ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

धुमिल राजनीतिले निम्त्याएको डरलाग्दो अवस्था

१८ आश्विन २०८०, बिहीबार
१८ आश्विन २०८०, बिहीबार

राज्यलाई सही ढङ्गले सञ्चालन गर्न राजनैतिक सिद्धान्त अनि विधिको आवश्यकता हुन्छ । आधुनिक युगमा प्रजातन्त्रलाई राजनैतिक व्यवस्थाको महत्वपूर्ण माध्यम मानिन्छ । नेपालको सन्दर्भमा प्रजातन्त्रको उदय पश्चात् मुलुकले फड्को मार्ने विश्वास गरिएको थियो । प्रजातन्त्र स्थापना भएको आज सात दशकभन्दा बढि भइसक्यो । यसबीचमा अनेकौं राजनैतिक व्यवस्थाको प्रयोग नेपालमा भइसकेका छन् । बहुदलीय व्यवस्था, निर्दलीय पञ्चायती व्यवस्था, जनमत संग्रह, २०४६ सालको जनआन्दोलन, २०६२/०६३ सालको जनआन्दोलन, गणतन्त्रको स्थापना, मधेस आन्दोलन, संविधानसभाको निर्वाचन जस्ता राजनीतिक परिवर्तनहरू भइसक्दा पनि सामान्य नागरिकहरूले चाहेको र खोजेको पद्धति पाउन नसकिरहेको गुनासो व्याप्त छ । पछिल्लो समय राजतन्त्रको विरोधमा जनताहरू संगठित बन्दै गए । जनताहरूको मुख्य चाहना भनेको देशमा विकास र समृद्धि नै थियो । यद्यपि पछिल्ला राजनैतिक घटनाक्रमहरूले नेपालका राजनैतिक दल तथा तिनका नेताहरू कसैबाट पनि राष्ट्रिय परिस्थितिलाई बुझ्ने प्रयास नभएको सर्वत्र महसुस गरियो । परिणामस्वरूप जनतामा असन्तुष्टि फैलिएर विद्रोहको भावना जाग्यो । पुराना राजनैतिक दलहरूको विकल्पमा नयाँ शक्तिहरू देखापर्न थाले । फलस्वरूप पछिल्लो निर्वाचनमा स्वतन्त्र उमेदवारहरूले अत्यधिक मत ल्याएर विजयी हुने अवस्था आयो । देशमा शान्ति र सुशासनको अपेक्षा गरेका जनताहरूका लागि दिवास्वप्न जस्तै बन्यो । फलतः नेपाली नागरिकहरू स्वतन्त्र उमेदवार तथा नयाँ पुस्ताका नयाँ अनुहारहरूलाई नेतृत्व दिनमा अघि बढेको देखिन्छ ।

देशमा जनताहरूकै बलमा राजनैतिक परिवर्तनहरू नभएका होइनन् तर सक्षम एवं दूरदर्शी राजनैतिक नेतृत्वको अभावमा राजनैतिक परिवर्तनहरू अपेक्षाकृत उपलब्धिमूलक भने हुन सकेनन् । २०४६ सालको राजनैतिक परिवर्तनपछिको करिब ३४ बर्षको अवधिमा दर्जनौं सरकारहरू फेरिए तर देशको मुहार फेरिन सकेन । मुलुकले देश विकासको गति लिन सकेन । राज्यसंग विकास गर्ने स्पष्ट मार्गचित्र छैन । गरिवी, अभाव, बेरोजगारी लगायतका समस्याहरूले मुलुक ग्रस्त छ । विधिको शासन हराएको छ । भ्रष्टाचार, अत्याचार, नाताबाद, कृपाबाद र आफन्तवादले जरा गाडेको छ । वेरोजगार हाम्रो देशको अर्को ठूलो सामाजिक समस्या हो । युवाहरू स्वदेशमा रोजगारीका अवसरहरूको अभावले विदेश पलायन हुन बाध्य भएका हुन् । विभिन्न कालखण्डका राजनीतिक परिवर्तनका लागि मुख्य भूमिका खेलेको युवावर्ग राजनीतिक अकर्मण्यताका कारणले रोजगारीको लागि विदेश जान बाध्य हुनुपरेको तितो यथार्थ हाम्रो सामु रहेको छ ।

