Butwal Today

माओवादी नेताका छोरी ज्वाइँ सप्रिए कार्यकर्ता पीडित भएर तड्पिए : ओली

१८ आश्विन २०८०, बिहीबार
अ+
अ-

काठमाडौं,१८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी नेताका छोरी ज्वाइँ, भाइ भतिजा सप्रेका र कार्यकर्ता पीडित भएर तड्पिएका बताएका छन् । जनमत पार्टीका नेता शिवचन्द्र कुशबाहलाई पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादीसँग कुनै नीति नभएको बताए ।

बाराका प्रभावशाली नेता शिवचन्द्र कुशवाहा एमाले प्रवेश गरेका छन् ।  नेता कुशवाहालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् ।

गत मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा कुशहवा जसपाका रामसहायप्रसाद यादवसँग बारा २ मा निर्वाचन लडेर पराजित भएका थिए ।माओवादीले नराम्रोबाहेक केही गरेका छैनन् । माओवादीका नेता कार्यकर्तासँग भेट गर्दा पीडा पोख्छन् । छोरी ज्वाइँ, भाइ भतिजा सप्रेका छन् नेता कार्यकर्ता पीडित भएर तड्पिएका ओलीले बताए ।

उनले कांग्रेस माओवादीको पछाडि लागेको देखेर आफूलाई अचम्म लागेको बताए ।

उनले माधव नेपालले कांग्रेस र माओवादीको पछि लाग्छु भन्न सुहाउने तर कांग्रेसले ३२ सिटे माओवादीको पछि लाग्न नसुहाउने बताए ।