ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

स्थानीय तहमा भ्रष्टाचारको बाढी

१९ आश्विन २०८०, शुक्रबार
१९ आश्विन २०८०, शुक्रबार

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीन दिनअघि राष्ट्रपति समक्ष बुझाएको बार्षिक प्रतिवेदनमा सवैभन्दा बढी अनियमितता स्थानीय तहमा देखिएको उल्लेख छ । अख्तियारले हरेक बर्ष यसरी नै प्रतिवेदन बुझाउँछ र हरेक बर्ष सवैभन्दा धेरै अनियमितता स्थानीय तहमै देखिने गरेको छ । अर्कोतर्फ चिन्ताको बिषय के पनि छ भने स्थानीय तहमा नागरिकको प्रत्यक्ष पहुँच हुने भएकाले स्थानीय तहको उजुरीसँगै विकृति पनि बाहिर आउन थालेको छ । संघीय र प्रदेश सरकारमा भन्दा स्थानीय सरकारमा नागरिकको दैनिक आवतजावत धेरै हुने भएकाले स्थानीय तहमा भएका सबै प्रकारका कामबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी धेरै पर्ने गरेका हुन् । यसले के देखिन्छ भने स्थानीय तह भ्रष्टाचारको जालोमा पर्दै गएको छ । अख्तियारको प्रतिवेदन अनुसार गत आर्थिक वर्षको कुल उजुरी २० हजार ९०५ मध्ये सबैभन्दा बढी उजुरी ३५.९५ प्रतिशत स्थानीय तहको मात्र छ ।

स्थानीय तहमा पर्ने उजुरीमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले घुस लिएको, सार्वजनिक सम्पत्तिको हिनामिना तथा हानी नोक्सानी गरेको, गैरकानुनी रूपमा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने, सार्वजनिक निकायको कामको खरिद तथा निर्माणको काममा बदनियत राखी व्यक्तिगत लाभ लिने तथा नेपाल सरकारलाई हानी नोक्सानी पु¥याउने परीक्षाको नतिजा फेरबदल गर्ने गैरकानुनी रूपमा सम्पत्ति आर्जन गर्नेलगायतका उजुरी पर्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । हाम्रा शासक प्रशासकले कैयौ वर्षदेखि भ्रष्टाचारमा शून्य सहनशीलताको विषय उठाउँदै आइरहेका छन् । तर, उनीहरूको भन्ने एक तर गर्ने अर्कै प्रवृत्तिका कारण मुलुक र यहाँका सबैजसो सरकारी संयन्त्र भ्रष्टाचारले मक्किन थालेका छन् । तीनवटै सरकारका प्रायजसो सबै संयन्त्र भ्रष्टाचारको दलदलमा परेका छन् । धन कमाउनेमा नै स्थानीय तह लिप्त भएको देखिएको छ । सामाजिक सञ्जाल वा आम सञ्चारका माध्यमहरूमा सवैभन्दा बढी आउने बिषय भनेको भ्रष्टाचार नै भएको छ । आमजनताका गास, वास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारीजस्ता समस्यालाई कसरी समाधान गर्ने भन्नेमा हाम्रा जनप्रतिनिधिहरू गम्भीरतापूर्वक छलफल नै गर्दैनन् । राजनीतिक नेतृत्वले इमान र धर्म गुमाएपछि त्यसको सबैभन्दा बढी मार मुलुक र नागरिकले भोग्नुपर्ने हुन्छ । स्थानीय तहमा आउने नेता जुन जोगी आए पनि कानै चिरेकाजस्ता भएका छन् । त्यसैले प्रमुख दल र तिनका नेताबाट जनताले आशा र भरोसा गर्नै छोडेका छन् ।

अख्तियारको प्रतिवेदनले आम जनतालाई निरास बनाएको छ । भ्रष्टाचार र अनियमितता नेपालको कहिल्यै समाधान नहुने रोग बन्ने देखिएको छ । त्यसैगरी स्थानीय तहसंगै स्वास्थ्य र शिक्षामा फस्टाएको माफियाकरण र बिचौलियातन्त्रका कारण जनताले सबैभन्दा बढी सास्ती र पीडा भोग्नुपर्ने बाध्यता छ । मुलुकको सुशासनको अवस्था झनै बिग्रेर जाने अवस्था रिपोर्टले देखाउनु गंभीर चिन्ताको कुरा हो । त्यसैले पनि अहिले जनतामा आशा र भरोसाभन्दा पनि निराशा र आक्रोश देखिएको छ । सबै सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिँदै आए पनि सरकारी क्षेत्रमा व्याप्त भ्रष्टाचार रोकिन सकेको छैन । हामीकहाँ बोल्ने एउटा तर गर्ने अर्कै प्रवृत्तिका कारण पनि समस्यामाथि समस्या थपिने गरेको छ । जबसम्म यहाँका नेता तथा कर्मचारीमा नैतिक स्वास्थ्यमा सुधार आउँदैन, तबसम्म भ्रष्टाचार रोकिने सम्भावना देखिँदैन् । यद्यपि भ्रष्टाचार निर्मूल पार्ने अभियान निकै कठिन अभियान हो । जादुको छडीसरह यसलाई एकैपटक अन्त गर्न पनि सकिँदैन् । तर, त्यो भन्दैमा छुट पाउने अवस्था पनि छैन । एकपटक फेरीपनि नेता र जनप्रतिनिधिले संकल्प गर्ने बेला आएको छ । भ्रष्टाचारका घटना नियन्त्रणमा प्रयास नगर्ने हो भने जनताले विकल्प सोच्ने अवस्था देखिएको छ । अख्तियारको पछिल्लो रिपोर्टले चिन्तामात्रै उत्पन्न गरेको छैन, नेता र जनप्रतिनिधिहरूलाई सचेत पनि बनाएको छ । यही अवस्थामा देशको परिवर्तन संभव छैन । तसर्थ अव सच्चिने बेला आएको छ । त्यसको सुरुवात स्थानीय तहलाई सुशासनमैत्री वनाएर गर्नुपर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?