ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

अति भयो सरकार, नागरिकलाई सास्ती नदेउ

१७ आश्विन २०८०, बुधबार
१७ आश्विन २०८०, बुधबार

सन्दर्भः पालिकाका प्रमुख

के के सपना बाँडेर प्रमुख भयौ खै । प्रमुख भइसकेपछि स्थानीय स्कूलहरूमा के कस्तो पढाई भइरहेको छ, त्यसको चिन्ता तिमीलाई छैन । विदेशी विधर्मीहरू आएर धर्मका नाममा के कस्ता अन्ध रिलिजनले जनतालाई बेकुप बनाइरहेका छन्, त्यसको पनि तिमीलाई चिन्तै छैन । पुराना मठ–मन्दिरका गुठी कुन फटाहाले खायो, त्यसको पनि चिन्तै छैन । गरिबहरूको दैनिक जीवनको गुजारा कसरी भइरहेको छ ? त्यसको पनि चिन्ता छैन । जनताका दैनिक जीवन चलाउनकालागि बाटा घाटा पुल आदिका के कस्ता अप्ठ्याराहरू छन् त्यसको पनि तिमीलाई चिन्तै छैन । जनताले फलाएका चिजबीजहरू कसरी बजारको प्रतिस्पर्धामा लैजाने भन्ने त्यसको पनि तिमीलाई चिन्तै छैन । अहिलेपनि उपचार नपाएर कति जनताले अनाहकमा ज्यान गुमाउनु परेको छ ? त्यसको त झनै चिन्तै छैन । चिन्ता छ त तिमीलाई पालिकामा आफ्ना मानिसहरूलाई जागिर खुवाउन । चिन्ता छ त तिमीलाई ठेकेदारहरूसँग कमिसन खान । चिन्ता छ त तिमीलाई गाउँ शहरमा भएको गिट्टी बालुवा बेचेर धनी हुन । चिन्ता छ त तिमीलाई स्कार्पियोमा सपरिवार मज्जा लिन । फेरि पायौ भने विदेशीहरूले ल्याएर दिएका जस्ता चिज पनि कप्लक्कै पार्छौ । अनि विदेशीहरूले नेपाली फुटाउन खोलि दिने गिर्जाघर बनाउन अन्धाधुन्ध समर्थन दिन्छौ । स्थानीय स्तरमा यहाँका रैथाने धर्म संस्कार र संस्कृतिको कसरी संरक्षण गर्ने भन्ने त तिमीले सपनामा पनि चिताएका छैनौँ ।

सन्दर्भः प्रदेशका मुख्यमन्त्री

कति ठाउँ धाएर कति सांसदको किनवेच गरेर मुख्यमन्त्री भयौ खै । मुख्यमन्त्री भईसकेपछि तिमीलाई त झन् हाइसुख्खै छ नि । तलतिरका काम पालिकालाई देखाइदिए भयो । माथितिरका काम संघीय सरकारलाई देखाइदिए भयो । माइलो हुँदाको फाइदा लुटेका छौ । सरकार ढल्छ कि भन्ने सोँचाइमै तिम्रो समय गएको छ । नेता थन्काउन जनतालाई सामान्य गास वास कपासका सामानमा पनि कर लगाइएकोबाट तिमीहरूको गुजारा राम्रै चलेको छ । यति सानो देशमा देश रित्याउन अर्थ न बर्थले खोलिएका प्रदेशका प्रमुख हुन पाएका छौ । नयाँ बन्दै गरेको संरचनाहरूमा कमिसन खान पाएका छौ । सरकार टिकाउन संविधान कुल्चेर भएपनि मन्त्री मन्त्राणीको संख्या बढाएकै छौ । प्रदेशमा मात्र बस्न गाह्रो भयो भनेर राजधानीमा पनि तिम्रा लागि नयाँ नयाँ दरबार बनेकै छन् । परिवारका हरेक सदस्यले सुविधा लिएकै छौ । तिम्रा लागि ब्रान्डेड पसलहरू खुलेकै छन् । त्यतिले मात्र नभएर विदेश गएर पनि डलरमै टिएडिए पाएकै छौ । के भयो र तिम्रो बाउको खल्तीबाट केही जाने होइन । जाने त उही तिम्रा रैतीहरूका करबाट सञ्चित रकम त हो नि । उस जुनीमा खानै नपाएर मरेका रहेछौ । यो जुनीमा मस्त खाउपिउ मोज गर ।

