ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ
कृषि सामाग्री कंम्पनी धनगढीको सटर काण्ड

‘व्यापारी र संस्थानको जुहारी’

कृषि सामाग्री कंम्पनी धनगढीको सटरमा व्यापारीको रजाइँ, १५ व्यवसायीले डेढ करोड भाडा तिर्न बाँकी
१७ आश्विन २०८०, बुधबार
१७ आश्विन २०८०, बुधबार

धनगढी, १७ असोज । धनगढीमा रहेको कृषि सामाग्री कम्पनी लिमिटेडको सटरमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले लामोसमयदेखी भाडा रकम बुझाएका छैनन् । कम्पनीको प्रादेशिक कार्यालय रहेको भवनका १७ सटरबाट १ करोड ५४ लाख ८८ हजार १ सय ७२ रुपैयाँ उठाउन बाँकी छ । भाडा बुझाउन पटक–पटक ताकेता गर्दा पनि व्यापारीहरूले रकम नबुझाएको प्रादेशिक कार्यालय धनगढी प्रमुख नवल सिंह बोगटीले जानकारी दिए ।
‘भाडा तिर्न आग्रह गर्दा गर्दै हामी हैरान भइसकेका छौँ । उहाँहरूको सजिलोको लागी हामीले बैैंकिङ र नगद दुवै तरीकाबाट भुक्तानीको व्यवस्था मिलाएको छौँ । एकै पटक तिर्न गाह्रो भए रकम घटाउँदै जानुस् समेत भनेका थियौँ तर उहाँहरूले बेवास्ता गरिरहनू भएको छ ।,’ कार्यालय प्रमुख बोगटीले भने ।

सटर भाडा बापतको रकम तिर्न पटक–पटक पत्र पठाउँदा पनि व्यापारीहरूले रकम बुझाएका छैनन् । ‘हामीले सात–आठ पटक पत्र नै पठाइसक्यौँ । रकम तिर्न भन्दै हात जोड्दै पसलमै पुग्छु म कतिपयको त घर सम्मै पुग्नु पर्छ । तिर्छौँ मात्रै भन्नुहुन्छ उहाँहरूले तिर्नुहुन्न,’कर्मचारी चन्द्र प्रसाद भट्टले भने ।

कृषि सामाग्रीले २०७७ वैशाख १८ गते २ वर्षका लागी व्यापारीहरूसँग १७ सटर भाडाको सम्झौता गरेको थियो । सम्झौतामा प्रत्येक महिना भाडा रकम बुझाउने र दुई वर्ष पछि १० प्रतिशतका दरले भाडा बढाइने उल्लेख थियो । सम्झौता अवधि २०७९ वैशाख १८ गते सकिएको छ । सम्झौता सकिएको डेढ वर्ष बढी बित्दा पनि व्यापारीहरूले भाडा चुक्ता गरेका छैनन् । व्यापारीहरूले नटेरे पछि कृषि सामाग्रीले प्रहरी प्रशासनलाई गुहार मागेको छ । ‘हाम्रो आग्रहलाई बेवास्ता गरेपछि हामी प्रशासनको सहयोग लिन बाध्य छौँ । गत आइतबार जिल्ला प्रहरी कार्यालय र सोमवार जिल्ला प्रशासन कार्यालयले व्यापारीहरूलाई बोलाएर छलफल गरेको छ । हामीले कानुनी बाटो रोजीसकेकाछौँ । ,’—धनगढी प्रमुख बोगटीले भने ।

यसरी भाडा नबुझाउनेहरू युनिक स्पोर्टसका सञ्चालक सुशीला रानाले १७ लाख ६० हजार ७ सय ७५, निङ्लाशैनी फेन्सी स्टोर सञ्चालक पदम बोहराले १५ लाख २६ हजार ८३, व्लुस्टार बेबी सप सञ्चालक शेर सिंह रावलले दुई सटरको २८ लाख २८ हजार ६ सय ५३ रुपैयाँ, एटुजेड बेबी सप सञ्चालक विष्णुदेव पाण्डेले १४ लाख ७ रुपैयाँ तिरेका छैनन् ।
यस्तै आस्का सु–सेन्टर सञ्चालक पुष्करराज भटले १३ लाख ३९ हजार ९ सय ८७, प्याराडाइज सञ्चालक लाल सिंह रावतले १३ लाख १० हजार ३ सय ५२ रुपैयाँ,वैष्य फेमस लिक्वायर वाइन सपका सञ्चालक एकेन्द्र खड्काले १२ लाख ८७ हजार ३ सय ५६ रुपैयाँ तिर्न बाँकी रहेको कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले जनाएको छ ।
भण्डारी सु–सेन्टर सञ्चालक प्रशान्त भण्डारी ९ लाख ९२ हजार ६ सय ६८, सहारा फेन्सी सञ्चालक टेकराज पाण्डेयले ७ लाख २८ हजार ३ सय ३५ रुपैयाँ, आरडी फेन्सी स्टोर सञ्चालक रञ्जित ढुङ्गेलले दुई सटरको १० लाख ४५ हजार ६८ रुपैयाँ,आँचल चस्मा सेन्टर तथा आँचल फेन्सी स्टोर सञ्चालक राजेन्द्र प्रसाद जोशीले पनि दुई सटरको ५ लाख ८३ हजार ५ सय ३२ रुपैयाँ,आयुष अटो सञ्चालक परशुराम बानियाले ३ लाख ४६ हजार ८३ रुपैयाँ,निहारीका मोबाइल ग्यालरी सञ्चालक सन्तोष मण्डल धानुकले २ लाख २३ हजार ७ सय ९९ रुपैयाँ र पाठक चस्मा सेन्टर पुष्पा कुमारी पाण्डेयले १ लाख १५ हजार १ सय ३ रुपैयाँ तिरेका छैनन् ।