कुनै पनि देश विकास हुनको लागि त्यस देशका युवाशक्तिको भुमिका ठूलो हुन्छ । राज्यले युवाहरूको जोश, जाँगर र तागतलाई देश विकासमा लगाउन नसक्दा विकासको गति शुन्य हुन्छ । एकातिर देशमा ठूलो संख्यामा रहेको युवावर्ग अवसरको अभावले विदेश पलायन भएको छ भने अर्कोतिर स्वदेशमा भएका युवाहरूको मन पनि अवसरहरूको अभावले कुँडिएको छ । युवाशक्तिको अभावमा मुलुकको कुनैपनि क्षेत्रमा विकास हुन सकेको छैन । राज्यसंग नागरिकहरूलाई रोजगारीका अवसरहरू दिने कुनै स्पष्ट योजना देखिदैन । प्रजातन्त्रको करिब ३४ बर्षको दौरानमा एउटा पनि नयाँ उधोगधन्दा खोलिएको छैन । बरु भएका उद्योगहरू समेत राजनितिक हस्तक्षेपको कारणले बन्द भएका छन् । एकातिर यही युवावर्गले विदेशी भूमिमा बगाएको रगत र पसिनाले आर्जन गरेर पठाएको विप्रेषणले देश चलेको छ भने अर्कोतिर स्वदेशमा बाँकी रहेका बेरोजगार युवाहरूको निरासा, कुण्ठा र आर्थिक अभावलाई राज्यले टुलुटुलु हेरेर बसेको अवस्था छ । मुलुकको यस्तो विकराल समस्याको समाधानको लागि राज्यले स्पष्ट योजना बनाउनेतर्फ ध्यान दिन नसक्नु नेपाल र नेपालीको लागि विडम्बना नै भन्नुपर्छ । नेपालमा रोजगारीका अवसरहरू सिर्जना गर्नको लागि कृषि, पशुपालन, जलस्रोत र पर्यटनका क्षेत्रहरूमा विकास गर्न जरुरी छ । प्राकृतिक स्रोत र साधनले भरिपूर्ण भएको हाम्रोजस्तो देशमा भिजन, मिसन र एक्सनको ईच्छाशक्ति भएको राजनेताको अभावले युवाहरू बेरोजगार हुन परेको हो । थुप्रो संख्यामा रहेका शिक्षित र अर्ध–शिक्षित युवा जमातलाई रोजगार दिई मुलुकलाई समृद्घिको बाटोमा हिंडाउन राज्यले स्पष्ट मार्गचित्र बनाउनु आवश्यक छ ।

स्वार्थले निर्लिप्त भएका राजनितिक दलहरू र तिनीहरूका कार्यशैलीले वास्तवमा देश र जनताको भावनालाई लत्याएको अवस्था छ । समयको माग र नागरिकहरूको चाहना बुझ्न नसक्ने राज्य अहिले काँसी जाने कुतिको बाटो भनेझैं उल्टो राजनीतिक अभ्यासमा अभ्यस्त छ । हाम्रो देशमा सङ्घीय लोकतान्त्रिक व्यवस्था केही व्यक्ति र समूहको लागि मात्र दुहुनो गाई भएको छ । आम नागरिकहरूको जीवन दिन–प्रतिदिन कष्टकर बन्दै गइरहेको अवस्था छ । मुलकमा तीब्र राननितिक परिवर्तन त भयो तर नागरिकहरूको सामाजिक, शैक्षिक र आर्थिक जीवनमा आंशिक सुधार पनि आउन सकेन । राजनीतिले देश बनाउने होइन । देश त नागरिकहरूले बनाउने हो भन्ने यथार्थलाई बुझ्न अव राज्यले ढिला गर्नुहुँदैन । अबको सुन्दर नेपाल युवाहरूको मिहिनेतले मात्र निर्माण हुन सक्दछ । नयाँ नेपाल र नेपालीहरूको भाग्य र भविष्य परिवर्तन गर्ने हो भने विकासका संभावनाका क्षेत्रहरूमा योजनाका साथ कार्यक्रमहरू तय गरी नवीन जोश तथा जाँगरका सम्बाहक युवाहरूलाई स्थान दिइनु पनि आवश्यक छ ।

