Butwal Today

युवा उद्यमी मञ्चको नवौँ स्थापना दिवसमा अन्तरक्रिया

२० आश्विन २०८०, शनिबार
अ+
अ-

बुटवल, २० असोज । नेपाली युवा उद्यमी मञ्च रुपन्देही शाखाले आफनो नवौँ स्थापना दिवस अन्तरक्रिया कार्यक्रम गरि मनाएको छ । वि.स. २०७१ सालमा बुटवल उधोग बाणिज्य संघको सरक्षंकत्वमा स्थापना भएको नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले शनिबार गरेको अन्तरक्रियामा युवा उद्यमीलाई स्वदेशमा अडाउने गरि सरकारबाट योजना आउनुपर्ने बताए ।

कार्यक्रममा नेपाल उधोग बाणिज्य महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले देशमा आर्थिक क्रान्ति युवाबाट सम्भव हुने भन्दै विदेश पलायन रोक्ने कार्यक्रम सरकारबाट ल्याउनुपर्ने बताए । देशमा युवा वर्गलाई संगठित गर्दै उद्यम र रोजगारमा लगाउनु आजको आवश्यकता भएको उनले बताए ।

कार्यक्रममा नेपाली युवा उद्यमी मञ्च रुपन्देही च्याटर अध्यक्ष सन्देश श्रेष्ठले युवा बर्गलाई उधोग स्थापना गर्नको लागी अभिमुखिकरण तालीम र बिउ पुँजी, बित्तिय लगानीको लागि सधै पुलको काम गर्दै आएको बताए । आफ्नो कार्यकाल नमुना बनाउने गरि नेतृत्व लाग्न समेत उनले सुझाव दिए । यसमा सबैको साथ र सहयोग आवश्यक हुने समेत उनले बताए ।

कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष साहारा जोशीले रुपन्देही शाखा स्थापनाको छोटोसमयमा कार्यमुल्याकनको आधारमा दुई पटक राष्ट्रिय पुरस्कार प्राप्त गर्नु सामान्य नभएको भन्दै आगामी दिनमा पनि रचनात्मक काममा जोड दिनुपर्ने बताईन । उद्यमशीलता यात्रा साझेदारी मुख्य वक्ता हुतानन्द खनाल, बुटवल उधोग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु ,सिद्धार्थ उधोग बाणिज्य सघंका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, रुपन्देही उधोग संघ उपाध्यक्ष कृष्ण प्रसाद पराजुली ,एनजिसि पष्ट भवाइस नेशनल पेसिडेन्ट कुसल सुन्दर श्रेष्ठ, सिएनएनआई उपाध्यक्ष बाबुराम बोहारा, नेपाल चेम्बर अफ कमर्स केन्दीय सदस्य टंक प्रसाद पोखरेल, नेपाल बैक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शुसिल कुमार नेपाल, सिटिजन्स बैक इन्टरनेशनल लुम्बिनी प्रदेश प्रमुख प्रदिप श्रेष्ठले शुभकामना दिएका थिए ।

नेपाली युवा उद्यमी मञ्च रुपन्देहीका संस्थापक अध्यक्ष आनन्द वझा, पूर्व अध्यक्षहरु सुमोद मान सैजु, सन्दिप कसौधन, उमेश अमात्य, प्रदिप शाक्य निवर्तमान अध्यक्ष निरज लाकौलले ९ बर्षका अवधिमा यस क्षेत्रमा गरेका गतिविधिबारे प्रकाश पारे । कार्यक्रमा मञ्चका सचिव सुमित श्रेष्ठले रुपन्देहीमा दश जना युवाहरुबाट सुरुवात भएको नेपाली युवा उद्यमी मञ्च रुपन्देहीमा हाल ७६ जना सदस्यहरु आवद्ध रहेको बताए । कार्यक्रममा भिडियो डकुमेन्ट्री मार्फत कार्यहरु देखाएका थिए ।