सन्दर्भः देशका प्रधानमन्त्री

देश विग्रिएको त यो हिन्दू राज्य व्यवस्थाले हो भनेर विदेशीले लेखिदिएका उपन्यासका आधारमा देशका सोझा साझा जनतालाई भ्रममा पारी के के गयौ गयौ । त्यो द्वन्द्वकालमा जनताले पछि सुख पाउने आशामा कति दुःख पाए त्यसको तपाइँहरूलाई कुनै सम्झनामात्र बाँकी छ त कहिँ । ती जनताका हातमा अहिले देशमा कलह निम्ताउने विदेशी रिलिजनका पुस्तक थमाईदिएका छौ । मिलेर बसेका जाती जनजातीलाई टुटफुट पारिदिएका छौ । विदेशी भेष भुसा र खानपान नै अग्रगामी छलाङ्ग बनाएका छौ । केही गर्न भनेर थाल्यो लाइन हुँदैन । नेटले काम गर्दैन तर ती चिज चलाए वापत जनताले फि चाहिँ बुझाएकै छन् । त्यत्रो कर तिरेर गाडी ल्याउँछन् तर बाटोको विकराल अवस्था छ । पाँच पाँच वर्षसम्मपनि १०० किलोमिटर बाटो बन्दैन । बन्यो भने पनि बनेको अर्कोदिन बिग्रेको दुई दिन हुन्छ । प्रत्येक वस्तुमा डबल टेबल कर तिरेर पनि यस्तो अवस्था छ । व्यापारीसँग मिलेर नाका नाकामा अनावश्यक कडाइ गर्दा दैनिक उपभोग्य वस्तुको भाउले पनि आकाश छोइसक्यो । सरकार चलाउनका लागि भन्दै पेट्रोलियम पदार्थको भाउ बढाएको बढाई छौ । तिम्रो लवाई खवाई हेर्दा तिमी कुनै विकसित मुलुकको प्रमुख भन्दा पनि उच्च देखिन्छौ । मुख्य भ्रष्टाचारी तिम्रै सरकारमा छन् तर तिमीले व्यक्तिलाई ठगेका भनिएकाहरूलाई जेलमा राखेर ठूलै काम गरेँ भनेका छौ ।

तिम्रा अन्धभक्त हामी बेकुपहरू फेरि तिमीलाई वाहवाह गर्दै तिम्रै किर्तन गाएर रमाइरहेका छौ । कुकुरले हाड टोक्दा आफ्नै रगत खाएर मज्जा मानेको जस्तै गरेर हामी मस्केका छौँ । न्यायालयमा गए उही तिमीहरूकै झोलेहरूले वहस् नगरेर हस् हस् मात्र गर्दछन् । अनि त्यस्ताले के का न्याय दिन्थे । जसले दियो गेडी त्यसैले पायो डेडी गराएर साधुलाई सुली र चोरलाई चौतारो दिएका छन् । समावेशीका नाममा अयोग्य व्यक्तिहरू हस्पिटलजस्तो संवेदनशील स्थानमा छिर्दा व्यक्ति निको हुने त कहाँ हो कहाँ उल्टो जिन्दगीभर पर्ची लिएर हिँड्ने भएको छ । तिमीहरू जहाँ लुकेर हामीलाई बेकुप बनाएर गाली गर्न लगाइएका थियौ त्यही इण्डिया कहाँ पुगिसक्यो । तिनै तिमीभन्दा बुढा मोदीले देशलाई कहाँ पु¥याइसके । कस्ता सडक कस्ता भए । बाटा घाटाहरूले देशलाई कति छिटो जोडेर ल्याए । अब चाँडै नै भिसा लगाएर त्यो देश जानुपर्ने दिन आउन थालेको छ । तिमी र तिमीजस्तै अरू पनि जति दिन सरकारमा हुनेछौ त्यति नै चाँडै देश अधोगतितिरै जाने हो । ५० वर्ष बुढो मान्छेले देश छोडेर जाने कसरी भनेर दलाल खोज्ने अवस्था आइसक्यो । के गर्ने हो अब देश डुबिसक्यो हे चण्ड मुण्ड प्रचण्ड हो ! पूर्वजन्ममा नेपाली जनताले तिमीहरूको कति धेरै ऋण खाएका रहेछन् र अहिले यस्तो दुःख दिइरहेका छौ ? तिम्रो कुबुद्धिले यति सानो भूगोल भएको देशलाई पनि काँक्रा चिरेजस्तै चिरेर बाँडेर अझै कतिदिन खाने हौ । रगत सिद्धिएर हाड छाला मात्र बाँकी रहेको छ । यो हाडछाला खाएर मात्र तिमीले बल्ल विश्राम लिने हौ कि के हो ? कति अभागी रहेछन् नेपाली जनता आफ्नै देशका नेता पाल्नका लागि यति धेरै कर बुझाएर नेपालीपन किनेर बस्दा पनि सुख नपाउने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?