(कसले कति तिर्न बाँकी )

 

हच्कियो कृषि सामाग्री, खोल्यौँ टेन्डर

व्यापारीहरूले समयमै भाडा नतिरे पछि आजित वनेको कृषि सामाग्री कम्पनी लिमिटेडले अन्ततः सटर भाडामा दिन बोलपत्र आह्वान गरेको छ । लिमिटेडको केन्द्रीय कार्यालयले भाद्र ३० गते गोरखापत्रमा प्रकाशित गरेको सूचनामा मासिक न्यूनतम भाडा ४ लाख ८६ हजार ७ सय १० रुपैयाँ रहने गरी १७ सटर ६ वर्षका लागी भाडामा लिन १ लाख ७२ हजार २ सय १५ बोलपत्र जमानत रकम तोकिएको छ । असअघि सम्म भने प्रादेशिक कार्यालयले आफैँ व्यापारीहरू सँगै सोझै सम्झौता गरी सटर भाडमा दिइरहेको थियो ।
‘व्यापारीहरूले नियमित रूपमा भाडा रकम बुझाएको भए अहिले बोलपत्र आह्वान गर्नुपर्ने जरुरी नै थिएन। उहाँहरूले नटेरेपछि हामीले टेन्डर प्रक्रिया रोज्यौँ,’प्रादेशिक कार्यालय प्रमुख बोगटीले भने,‘भाडा चुक्ता नगरेका व्यापारीहरूलाई टेन्डर प्रक्रियामा सहभागी हुन नपाइने भनेका छौँ।’
(यस्तो छ वोलपत्र)

व्यापारी भन्छन् : ‘बिचल्लीमा छौँ’
कृषि सामाग्री कम्पनी लिमिटेडको सटरमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले भने कोरोना महामारी पछि कारोबार ठप्प हुँदा भाडा रकम तिर्न नसकेको बताएका छन् । ‘व्यापारघाटाका कारण हामीले रकम तिर्न सकेनौँ। कोरोना महामारीको समयको भाडा छुट दिने भन्ने कुरा पनि थियो हामीले त्यो पनि पाएनौँ।यस अघि पनि भाडा नतिरेको हैन तिरेकै हो अहिले पनि हामीले तिर्ने वनेकै छौँ। तर कार्यालयले हामीलाई बिचल्ली पार्न खोज्यौँ,’आस्का सु–सेन्टर सञ्चालक पुष्करराज भट्टले भने ।

आफूहरूलाई जानकारी नै नदिएर कार्यालयले टेन्डर आह्वान गरेर बिचल्ली पार्न खोजेको उनको आरोप छ । ‘हामीलाई यहाँबाट भगाउने प्रयास भइरहेको छ । बोलपत्र खुली सकेको छ । हाम्रो व्यापार नै नभएपछि कसरी भाडा तिर्ने हामीले ? हामीलाई केही समय थप चाहिन्छ यहीँ व्यापार गर्छौँ र भाडा तिर्छौ,’उनले भने ।

व्यापार व्यवसायमा लागेको मन्दीका कारण नै भाडा बुझाउन नसकेको अर्का व्यापारी एकेन्द्र खड्काले बताए । ‘कारोबारमा गिरावट छ ।कहिले काहीँ त साता दिन सम्म पनि व्यापार शून्य हुन्छ । यो अवस्थामा हामीले कसरी भाडा तिर्ने ? बैङ्कको व्याजले च्यापेको बेला कृषि सामाग्रीबाट पनि हामीहरूको घाटी थिच्ने काम भयो ।हामी पनि व्यवसाय छोडेर विदेश पलायन हुने अवस्थामा पुगेका छौँ,’खड्काले भने ।
भाडा नतिरेको विषयलाई लिएर प्रहरी प्रशासनमा उजुरी हालेर कार्यालयले दुःख दिइरहेको उनीहरूको गुनासो छ । ‘हामीलाई प्रहरी प्रशासन सम्म पुयाउनु गलत हो । भाडा तिर्छौँ भनेकै छौँ। व्यापारी साथीहरू सबै जना छलफल गरेर निष्कर्षमा पुग्छौँ,’अर्का व्यापारी शेर सिंह रावलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?