ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

होलेरीमा ‘हिल स्टेशन’

प्रकृतिको अनुपम उपहारको रूपमा रहेको होलेरी महाभारत पर्वत श्रृंखलाको शिखरमा रहेको मनमोहक र निकै सुन्दर देखिन्छ । दाङको अत्यासलाग्दो तापक्रम, पर्यावरण र होहल्लाबीच छल्दै नागबेली सडक मार्ग होलेरी पुग्दा अद्भूत आनन्दको अनुभूति हुन्छ । डाँडैभरी फुलेका लाली गुराँस र फलेका काफल, चुत्रो, एेंशेलुको स्वाद लिँदै होलेरी यात्रा कम आनन्दको छैन ।
१६ आश्विन २०८०, मंगलवार
१६ आश्विन २०८०, मंगलवार

रोल्पा, १५ असोज । रोल्पाको होलेरीलाई हिल स्टेशन बनाउने कामको थालनी गरिएको छ । लुम्बिनी प्रदेश सरकारको सहयोगमा अघिल्लो वर्ष ४८ लाखको लागतमा हिल स्टेशनका केही संरचना निर्माण गरिएको थियो ।

उत्तरतिर सेताम्य हिमाल र दक्षिणतिर एशिया महादेशकै ठूलो उपत्यका दाङको समथर भूमि हुँदै भारतका विभिन्न क्षेत्र समेत अवलोकन गर्न सकिने रुन्टीगढी ६ मा अवस्थित सैवाङ खुटीमा संरचना निर्माणको थालनी गरिएको छ । हिल स्टेशनका लागि अघिल्लो वर्ष दाङछेडी स्थित मुख्य सडकवाट भारतदेखिने लेक जानका लागि हाल २०५ स्टेप सिँडी बनाएको छ । फुट ट्रेल मार्फत यात्रा गरिने भएकाले विभिन्न ठाउँहरूमा रेष्ट प्वाईन्ट र सैवाङखुटीमा करिब १८ लाख रूपैयाँको लागतमा नाच घर निर्माण गरिएको स्थानीय सुवास चन्दले जानकारी दिए । लुम्बिनी प्रदेशको राजधानी दाङबाट निकै छोटो दुरीमा रहेको होलेरीमा हिल स्टेशन वने संगै पर्यटकहरूको थप चहपहल हुने अपेक्षा गरेका छांै चन्दले भने ।

दाङको घोराहीवाट निकै छोटो दुरीमा पुगिन्छ होलेरी । वस यात्रामा वढीमा डेढ घण्टाको समय लाग्ने सो स्थान पुग्न घोराहीवाट वाह्रकुने ताल र कोइलाखानी हुदै शहीद मार्गवाट यात्रा गर्ने सुविधा रहेको छ । दाडको घोराहीवाट ३० किलोमिटर दुरीमा रहेको होलेरी सम्म पुग्ने सडक कालो पत्रे भएको छ । दाङको धुलो, धुवा, ध्वनी र उकुस मुकुस गर्मिले आक्रान्त मानिसहरू होलेरीको शान्त, शितल र रमणिय वातावरणमा केही दिन रम्न र घुम्न पाउदा आफुलाई भाग्यमानी ठान्छन । वर्षातको मौसममा होलेरीलाई छपक्क छोप्ने कुहिरो तथा सिमसिम पर्ने पानीले स्वर्गको अनुभुती दिन्छ ।

प्रकृतिको अनुपम उपहारको रूपमा रहेको होलेरी महाभारत पर्वत श्रृंखलाको शिखरमा रहेको मनमोहक र निकै सुन्दर देखिन्छ । दाङको अत्यासलाग्दो ताफक्रम, पर्यावरण र होहल्लावीच छल्दै नागवेली सडक मार्ग होलेरी पुग्दा अद्भूत आनन्दको अनुभूती हुन्छ । डाडैभरी फुलेका लाली गुरास र फलेका काफल, चुत्रो, ऐशेलुको स्वाद लिदै होलेरी यात्रा कम आनन्दको छैन । भ्यूटावर विना दाङ उपत्यकालाई दृश्यावलोकन मात्रै हैन, भारतको विभिन्न भूगोल समेत सोही स्थानवाट दृश्यावलोकन गर्न सकिन्छ । होलेरी रुकुम पूर्व र पश्चिमोत्तर रोल्पाको भूगोल प्रवेश गर्ने प्रवेशद्धारको रूपमा रहेको छ । दाङवाट सुरु भएको शहिदमार्ग होलेरी हुदै रुकुमको चुनवाङ र रोल्पाको थवाङ सम्म पुगेको छ । रुकुमवाट डोल्पा सम्म जोड्ने रणनैतिक महत्व वोकेको सो सडक विस्तार संगै होलेरीलाई कर्णाली सम्म जोड्ने संभावना समेत रहेको वताईन्छ ।
२०५२ साल फाल्गुन १ गते सशस्त्र युद्ध सुरु गर्दा तत्कालिन माओवादीले आक्रमणका लागि रुकुमको आठविसकोट, सिन्धुलीको सिन्धुलीगढी र कालिकोटको राडी जिउला रोज्दा रोल्पाको होलेरी प्रहरी चौकी रोजेको थियो । प्रतिकृयावादी राज्यसत्ता ध्वंस गरौ, नयाँ जनवादी क्रान्तिको तयारी गरौ भन्ने नारालाई फौजी कारवाही सहित कार्यान्वयन गर्ने नेपालकै पहिलो स्थान वनेको थियो रोल्पाको होलेरी । गिरीजाप्रसाद कोईराला प्रधानमन्त्री हुदा दोश्रो पटक पुनः सोही चौकी आक्रमण भयो । ७२ जना प्रहरीलाई नियन्त्रण लिएपछि तत्कालिन शाही नेपाली सेना र माओवादी सेना आमनेसामने भएको ठाउँको रूपमा पनि होलेरी चर्चित वन्यो । माओवादी सेनालाई घेरावन्दीमा गरेर तत्कालिन शाही नेपाली सेनाले गोली हान्ने आदेश नपाउदा पछि हट्नु परेको घटनाले पनि सो स्थान सशस्त्र द्धन्दकालमा चर्चित वन्न पुगेको थियो ।

