ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

प्रकोप प्रभावितको पीडा सम्बोधन गर

१७ आश्विन २०८०, बुधबार
१७ आश्विन २०८०, बुधबार

मनसुन बाहिरिनै लाग्दा भैरहेको अबिरल बर्षाले देशका अधिकांश भू–भागको जनजीवन प्रभावित भएको छ । देशका पहाडी भू–भागमा सडक अवरुद्ध भएको छ । तराईमा डुवानको समस्या देखिएको छ । मंगलवार दाङको तुलसीपुर लगायतका क्षेत्रमा भएको भीषण बर्षाले डुवानको समस्या निम्तिएको छ । उता सुदूर पश्चिममा बाढी र पहिरोको कारण कैयौं घर परिवार विस्थापित हुन बाध्य भएका छन । बाग्लुङमा पहिरो जाँदा एकै घरका तीनजनाको मृत्यु भएको छ । अबिरल बर्षापछि आएको बाढीकै कारण बाग्लुङमा जीप बगाउँदा तीनजनाको मृत्यु भएको छ । यी सवै प्राकृतिक विपत्तीमा परेका प्रभावित परिवारलाई मल्हम लगाउनु जरुरी छ । सरकारले प्रभावित परिवारलाई राहत दिनु जरूरी छ । अर्कोतर्फ पानीले धानबाली प्रभावित गरेको छ । काटेको धान उम्रने अवस्था आएको छ भने काटनै लागेको धान ढलेको छ ।

उता बाढी पहिरोको प्रकोपमा परेकालाई अव ढिलो नगरी संघीय, प्रदेश र पालिका तथा विभिन्न सामाजिक संघ संस्थाहरूले प्राकृतिक विपत्तिमा परेका परिवारको राहतमा कमी आउन नदिनेतर्फ ध्यान दिनु जरुरी छ । प्राकृतिक प्रकोपले पहाड र तराईका विभिन्न क्षेत्रमा पहिरो र डुवान तथा बाढीको समस्या देखिएपछि फेरी एकपटक प्रभावितहरूको व्यवस्थापनको चुनौति थपिएको छ । प्राकृतिक प्रकोपले मानिसलाई जोखिम क्षेत्रमा बसोबास गर्नुहुँदैन भन्ने सिकाएको छ । यद्यपि बढ्दो जनसंख्या र अनेकथरी चुनौतिका कारण मानिस जोखिम बढी भएकै क्षेत्रमा बसोबास गर्न बाध्य भएको छ । मानिसको बाँच्न पाउने हक सबैभन्दा ठूला अधिकार हो तर मानिस आफ्नै लापरवाहीले प्राकृतिक प्रकोपको शिकार भैरहेको छ । यही वर्षमात्रै आएको बाढी र पहिरोमा परी देशैभरीमा गरि ५० बढीको मृत्यु भैसकेको छ । अहिले प्रत्येक दिनजसो पहाडी क्षेत्रमा पहिरोमा परेर ज्यान गुमाउनेहरूको संख्या बढेको बढ्यै छ । सरकार भने प्रभावितहरूको सहयोगमा अहिलेसम्म बेखबर छ ।

त्यसो त हरेक बर्ष बाढी र पहिरो वर्षायामको नियमित प्रकृया जस्तै हो । यो जान्दाजान्दै पनि सावधानी अपनाएको पाईदैन् । सरकारले पनि जोखिम क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा पुनस्र्थापित गर्न सजगता देखाएको छैन । वर्षा सकिएपछि दुःख विर्सिने र अर्को वर्षको जोखिम सहन गर्न तयार हुनुपर्ने वर्षौदेखिको यो नियति नै हो । मूख्यरूपमा पहाडी क्षेत्रमा बसोबास गरिरहेका जोखिम बस्तीलाई अन्यत्र सार्ने विषयमा सरकारी स्तरबाटै पहल जरुरी छ । नेपाल सरकारको यस विषयमा ध्यान पुग्नैपर्दछ । अझैपनि प्रत्येक दिनजसो बर्षा भैरहेकोले पहिरोको जोखिम पनि बढ्दै गएको छ । यो बर्षको मनसुन बाहिरिने क्रममै मंगलबार देशभर भीषण बर्षा भएको छ । यो वर्ष थप क्षति हुन नदिनेतर्फको सचेतना आवश्यक छ । पछिल्लो बर्षाले धानबालीलाई क्षति पु¥याएको छ । अव सरकारले ढिलाई नगरिकन देशभर भएको प्राकृतिक प्रकोपको क्षति न्यूनीकरण गर्न तत्काल कदम चाल्नु जरूरी छ । बर्षा अझै केही दिन हुने भएकोले देशका विभिन्न स्थानमा हुने प्राकृतिक बिपत्तिमा सचेतता अपनाउनु जरूरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?