Butwal Today

प्रतापपुरबाट अवैध चामल बरामद

१८ आश्विन २०८०, बिहीबार
अ+
अ-

सुनवल, १८ असोज ।

पश्चिम नवलपरासीको प्रतापपुरबाट प्रहरीले साढे एक लाख भन्दा बढीको अवैध चामल सहित भारतीय ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रतापपुर ६ मोतिपुर केराघारीबाट नम्बर नखुलेको भारतीय ट्रयाक्टर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

बोहराका अनुसार ५७ वटा बोरामा राखिएको चामलको मूल्य १ लाख ५३ हजार ९ सय र ट्रली सहित ट्रयाक्टरको मूल्य ९ लाख रहेको छ ।

बरामद गरिएको १० लाख ५३ हजार ९ सयको ट्रयाक्टर र मालसामान सहित आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।