ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

नेपालमा अवसरै अवसर छन्, आत्मविश्वास बढाऔं : अध्यक्ष ढकाल

१९ आश्विन २०८०, शुक्रबार
१९ आश्विन २०८०, शुक्रबार

बुटवल,१९ असोज । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा अवसर र संभावना प्रचूर मात्रामा रहेकाले सरकारले आम उद्योगी व्यवसायी र नागरिकको आत्मविश्वास र मनोबल उच्च बनाउने भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । बुटवल उद्योग बाणिज्य संघको ७० औं साधारणसभा उद्घाटन गर्दै ढकालले कोराना महामारीको असरपछि बिग्रिएको अर्थतन्त्र सुधार हुने क्रममा रहेकाले अब निराश र नकारात्मक हुन नहुन आग्रह गरे ।
निजी क्षेत्रले दिएका सुझावलाई सरकारले आत्मसाथ गरेर सोही अनुसार नीतिगत सुधार गरेपछि अर्थतन्त्रमा सुधार आउन थालेको पनि ढकालले बताएका छन् । अध्यक्ष ढकालले विगतमा नेपाल उद्योग बाणिज्य महासंघसहितका नीजि क्षेत्रले दिने सुझावलाई सरकारले बेवास्ता गर्दा समस्या हुने गरेकोमा अहिले सुधार भएको बताए । ‘विगतमा निजी क्षेत्रले अर्थतन्त्र सुधारका लागि वर्किङ क्यापिटल गाइडलाइन,शेयर कर्जा, जग्गा कित्ताकाट, घर कर्जा आदि सुझावलाई सरकारी निकायले उद्योगी व्यवसायीको स्वार्थ र फाइदाका लागि मात्रै दिएका सुझाव ठान्दा समस्या थियो’– ढकालले भने –‘वास्तवमा निजी क्षेत्रले आफ्ना लागि नभई समग्र अर्थतन्त्र सुधार गर्न सुझावहरु दिने गरेको थियो,सरकारी निकायले बल्ल अहिले महसुस गरेर नीतिगत सुधार गरेपछि अर्थतन्त्र सुधार हुने क्रममा छ ।’
अध्यक्ष ढकालले आर्थिक मन्दी र संकट नेपालको मात्र नभई विश्वव्यापी संकट भएको र अब सुधारको क्रममा रहेकाले निराश र नकारात्मक नहुन आग्रह गरे । हालै मात्र नेपाल उद्योग बाणिज्य महासंघको ढोरपाटन बैठकले सातवटै प्रदेश सरकारसंग मिलेर सातै प्रदेशमा लगानी सम्मेलन गर्ने निर्णय गरेकाले लगानीमैत्री वातावरण बनाउन सरकारी निकाय गम्भीर भएर लाग्न आग्रह गरे ।
ट्रंकलाइन विद्युत महशुल विवादमा कतिपय उद्योगीले प्रयोग नै नगरेको विद्युतको महशुल तिर्नुपर्ने परिबन्दमा परेकाले यसबारे सरकारले न्यायोचित निकास दिनुपर्ने अध्यक्ष ढकालले बताए । गौतमबुद्ध विमानस्थललाई लक्षित गरेर ठूला होटेल सहित पर्यटन क्षेत्रमा अरबौं लगानी भएपनि पुर्ण क्षमतामा सञ्चालन नहुंदा लगानी जोखिममा परेकाले सरकार गम्भीर बन्नुपर्ने आग्रह गरे ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले निजी क्षेत्र र तीनै तहका सरकारबीच संवाद र छलफलबाट अर्थतन्त्रमा देखिएका संकट समाधान गर्न सकिने भन्दै निराशाको सन्देश फैलाउन नहुनेमा जोड दिए । बुटवलमा प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रमा २ सय उद्योग स्थापना हुन सक्ने तर जग्गाको यकिन हुन नसक्दा औद्योगिक क्षेत्र स्थापनामा ढिलाई भएको उनले बताए । नगर प्रमुख पाण्डेयले भारतका उद्योगी व्यवसायीका संस्था र मेयरहरुको सम्मेलन बुटवलमा गरी पर्यटक भित्राउन पहल गर्नुपर्ने सुझाव दिए ।
नेपाल उद्योग बाणिज्य महासंघकी एशोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले युवा शक्तिको विदेश पलायनले देशमा श्रमिक अभावको डरलाग्दो अवस्था आउन थालेकाले यसलाई रोक्नुपर्ने बताइन् ।
महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्योगी व्यवसायीहरुले असोज मसान्तमा किस्ता र ब्याज तिर्न सक्ने अवस्थामा नरहेकाले थप गर्न माग गरे ।
महासंघका पुर्व उपाध्यक्ष किशोर प्रधानले जनप्रतिनिधि र सरकारका विभिन्न निकायका गलत निर्णयका कारण निजी क्षेत्र संकटमा परेको बताए ।
कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल,महासंघका केन्द्रीय सदस्य राजेश अग्रवाल,चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंक पोखरेल,संघका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठ,महासचिव विमलराज भट्टराईले मोतिपुर औद्योगिक क्षेत्र छिटो स्थापना गरी लगानीमैत्री वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?