ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

भारतविरुद्ध जितका लागि नेपालले पायो २०३ रनको चुनौतीपूर्ण लक्ष्य

१६ आश्विन २०८०, मंगलवार
१६ आश्विन २०८०, मंगलवार

काठमाडौँ, १६ असोज ।

चीनको हाङजाओमा जारी १९औं एसियन गेम्सअन्तर्गत टी-२० क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा भारतविरुद्ध जितका लागि नेपालले २ सय ३ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ।

झेझियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २ रनको योगफल तयार पारेको हो। भारतका शिवम दुबे २५ र रिंकु सिंह ३५  रनमा नटआउट रहे। दुवेले १९  बलमा २ चौका र १ छक्का हाने। १४ बलको सामना गरेका सिंहले २ चौका र ४ छक्का हान्दै ३५ रनमा नटआउट रहे।
ओपनरद्दय ओपनर यशस्वी जैसवाल र कप्तान ऋतुराज गायकवाडले ९.५ ओभरमा १ सय ३ रनको साझेदारी गर्दै भारतलाई आक्रामक सुरुवात दिलाएका थिए। नेपालविरुद्ध आक्रमक ब्याटिङ गरेका जैसवाल १ सय रनमा क्याचआउट भए। जैसवालले ४८ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै नेपालविरुद्ध शतक हानेका थिए।
विकेटका लागि संर्घष गरिरहेको नेपालका लागि अलराउण्डर दिपेन्द्र सिंह ऐरिले पहिलो सफलता दिलाएका थिए। दिपेन्द्रले दशौं ओभरको अन्तिम बलमा ओपनर तथा कप्तान ऋतुराज गायकवाडलाई २५ रनमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट गराउँदै साझेदारी तोडेका थिए।
१२ औं ओभरको चौथो बलमा सोमपाल कामीले तिलक बमलाई २ रनमा बोल्ड आउट गरे। १३ औं ओभरको अन्तिम बलमा लेग स्पिनर सन्दीप लामिछानेले ५ रन बनाएका जितेश शर्मालाई कट एण्ड बोल्ड आउट गर्दै पवेलियनको बाटो देखाए।
दिपेन्द्रले १७ औं ओभरको दोस्रो बलमा अविनास बोहोराको हातबाट क्याच आउट गराउँदै जैसवाललाई पवेलियन पठाए।
नेपालका लागि दिपेन्द्रसिंह ऐरिले २ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान १ विकेट लिए।
नेपाल र भारत टी २० आई मा पहिलो पटक आमनेसामने भएका हुन्।
नेपालले आजको खेलमा मालदिभ्सविरुद्धको टोलीबाट १ खेलाडी परिवर्तन गरेको छ। तिव्रगतिका बलर करण केसीले सुरुवाती ११ मा स्थान बनाउँदा विकेट किपर विनोद भण्डारी बेन्चमा छन्।
इन्डियन प्रिमियर लिग (आइपीएल) का स्टार खेलाडीले भरिएको भारत एसियाडमा उपाधि दावेदार टोली हो। नेपाल बलियो टोली भारतलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गर्न चाहान्छ।
एसियाडमा भारतले सिधै क्वार्टरफाइनलमा स्थान बनाउँदा नेपाल भने समुह ए को विजेताको रुपमा अन्तिम ८ मा पुगेको थियो।
नेपालले समुह चरणको पहिलो खेलमा मंगोलियामाथि २ सय ७३ रनको कीर्तिमानी जित निकालेको थियो। दोस्रो खेलमा नेपालले मालदिभ्सलाई १ सय ३८ रनले हराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?