ट्रेंडिंग:

>> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र

स्थानीय तहका कर्मचारीको आन्दोलनप्रति निजामती कर्मचारी संगठनको ऐक्यवद्धता

२० आश्विन २०८०, शनिबार
२० आश्विन २०८०, शनिबार

बुटवल, २० असोज ।

नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले स्थानीय तहका कर्मचारीहरुले गरेको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।

संगठनका अध्यक्ष प्रेमप्रसाद खनाल र सचिव जिवन पौडेलद्वारा जारी विज्ञप्तीमा स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिवाट २० बुँदे ध्यानाकर्षण पत्र सहित ७५३ वटै स्थानीय तहका कर्मचारीहरुले गरेको आन्दोलनप्रति ऐक्यवद्धता जनाइएको हो ।

संघर्ष समितिले “प्रशासनिक संघीयता पूर्ण कार्यान्वयनको आधार, तीनै तहका कर्मचारीको समान अधिकार” भन्ने मूल नाराका साथ आन्दोलन गर्दै आएको छ । निजामती कर्मचारी संगठन रुपन्देहीले विज्ञप्तीमा संघीयता कार्यान्यनको सन्दर्भमा अनिवार्य सहयोगी स्थायी संयन्त्रका रूपमा रहेको प्रशासनिक संघीयतालाई प्रणालीगत बनाउनु अनिवार्य रहेको उल्लेख गरेको छ ।

संघीयता कार्यान्यनका सन्दर्भमा भएको संगठन तथा व्यवस्थापन सर्वेक्षण र कर्मचारी समायोजनमा विभेद र अन्याय भएको आवाज ठुलो र चर्को रुपमा उठ्दै आएको भन्दै विज्ञप्तीमा समग्र मुलुकको प्रशासनिक संघीयतालाई मार्ग निर्देश गर्ने संघीय निजामती सेवा ऐन जहाँ सरकार त्यहाँ ट्रेड युनियनको अवधारणालाई आत्मसाथ गरी राष्ट्रिय स्तरका ट्रेड युनियनले बुलन्द गरेका मागहरु समावेश गरी अविलम्ब जारी गरिनुपर्नेमा संघीयता कार्यान्वयन भएको ८ बर्षसम्म जारी गर्न सरकार उदासिन देखिनु घोर निन्दनीय रहेको उल्लेख छ ।

सबै तहमा कार्यरत कर्मचारीहरुको उच्च मनोवल र उत्साहका साथ कार्य गर्ने वातावरण श्रृजना हुने गरी सरोकारवाला निकायसँग छलफल गरी ल्याउनुपर्ने संघीय निजामती सेवा ऐन विना छलफल र समन्वयमा मन्त्रीपरिषद्बाट स्वीकृत भएको भनिएको संघीय निजामती सेवा ऐन एक महिना वितिसक्दा समेत संसदमा टेबुल हुन नसक्नुबाटसरकार आफै प्रशासनिक अस्थिरता निम्ताउन खोजेको पुष्टि भएको विज्ञप्तीमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?