विभिन्न आकांक्षा राखि विदेश पलायनको मनोविज्ञानले ग्रस्त भएका युवाहरूलाई स्वदेशमा नै आयआर्जनका बाटाहरू खोल्नका लागि कृषि र पशुपालनमा आधुनिक तरिकाले व्यवसाय गर्नको लागि राज्यले योजना बनाउन आवस्यक छ । वैदेशिक रोजगारीले नेपाली समाजमा पारिवारिक विखण्डन तथा सम्बन्ध विच्छेद त बढाएकै छ, सँगसँगै राष्ट्रिय अर्थतन्त्रमा समेत यसका ठूला दुष्परिणामहरू देखापरेका छन् । अहिले देशले नराम्ररी भोग्दै गरेको व्यापार घाटा, मुद्रास्फीति र वैदेशिक मुद्रा सन्तुलन बिग्रनु विप्रेषणकै असर हो । किनकि यस्तोे कमाइको अधिकांश हिस्सा उपभोगका सामग्री, त्यो पनि आयातित गैरखाद्य वस्तुमा बढी खर्च हुने गरेको छ । र, यसको अर्को दुःखद पाटो पनि छ । युवा विदेश भासिँदा कृषि, निर्माण तथा अन्य विभिन्न कामका लागि हामी भारतीय श्रमिकमा निर्भर हुनुपरेको छ जसले गर्दा यहाँबाट विप्रेषण भारत जाने गरेको छ ।

युवावर्गको जोश, जाँगर र सीपलाई सहि ढंगले उपयोग नगरेसम्म देश विकासको कल्पना ‘आकाशको फल आँखा तरि मर’ भनेजस्तै देखिन्छ । युवाहरूलाई आफ्नै देशमा आयआर्जनका अवसरहरू प्राप्त भएमा कुनैपनि युवा रहरले विदेश जाँदैन । स्वदेशमा नै काम, दाम र मामको व्यवस्था भएमा विदेशी भूमिमा श्रम र श्री वेच्न युवाहरू जाँदैनन् । उनीहरूको विदेश मोह स्वतः भंग हुन्छ । विदेशको भूमिमा काम गर्ने रहर नेपाली युवा युवतीहरूको होइन तर वाध्यता र जीवन यापनसंगको सरोकारले आज लाखौं लाख युवाशक्ति विदेश पलायन भइरहेका छन् । यस्तो अवस्थामा पूर्णविराम नलागेमा केही वर्षमै देशको हरेक क्षेत्र नराम्रोसंग थला पर्ने निश्चित छ । यसरी बिदेशिने युवाहरूलाई आर्थिक उन्नतिको मेरुदण्डको रूपमा रहेको कृषिमा आकर्षित गर्न सकेमा पनि भविष्यका दिनमा भोकमरीको समस्यालाई कम गर्न सकिन्थ्यो । युवाहरूलाई सीप र क्षमतामा विकास गरि सीप र क्षमता अनुसारको काममा युवालाई स्वदेशमै रोजगारी दिलाई उनीहरूका लागि दीगो र सुन्दर भविष्यको निश्चित गर्नुपर्ने भएको छ । हामीले आफ्नै देशमा पनि सुन्दर भविष्य बनाउन सकिन्छ भनेर सहज र सरल योजना पनि दिन सकिरहेका छैनौं । युवा जमात शिक्षित, अशिक्षित, अर्धशिक्षित, सीप सिकेका हुन या नसिकेका हुन् जो सुकैको पनि रोजाई किन विदेश नै हुन्छ ? अब भने कतिपनि विलम्ब नगरिकन युवाको आकर्षणको केन्द्र हुने खालको व्यवहारिक योजना ल्याई हाम्रा युवाहरूलाई काम दिन सकियो भने मात्र हाम्रो देश उँभो लाग्दछ । हामीले युवा जोश र जाँगरलाई सकारात्मक दिशातर्फ अग्रसर गराउदै देशमा पनि केही गर्न सकिन्छ भन्ने निर्धक्क गराउनुपर्ने अहिलेको आवश्यकता देखिएको छ । जनताहरूमा देखिएको राजनीतिप्रतिको वितृष्णा र पछिल्लो विकसित व्यवस्थाप्रतिको निराशाको कालो बादललाई अविलम्ब हटाउनुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?