प्रदेश कमिटी सदस्य टंक पराजुलीले मानिस स्वस्थ हुन सकेमात्रै जस्तासुकै कामहरु गर्न सक्ने बताउदै पार्टीले निरन्तर यस्ता स्वास्थ सम्बन्धी शिविरहरु निरन्तर आयोजना गर्न आवश्यक रहेको बताए ।

शिविरमा उपचार पश्चात निःशुल्क औषधि समेत वितरण गरिएको एमाले शाखा कमिटी सचिव बिण्णु पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?