होलेरी पुग्ने पर्यटकको अर्को रोजाईको केन्द्र गढीलेख पनि हो । समुन्द्र सतहवाट २ हजार भन्दा वेसी उचाईमा अवस्थीत गढीलेखमा रहेको भ्यूटावरवाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरी जस्ता हिमश्रंखलाको दृश्यावलोकन गर्न सकिन्छ । होलेरी वजारवाट गढीलेख पुग्न कच्ची सडक भएपनि पैदलयात्रीहरूका लागि सिढीको व्यवस्था गरिएको छ । होलेरी वजारवाट करिव ३ किलोमिटर दुरीमा अवस्थीत गढीलेख प्राकृतिक र ऐतिहासिक धरोहरको रूपमा रहेको छ । स्वर्गद्धारी जानु अघि महाप्रभुले गढीलेखमा तपश्या गरि ज्ञान प्राप्त गरेको मान्यता छ । वाइसे चौविसे राजाको दरवार समेत रहेकाले सो स्थान सामरिक दृष्टिकोणले समेत महत्वपूर्ण मानिन्छ ।

होलेरी वजारवाट १७ किलोमिटर दुरीमा रहेको रुन्टी गाउँ अर्को महत्वपूर्ण पर्यटकीय क्षेत्र हो । स्वर्गद्धारी महाप्रभुको जन्मस्थल रुन्टी सम्म पुग्न सडक जोडिएको छ । महाप्रभु जन्मेको गाउँमा अहिले उहाँका १५ घर नातेदार रहेको छन । सो स्थानमा रहेका केही मन्दिरहरूमा अझै सम्म पुजापाठ हुदै आएको छ । त्यहाँको पुजा पाठ र मन्दिर व्यवस्थापनको जिम्मा स्वर्गद्धारी आश्रमवाट हुदै आएको स्थानीय पहलमान घर्तीमगरले जानकारी दिए ।

होलेरीकै आसपासमा पर्ने झेनाम गैरा गाउँमा शिव पार्वती गुफा पनि अर्को महत्वपूर्ण पर्यटकीय स्थल हो । होलेरी वजारवाट झण्डै आधा घण्टा पैदलयात्रमा पुगिने सो गुफामा विभिन्न आकृतीहरू देख्न सकिन्छ । करिव ६० मिटर लम्वाइको दुरीमा रहेको सो गुफा हेर्न आउनेहरूको संख्या पनि दिनानुदिन वढि रहेको छ । माओवादीले तयार गरेका ७ डिभिजन लडाकु मध्ये पाँचौ डिभिजनका लडाकु वसेको मुख्यालय पनि होलेरी देखि नजिकै पर्छ । नुवागाउँको दहवनमा रहेको सो स्थानका साथै सहायक डिभिजनको रूपमा उघा र तिला पनि होलेरी वजार देखि नजिकको दुरीमा रहेका छन ।

चालु आर्थिक वर्ष सो स्थानमा होम स्टे निर्माण गर्ने गरि वजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष जनक पुनको भनाई छ । होम स्टे सहितको संरचना तयार गरि सो स्थानको समग्र व्यवस्थापनको जिम्मेवारी स्थानीय समुदायलाई दिन्छौ अध्यक्ष पुनले भने । हिल स्टेशन वन्दै गरेको होलेरीलाई अन्य पर्यटकीय क्षेत्र संग पनि जोड्ने गरि योजना वनाईरहेका छौ अध्यक्ष पुनले भने । रुन्टीगढी गाउँपालिका संवृद्धीको पहिलो आधार कृषि र पर्यटन हो अध्यक्ष पुनले भने । होलेरीलार्य केन्द्रमा राखेर त्यस वरपरका पर्यटकीय क्षेत्रलाई समेत जोडेर हिल स्टेशन बनाउने गरि काम थालनी गरेका छौ अध्यक्ष पुनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?