ट्रेंडिंग:

>> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा

वास्तविक किसानको पहुँच पुगेन, फ्रिज भयो बजेट

१९ आश्विन २०८०, शुक्रबार
१९ आश्विन २०८०, शुक्रबार

दाङ, १९ असोज ।

राप्ती गाउँपालिका वडा नम्बर ३ का बेदुलाल चौधरीले माछा पालन गर्न थालेको १२ वर्ष बित्यो । कृषि विकास बैंकमा जग्गा धितो राखेर ऋण लगानी गरेर माछापालन गर्दै आएका चौधरीले कृषि अनुदानको पहल गर्दा पनि पाउन सकेका छैनन् । उनी जस्तै धेरै किसान सरकारले अनुदानमा पहुँच पुग्न सकेको छैन । कागजी प्रकृया झन्झटिलो, थोरै अनुदान, कार्यविधि बारे अनभिज्ञता जस्ता कारणले पनि अनुदान नलिने कृषकहरु धेरै रहेका छन् ।

जिल्लाका १० वटै पालिका हेर्ने गरी लुम्बिनी प्रदेशअन्तर्गत २०७५ भदौ २८ गते स्थापना भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशुपंक्षी, मत्स्य विकास, पशु उपचार, प्रयोगशाला र परामर्श लगायत काम गर्दै आएको छ ।

अनुदान वितरण गर्ने गरी बजेट विनियोजन गरेका सरकारी कार्यालय वास्तविक कृषकसम्म पुग्न नसक्दा पनि यसको उचित प्रयोग हुन नसकेको देखिएको हो । जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा वर्षेनी आउने बजेटमध्ये कृषि सम्बन्धी बजेट खर्च नभई फिर्ता हुने गरेको छ । एकातिर कृषकले अनुदान नपाउने अर्कोतिर बजेट खर्च नभई फिर्ता हुने परिपाटी बढेको छ । लक्षित कार्यक्रम कार्यान्वयन गर्ने भनेर खुलेको कार्यालयले अपेक्षा गरिए अनुसार काम गर्न सकेको छैन । अर्कोतिर लाभग्राहीले पनि अपेक्षा अनुसार सेवा सुविधा पाउन सकेका छैनन् । कार्यक्रममा व्यावसायिक कृषकलाई अनुदानमा समेट्नु पर्ने कृषकहरुको सुझाव छ । वर्षेनी आउने अनुदानलाई थप पारदर्शी र व्यवस्थित बनाउँदै वास्तविक किसानलाई प्रोत्साहन गर्न ध्यान दिन पनि आम कृषकहरु आग्रह गर्छन् ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आर्थिक वर्ष २०७९–०८० का लागि विनियोजन भएको बजेट समयमै खर्च हुन सकेन । विभिन्न शीर्षकमा आएको रकम फ्रिज भएको हो । किसानका लागि आएको बजेट खर्च नहुँदा कार्यालयको वित्तीय प्रगति निराशाजनक देखिएको छ । पशु सेवा विज्ञ केन्द्रमा गत वर्ष आएको ९ करोड १ लाख ५० हजार ३ सय रुपैयाँमध्ये ५ करोड ८६ लाख ४७ हजार ६ सय रुपैयाँ मात्रै खर्च भयो । अरु ३ करोड १५ लाख २ हजार ७ सय रुपैयाँ खर्च हुन नसक्दा फ्रिज भयो । विज्ञ केन्द्र दाङमा चालु बजेटतर्फ ८ करोड ५३ लाख २९ हजार ८ सयमा ५ करोड ७८ लाख ८२ हजार ५ सय रुपैयाँ खर्च भई २ करोड ७४ लाख ४७ हजार ३ सय रुपैयाँ फ्रिज भयो । त्यसैगरी पूँजीगततर्फ ४८ लाख २० हजार ५ सय रुपैयाँ आएकोमा ७ लाख ६५ हजार १ सय रुपैयाँ मात्रै खर्च भयो । अरु ४० लाख ५५ हजार ४ सय रुपैयाँ फ्रिज भयो ।

यसैगरी ४० लाख ५८ हजार ४ सय रुपैयाँ विनियोजन गरिएको मत्स्य विकास कार्यक्रमको पनि १४ लाख ९१ हजार ६ सय रुपैयाँ, २ करोड २ लाख ४८ हजार ६ सय रुपैयाँ विनियोजन भएको सेवा टेवा विस्तार कार्यक्रमको ३० लाख ९ हजार ५ सय रुपैयाँ, कार्यालयले पशु स्वास्थ्य नियमन कार्यक्रमका लागि ८२ लाख ४२ हजार ९ सय रुपैयाँ विनियोजन गरेकोमा ३२ लाख ५३ हजार २ सय रुपैयाँ फ्रिज भएको छ । यस्तै २३ लाख रुपैयाँ विनियोजन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (व्लक विकास)कार्यक्रमको पनि ३ लाख ११ हजार ८ सय रुपैयाँ फ्रिज भयो ।

सशर्त अनुदानतर्फ प्राप्त रकम पनि झण्डै आधा रकम फ्रिज भएको कार्यालयले जनाएको छ । संघ सशर्त अनुदानतर्फ ७ लाख ५० हजार रुपैयाँ आएकोमा ३ लाख १९ हजार ४ सय रुपैयाँ फ्रिज भयो । सेवा प्रभावकारी हुन नसक्दा तथा तय गरिएका कार्यक्रम संचालनमा समस्या हुँदै गएपछि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङकोे बजेट वर्षेनी घट्दै गएको छ । जिल्लाको दश वटै पालिकामा कार्यक्रम संचालन गर्न प्रदेश सरकारबाट चालु आर्थिक वर्ष २०८०–०८१ का लागि विभिन्न शीर्षकमा ६ करोड ६१ लाख ८८ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । यो गत आर्थिक वर्षको भन्दा २ करोड ९६ लाख १२ हजार रुपैयाँले कम हो ।कार्यक्रम अन्तरगत साधारण खर्चतर्फ २ करोड १५ लाख १ हजार, खाद्य तथा पोषण सुरक्षा कार्यक्रम तर्फ १ करोड ६९ लाख ४४ हजार, स्मार्ट कृषि गाउँ कार्यक्रमतर्फ ७० लाख, मत्स्य विकास तथा प्रवद्र्धन कार्यक्रम तर्फ ६१ लाख ८४ हजार रुपैयाँ विनियोजन भई आएको छ ।

पशुपंक्षी श्रोत प्रविधि सेवा टेवातर्फ १ करोड १७ लाख ४८ हजार रुपैयाँ, पशु स्वास्थ्य नियमन कार्यक्रमतर्फ २१ लाख ६१ हजार रुपैयाँ र पशुसेवा विभाग संघ शसर्त अनुदानतर्फ ६ लाख ५० हजार रुपैयाँ विनियोजन भई आएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख सुदाम भट्टले जानकारी दिए । उनका अनुसार, गत आर्थिक वर्षमा ९ करोड ५८ लाख विनियोजन भएकोमा यो पटक घटेर ६ करोड ६१ लाख ८८ हजार विनियोजन हुनुले वर्षेनी बजेटको आकार घट्दै गएको देखिएको छ । कुल बजेटको ३ करोड ५७ लाख ५० हजार अनुदानमा आधारित रहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?