ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

स्थानीय तह र विश्व शिक्षक दिवस

१८ आश्विन २०८०, बिहीबार
१८ आश्विन २०८०, बिहीबार

विषय प्रवेश :

हरेक वर्षको अक्टोबर ५ गते विश्व शिक्षक दिवस मनाईन्छ । यो वर्षको नारा “हामीले चहेको शिक्षाको लागि शिक्षकहरु चाहिन्छ, शिक्षक अभावलाई सम्बोधन गर्न विश्वव्यापी ऐक्यवद्धता“ भन्ने रहेको छ । यही मुख्य थिमलाई आधार मानेर विश्वभरी यो दिवस मनाईदैछ । नेपालमा पनि केही स्थानहरुमा विश्व शिक्षक दिवस मनाइने गरिन्छ ।

समस्याको विश्लेषण :

स्थानीय तहमा विभिन्न कारणबाट शिक्षकहरुको पदपूर्ति लामो समयदेखि विभिन्न कारणले रोकिएको पाइन्छ । शिक्षा क्षेत्रमा परेको राजनैतिक प्रभावका कारण शिक्षक पदपूर्ति रोकिएको भन्ने आम आक्षेप छ । प्रधानाध्यापकहरु आफ्नो विद्यालयमा लामो समयदेखि शिक्षक परपूर्ति रोकिंदा विद्यालयको पठनपाठनमा समस्या परेको, शिक्षाको गुणस्तरीयता खस्कने लगायतका पेचिला चिन्ता र अर्जेन्सी सहित स्थानीय तहको शिक्षा प्रशासन, शिक्षा समिति, नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसमक्ष प्रस्तुत हुन्छन् । तर प्रमुख प्रशासकीय अधिकृत लगायत शिक्षा क्षेत्रका निर्णयकर्ताहरुले उनीहरुको त्यो आतुरतामा खासै ध्यान पुर्याएको पाइँदैन । शिक्षकहरुको पदपूर्ति गर्दा स्थानीय तहको शिक्षा प्रशासन, शिक्षा समिति, प्रमुख प्रशासकीय अधिकृत त कतिपय अवस्थामा सामाजिक विकास समितिको अलावा विद्यालय व्यवस्थापन समितिको संलग्न हुनु पर्ने, कतिपय स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नै शिक्षा प्रशासनमा माइक्रो म्यानेजम्यान्ट गर्न तम्सिने र सबै संयन्त्र बीच समन्वय गर्न समय लाग्ने हुँदा अधिकाँश स्थानीय तहमा लामो समयदेखि शिक्षक पदपूर्ति हुन सकेको पाइँदैन । शिक्षक पदपूर्तिका लागि परीक्षा सञ्चालन गर्दा कतिपय अवस्थामा अध्यापन अनुमति पत्र प्राप्त सम्बन्धित क्षेत्रका शिक्षकहरु नपाईनु, केही स्थानीय तहमा शिक्षक नियुक्तिमा प्रदेश र संघको राजनैतिक प्रभाव, दवाव र अभावको प्रत्यक्ष अप्रत्यक्ष प्रभावका कारण पनि पदपूर्ति प्रक्रियामा समस्या परेको देखिन्छ । तथापी शिक्षा प्रशासनको सक्रियता र प्रभावकारिताका कारण विभिन्न उल्झनका बाबजुद पनि शिक्षक पदपूर्तिको प्रक्रिया सुरु गरी योग्यतामा आधारित रही शिक्षकहरुको पूर्ति गरिएको पाइन्छ ।

स्थानीय तहमा चाहिने जति शिक्षकको दरवन्दी नै छैनन् । भएका दरवन्दीमा पनि समयमै पदपूर्ति भएको पाइँदैन । विद्यार्थीहरुको पढाई त डामाडोल त हुन्छ नै यसका अतिरिक्त प्रधानाध्यापकहरु निकै पिरलिएको पाइन्छ । आफ्नै गतिमा चलिरहेका विद्यालयका केही विषयगत शिक्षकहरु विभिन्न बहानामा अन्य विद्यालयमा सरुवा गरिदिने र शिक्षक सरुवा भएर गएका विद्यालयमा अनुदानका शिक्षक दिन्छौ भन्ने आश्वासन प्रदान गर्ने, अनुदानका शिक्षकको लागि केही वर्षका लागि बजेट पनि छुट्टाउने तर विद्यालयले शिक्षक पाउने बेलामा विभिन्न उल्झनका कारण ती विद्यालयहरुले शिक्षक नपाउने समस्या पनि छिमेकी जिल्लाहरुमा पाइएको थियो ।

