ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

साना सहकारीहरुको भविष्य छैन, मर्जरमा जानुपर्छ : अध्यक्ष भट्टराई

सबैको सहकारी ११ वटा सहकारीबीच एकीकरण भएर देशभरमै सफल उदाहरण
१७ आश्विन २०८०, बुधबार
१७ आश्विन २०८०, बुधबार

तिलोत्तमा,१७ असोज । बचत तथा ऋण सहकारी संघ रुपन्देहीका अध्यक्ष प्रकाश भट्टराईले साना सहकारीहरु मर्जरमा गएर एकीकृत भई ठूलो संस्था बन्दा सहकारीको सेवा गुणस्तरीय हुने र शेयरधनीले बढी प्रतिफल पाउनसक्ने बताएका छन् ।

तिलोत्तमाको मणिग्रामस्थित सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोस्रो बार्षिक साधारण सभाको उद्घाटन गर्दै भट्टराईले साना सहकारीहरुले शेयरधनीले खोजे अनुसारको कर्जा प्रवाह गर्न र अन्य गुणस्तरीय सेवा दिन नसक्ने हुंदा एउटै प्रकृतिका सहकारीहरु एकीकृत भएर ठूलो संस्था बन्दा सञ्चालन खर्च घट्न गई शेयर सदस्यले मुनाफा पनि बढी पाउने र संस्थाको गरिमा र विश्वास पनि बढ्ने बताए ।

सबैको वचत तथा ऋण सहकारी ११ वटा सहकारीबीच सफल एकीकरण भएर देशभरमै उदाहरण बनेको र एकीकरणपछि राम्रो वित्तीय प्रगति गरेको भन्दै अध्यक्ष भट्टराईले यसबाट अरु सहकारीले पाठ सिक्नुपर्ने बताए ।
साना सहकारीले दक्ष जनशक्ति राख्न नसक्ने, पारिवारिक ढंगले संस्था चलाउने, पारदर्शिताको अभाव र मनोमानी निर्णय हुने भएकाले थोरै सदस्य भएका र सहकारीको मूल्य मान्यता अनुसार चल्न नसकेका सहकारीहरु बढी समस्यामा परेको र यस्ता साना सहकारीको भविष्य नभएको भन्दै अध्यक्ष भट्टराईले भन्दै सहकारीप्रति विश्वास बढाउन मर्जरमा जानु नै भएको भट्टराईले जोड दिए ।
८० प्रतिशत भन्दा बढी सहकारी स्थानीय तहको नियमनमा पर्ने भएपनि स्थानीय तहको नियमन फितलो भएका कारण पनि सहकारीहरुमा समस्या आउने गरेको अध्यक्ष भट्टराईले औंल्याए ।
संस्थाका अध्यक्ष भरतराज भुसालले बाहिरबाट आएर हचुवाका भरमा खोलेका सहकारीका कारण राम्रा सहकारीको बद्नाम भएको भन्दै सेयर सदस्य बन्नुभन्दा पहिले संचालक र सहकारीका विषयमा बुझ्नुपर्नेमा जोड दिए । उनले हाल संस्थामा ७ हजार २ सय सेयर सदस्य रहेको र २०८३ सम्म शेयर सदस्य बढाएर १२ हजार पुर्‍याउने गरी अगाडि बढेको बताए । भुसालले आगामी ३ वर्षमा ३ अर्र्ब शेयर पुंजी बनाउने लक्ष्य राखेको समेत प्रतिबेदनमार्फत उल्लेख गरे ।
देशभरबाट एकैपटक ११ वटा सहाकारीलाई एकीकरण गरेर पुरस्कार प्राप्त गर्न सफल भएको भुसालले उल्लेख गरे । कार्यक्रममा संस्थाका सचिव देवानन्द पाण्डेले नीति, विधि र प्रबिधिबाट संस्थालाई अगाडि बढाएको हुंदा संस्थापति आकर्षण बढेको बताए ।
सो अवसरमा संस्थाका सल्लाहकार कृष्ण प्रसाद अर्याल, गायत्री पाण्डे , नेत्रप्रसाद पाठक लगायतले संस्थाले शेयर सदस्यको मन जित्ने गरी काम गरेको भन्दै सराहना गरेका थिए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष इन्दिरा पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
तीन दिने साधारणसभा अन्तर्गत पहिलो दिन बिहीबार मुख्य कार्यालय मणिग्राम,गोरकट्टा र बांसघारी सेवा केन्द्रका शेयर सदस्यलाई लक्षित गरि मणिग्राममा सम्पन्न गरेको उपाध्यक्ष चुरामणी पाण्डेले जानकारी दिए । दोस्रो चरणको कार्यक्रम भलवारी, सेमरा बजार र भरवलिया सेवा केन्द्रका सदस्यहरुलाई लक्षित गर्दै बिहीबार भलवारीमा गर्ने र शुक्रबार शिवचोक, नन्दनवन र शिवपुर सेवाकेन्द्रका सदस्यलाई लक्षित गरी चार नम्बरमा कार्यक्रम राखिएको संस्थाका ब्यवस्थापक हरिहर पौडेलले बताए । कार्यक्रममा सडक दुर्घटनामा मृत्यु भएका शेयर सदस्यका परिवारलार्ई १ लाख ५० हजार राहत रकम समेत प्रदान गरिएको सचिव देवानन्द पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?