ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

सेनाको निःशुल्क स्वास्थ्य शिविर, गाउँमै विशेषज्ञ सेवा पाएपछि स्थानीय खुसी

१७ आश्विन २०८०, बुधबार
१७ आश्विन २०८०, बुधबार

सुनवल, १७ असोज ।

पश्चिम नवलपरासीको पाल्हीनन्दनमा परासीस्थित नेपाली सेनाको गोरखदल गणले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार बढीले विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य सेवा लिएका छन् । विशेषज्ञ चिकित्सकसंग चेकजाँचका लागि बुटवल, भैरहवा सम्म पुग्नुपर्ने बाध्यतामा रहेका सिमावर्ती क्षेत्रका जनतालाई सेनाको स्वास्थ्य शिविरले लाभ मिलेको छ ।

पाल्हीनन्दन–३ कुस्मामा रहेको सिद्धार्थ माविमा आयोजित शिविरमा ७ सय १५ महिला र ३ सय १७ पुरुष सहित एक हजार ३२ जनाले विशेषज्ञ सेवा लिएका छन् । दिनभर झमझम दर्किरहेको पानीमा छाता ओडेर सिमावर्ती क्षेत्रका स्थानीय विशेषज्ञ सेवा लिन स्वास्थ्य शिविरमा लामवद्ध थिए । गाउँमै विशेषज्ञ सेवा पाएपछि स्थानीयले खुसि व्यक्त गरेका छन् । गेर्मीका जयन्त्री बानियाले गाउँमै शिविर आयोजना हुँदा धेरै सजिलो भएको बताए । ‘चेकजाँचका लागि परासी जानुपर्दथ्यो । त्यहाँ पनि सबै उपचार हुँदैन, बुटवल भैरहवा पुग्नुपर्ने बाध्यता थियो, गाउँमै डाक्टर आउँदा खुसी लागेको छ” बाँनियाले भने ।

आँखामा समस्या भएर जाँच गराउन आएकी सुमारी चौहानले पनि सहजै निःशुल्क चेकजाँच र औषधि पाएकोमा खुसी व्यक्त गरिन् । अर्का स्थानीय शिवबहादुर चौधरीले हाडजोर्नीको समस्या, छाला सम्बन्धी समस्याको छुट्टाछुट्टै विशेषज्ञ चिकित्सकबाट चेकजाँच गराउँदै यस्ता शिविर त्रैमासिक रुपमा गाउँगाउँमा आयोजना गर्नुपर्ने बताए । ‘सबै चेक गर्न कति दिन धाउनुपर्दथ्यो अहिले गाउँमै एकैछिनमा जाँच पनि भयो औषधि पनि पाईयो”, चौधरीले खुसी व्यक्त गर्दै भने ।

शिविरमा देवदह मेडिकल कलेज र नेपाली सेनाका गरी २० जना भन्दा बढी विशेषज्ञ चिकित्सक सहित ५० जना स्वास्थ्यकर्मीको टोलीले चेकजाँच गरेको हो । स्थानीयलाई स्त्रीरोग, नाक कान घाँटी, मनोरोग, हाडजोर्नी, मुटुरोग, दन्त सेवा लगायतका ११ प्रकारका रोगका विशेषज्ञ सेवा सहित ईसिजी सेवा प्रदान गरिएको थियो । सिमावर्ती क्षेत्रका बासिन्दाले सहजै विशेषज्ञ चिकित्सक सेवा नपाउने समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य शिविर आयोजना गरेको गोरखदल गण परासीका प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले बताए । दिनभरको झरीमा पनि मानिसहरुको भिडले शिविरको महत्व कति छ भन्ने कुरा दर्शाएको छ”, श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?