स्थानीय तहमा शिक्षक पदपूर्तिका केही असल अभ्यासहरु :

बर्दघाट नगरपालिकाले विद्यालयमा शिक्षक पदपूर्ति गर्दा लाग्ने खर्च नगरपालिकाले आफै व्यहोर्ने गरी कार्यविधि बनायो र सोही अनुसार शिक्षकहरुको नियमित रुपमा पदपूर्ति गर्दै आईरहेको छ । यसले विद्यालयलाई शिक्षक पदपूर्ति गर्दा सृजना हुने आर्थिक भार कम हुनेछ । साथै शिक्षक पदपूर्तिको परीक्षा गर्दा संचालन गर्ने गरेको भनिएको अतिरिक्त फजुल खर्च पनि हटेको छ भनिएको छ । उक्त नगरपालिकामा विगत वर्ष विभिन्न कारणले शिक्षक पदपूर्ति अलिक समय रोकिएको थियो । तर जनप्रतिनिधिहरु शिक्षा प्रशासनले सबै पक्षलाई केलाएर समयमै शिक्षक पदपूर्ति गर्ने प्रणाली बसालेका छन् । अहिले उल्लिखित नगरपालिकामा शिक्षक भर्नामा ढिलाई हुने समस्या अन्त्य भएको छ । त्यहाँको शिक्षा प्रशासन दत्तचित्तका साथ शिक्षाको गुणस्तर सुधार्न लागि परेको छ । शिक्षक भर्नाका सवालमा धेरै चुनौतीको सामाना गरेका शिक्षा अधिकारीले गलत काम नगर्ने र गलतका लागि साक्षी पनि नबस्ने निर्भिक स्वभावका कारण शिक्षा क्षेत्र डगमगाउन पाएको छैन ।

त्यसैगरी देवदह नगरपालिकाले शिक्षक छनौटको लागि आवश्यक पर्ने विज्ञहरुको छनौट गर्दा नगरपालिकाले तयार पारेको विज्ञहरुको रोष्टरबाट गोलाप्रथाबाट छनौट गर्ने प्रथा कायम गरिएको रहेछ । यहाँको शिक्षक एवं प्रधााअध्यापकहरुले देवदह नगरपालिकामा शिक्षक भर्ना पनि रोकिएको हुँदा उक्त शिक्षक भर्ना समयमै सम्पन्न हुन पर्यो भन्ने आवाज निरन्तर उठाईरहेका छन् । देवदह शिक्षा अधिकारीज्यूको भनाई अनुसार दशैभन्दा अगाडि भर्ना प्रक्रिया सम्पन्न गर्ने कुरा व्यक्त गर्नु भएको थियो । आशा गरौ उहाँले प्राथमिकताका साथ यो काम अगाडि बढाउनु हुनेछ ।

निष्कर्ष :

आज विश्व शिक्षक दिवसको अवसरमा स्थानीय तहका शिक्षक भर्ना र व्यवस्थापनका सन्दर्भमा रहेका अवरोधहरु हटाई शिक्षकहरु समयमै पदपूर्ति गर्ने प्रणालीको विकास गरौ । सके विद्यार्थीको अनुपातमा शिक्षक दरवन्दी दिउँ । सकिदैन भने भएका दरवन्दी समयमै पदपूर्ति गरौ । हामीले सामुदायिक शिक्षा प्रणालीको उत्थानको आशा त राखेका हुन्छौ तर सो अनुसार शिक्षा क्षेत्रलाई प्राथमिकताका साथ बजेटिङ्ग गर्ने, शिक्षा क्षेत्रमा सुशासन कायम गर्ने, असल अभ्यासको आदान प्रदान गर्ने । शिक्षा प्रशासनलाई उच्च मनोवल युक्त बनाउने लगायतका कामहरु स्थानीय तहको प्राथमिकतामा पर्न सकेमा शिक्षा क्षेत्रका समस्याहरु थोरै भए पनि हल हुने अपेक्षा गर्न सकिन्छ । आजको यो दिवसको उपलक्ष्यमा सबैमा शुभकामना पनि व्यक्त गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?