ट्रेंडिंग:

>> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै
कराते खेललाई ब्यवस्थित गर्न लुम्बिनी प्रदेश कराते रेफ्री कमिटि गठन

संयोजक बने रुपन्देहीका कृष्ण देवकोटा

१७ आश्विन २०८०, बुधबार
१७ आश्विन २०८०, बुधबार

बुटवल, १७ असोज। मार्शल आर्ट अन्तरगतको कराते खेल र खेलाडीलाई ब्यवस्थित एवं मर्यादित बनाउने उद्येश्यका साथ लुम्बिनी प्रदेश रेफ्री कमिटि गठन भएको छ । नेपाल कराते महासंघ, लुम्बिनी प्रदेशको आयोजनामा दाङ, तुल्सीपुरमा सम्पन्न भएको प्रदेश स्तरिय बैठक तथा रेफ्री भेला कार्यक्रम २०८० बाट रुपन्देहीका कृष्ण प्रसाद देवकोटाको संयोजकत्वमा ९ सदस्यीय कमिटि सर्वसम्मत निर्वाचित भएका हुन । भेलाबाट सह–संयोजकमा रीना राना (बाँके), सचिव मोहलाल थापा मगर (दाङ), सह–सचिव डम्मर बहादुर सोमै (कपिलबस्तु), सदस्यहरु गोपी पुन (नवलपरासी), मोलन घर्ति (रोल्पा), बसन्त केसी, मनिराम चक्रवर्ती (बर्दिया), शंकर बिसी (प्युठान) बाट निर्वाचित भएका छन ।

संयोजक देवकोटा नेपाल सितोरियो कराते संघ रुपन्देहीका पूर्ब अध्यक्ष, राष्ट्रिय तथा अन्तरराष्ट्रिय कराते रेफ्री, प्रदेश खेलकुद परिषद लुम्बिनीका पूर्ब कोषाध्यक्ष पदमा रहेर कराते खेल विकासमा महत्वपूर्ण भुमिका निर्वाह गरेका छन । संयोजक देवकोटाले पदभार ग्रहण गर्दै कराते खेलको गरिमालाई अझ उच्च बनाउनका निमित्त सबैको साथ र सहयोगसहित अघि बढ्ने बताए । कराते खेलको खेलाडीमात्र नभई प्राविधिक उत्पादनको पक्षमा समेत पहल जरुरी रहेको भन्दै वृहत तालिम, सेमिनारहरु संचालन गरि क्षमता विकासमा जोड दिने बताए ।

कार्यक्रमको समुद्घाटन गर्दै कराते वरिष्ठ प्रशिक्षक बलराज नेपालीले नेपाली खेलकुद जगतमा देशको शिर उच्च बनाउन बिशेष महत्व राख्ने खेलहरु मध्येको एक कराते खेल भएको दाबी गरे । यस खेललाई अझ व्यवस्थित र मर्यादित बनाउने उदेश्यका साथ आफुहरु प्रदेशस्तरमा रेफ्री कमिटि गठन गरेर योजनाबद्ध रुपमा अघि बढेको बताए । नेपाल कराते महासंघको सहकार्यमा आगामी दिनमा थप कार्यक्रमहरुलाई अघि बढाउने उनले बताए ।

महासंघ, लुम्बिनी प्रदेश अध्यक्ष पदम बहादुर बस्नेतले कराते खेल, खेलाडी र रेफ्रीको महत्वबारे प्रकाश पार्दै सबै जना आआफनो भुमिका र उत्तरदायित्व प्रति सचेत हुनुपर्ने सुझाव दिए । सबैको सहकार्यमा खेल विकास हुने उनले बताए ।

कार्यक्रममा रुपन्देहीका कराते प्रशिक्षक माधव घिमिरे, महासंघका सचिव रामु सुनारले कराते खेलाडी उत्पादनमा विद्यालयस्तरमा प्रशिक्षणलाई थप प्रभावकारी रुपमा अघि बढाउन जरुरी रहेको बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका बिभिन्न १२ जिल्लाका प्रतिनिधि, सिनियर कराते प्रशिक्षक, खेलाडी, रेफ्रीहरुको बृहत उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?