ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

पहिरोले कालीगण्डकी करिडोर र दलदले–बुलिङ्टार सडक खण्ड बन्द

१७ आश्विन २०८०, बुधबार
१७ आश्विन २०८०, बुधबार

नवलपुर, १७ असोज ।

दुुई दिन देखि परेको अविरल वर्षाले पहाडी क्षेत्रमा चल्ने कालीगण्डकी करिडोर र दलदले धौवादी दुुबै सडक बन्द भएको छ । वर्षापछि आएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वले जनाएको छ ।

कालीगण्डकी करिडोरको बुलिङटार गाउँपालिकाको राजवृक्ष, मचेडाँडा, गैंडाकोट नगरपालिकाको तरङ्गा खोलावारि पहिरो गएपछि बुधबार बिहानदेखि सडक अवरुद्ध भएको र सडक अवरुद्ध भएपछि यो बाटो भएर पाल्पा, स्याङ्जा चल्ने सबै यातायात बन्द भएको प्रहरीले जनाएको छ ।

दुुई दिन देखि परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको चार ठाउँमा र दलदले धौवादीको सात ठाउँमा पहिरो जानुुको साथै करिडोरको तरङ्गा खोलामा बाढी आउँदा यातायात पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताए ।

गैंडाकोटबाट पहाडी बुलिङटार र बौदीकाली गाउँपालिका हुँदै पाल्पा रामपुुर राम्दी, स्याङ्जा चल्ने कालीगण्डकी करिडोर बुधबार बिहानदेखि र दलदले धौबादी हुँदै बुलिङटार जोड्ने पहाडी सडक भने चार दिन देखि नै अवरुद्ध भएको स्थानीय रामप्रसाद मरासिनीले बताए ।

वर्षाले पहिरो गए पछि आज बिहानदेखि पहाडी क्षेत्रमा यातायात अवरुद्ध हुुन पुुगेपछि यो बाटो भएर हिंड्ने यात्रुुहरुलाई समस्या आएको छ । गैडाकोट हुँदै बुलिङटारको कोटथर, डाँडाझेरी, बुलिङटार, अर्खला, भारतीपुर, मिथुकरम, डेढगाउँ, रकुवा, रुचाङ, नरम, जौवारी, धौबादी हुँदै पाल्पा, राम्दी सम्म चल्ने दुई वटा सडक एक दर्जन ठाउँमा पहिरो जाँदा अवरुद्ध बनाएपछि अब बाटो सुचारु हुन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

दलदले धौवादी सडक खण्डको कुमसोत पाँग्रे, अर्खला, देवचुली लगायतका ठाउँमा पहिरो जाँदा अवरुद्ध बनेको र वर्षा निरन्तर भैरहेकाले बाटो मर्मतका लागि केही समय लाग्ने र पानी रोकिएपछि काम थाल्न सकिने देवचुलीे मोटरबाटो उपभोक्ता समितिका सल्लाहकार धर्म बस्यालले बताए ।

उता गैंडाकोट कालीगण्डकी मोटरबाटोमा पाँच ठाउँमा ठुलो पहिरो गएको र तरङ्ग खोलामा पुल बन्न नसक्दा खोला तर्न नै नसकिने भएकाले यातायात बिहानदेखि बन्द भएको लेकबेंसी यातायात प्रालिका अध्यक्ष युवराज बस्यालले बताए । यो रुटमा दैनिक दुई सय बढीको संख्यामा सवारी साधन गुडने् गर्दछन् थर अहिले बाटो बन्द भएपछि आवातजावत पूर्णरुपमा नै बन्द भएको गैंडाकोट ३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?