ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

कुहिएको चामल बितरण बन्द गर

१६ आश्विन २०८०, मंगलवार
१६ आश्विन २०८०, मंगलवार

यो वर्ष पनि नेपालीहरूका चाडपर्व घरदैलोमै आईपुगेका छन । चाडपर्व आउँदा हरेक नेपालीमा खुसी र उमंग छाउनु स्वाभाविक हो । चाडपर्वमा रमाउने नेपाली परम्परा हो । चाडपर्वले खुसी नै लिएर आउँछन तर त्यो खुसी सवैका लागि उत्तिकै प्रिय नहुन सक्छन । यसपाली पनि चाडपर्व नजिक आएकै बेला पश्चिमका विभिन्न जिल्लामा खाद्यान्न संकट छ । सरकार कति हुस्सु छ । सरकारका निकाय कति गैर जिम्मेवार छन भन्ने कुरा सुन्दा पनि कहालीलाग्दो अवस्था छ । सवै चाडपर्वमा रमाउने बेला आएको छ तर सुदूर पश्चिमका दुर्गम पहाडी जिल्लाका स्थानीय बासिन्दा चामलको अभावमा यो बर्षको दशैं तिहार खल्लो हुने चिन्तामा छन । दुर्भाग्य नेपाल खाद्य संस्थान कुहिएको चामल विक्री गरिरहेको छ ।

दूरदराजका मानिसलाई सरकारले समेत अवहेलना गर्दै आएको छ । नेपाल खाद्य संस्थानमाथि बर्षौदेखि कुहिएको चामल वितरण गर्ने गरेको आरोप लाग्दै आएको छ । यो आरोपमात्र नभएर यथार्थ पनि हो । १० बर्ष अघि ठिक यही समस्या देखिएपछि सरकारले खाद्य संस्थानका तत्कालीन डिपो प्रमुखलाई कारवाही गरेको थियो । अहिलेपनि त्यही अवस्था छ । कुहिएको चामल वितरण गर्ने काम रोकिएको छैन । त्यहाँका जनता समेत बोल्न सक्दैनन् । चाडपर्वको बेला लाईन लागेर एक दुई पाथी चामल लिन डिपो चाहार्नुपर्ने बाध्यता छ । कुनै गुनासो गरे त्यही कुहिएको चामल समेत नपाउने बिडम्वना छ । विडम्वना सुदूर पश्चिमका जनताका लागि खाद्यान्न संकटको समाधान कहिल्यै हुन सकेन । अहिले मुख्य समस्या अछाम, कालीकोट, डोल्पा, जाजरकोट, दैलेख लगायतका क्षेत्रमा देखिएको छ । पश्चिम क्षेत्रमा खाद्यान्नको अभाव भएको धेरै पहिलेदेखि सञ्चार माध्यममा आईरहेको विषय हो । तर यो गम्भीर विषयमा सरकारको ध्यान पुगेको छैन ।

जनता कसरी बाँचिरहेका छन् र उनीहरूलाई कसरी राहत दिन सकिन्छ भन्ने विषयमा सम्वन्धित निकायलाई कुनै चासो छैन । एकातिर खाद्य संकटको समाधान नहुनु र अर्कोतिर आर्थिक अवस्थामा सुधार नहुनुका कारण सुदूरका जनता झनै प्रभावित भैरहेका छन । अव पनि सरकारले हात्तीका मुखमा जिरा भने झै एक दुई ट्रक खाद्यान्न वितरण गरेर जिम्मेवारी पूरा भएको ठान्नु हुँदैन । खाद्यान्नमात्र होइन बाढी पहिरोको प्रकोपले सुदूर पश्चिममा समस्या झनै विकराल भएको छ । दर्जनौं घर पहिरोमा परेका छन । कैयौं विस्थापित समेत भएका छन तर यो समस्याका विषयमा मानौं बेखवरको अवस्था देखिएको छ । पश्चिमी क्षेत्रमा देखिएको खाद्यान्न संकटको अवस्थाले सबैलाई गम्भीर बनाएको छ । समय छँदै सचेत नहुने र समस्या समाधानमा चासो देखाउन भैरहेको ढिलाईले थप समस्या उत्पन्न हुन सक्छ । अव संघीय र सुदूर पश्चिम सरकारको यो विषयमा ध्यानाकर्षण होस् । चाडबाडको बेला कुहिएको चामल विक्री गर्ने गैर जिम्मेवार खाद्य संस्थानका विभागीय कर्मचारीमाथि कारवाही होस् । सुदूरका जनतालाई सधै हेपिरहने अवस्थाको अन्त्यका लागि त्यहीका जनता जाग्नुपर्ने बेला आएको छ । सवै नेपाली चाडपर्वमा रमाउने बेला त्यहाँका जनता त्यही कुहिएको चामलका लागि दिनभर लाईन वस्नुपर्ने अवस्था उत्पन्न हुनु भनेको गंभीर चिन्ताको कुरा हो । सरकारसंग थोरै पनि मानवीयता छ भने सुदूरका जनतालाई भेडाबाख्राको व्यवहार गर्न वन्द गर । पैसा तिरेर पनि राम्रो चामल किन्न नपाउने बर्षौदेखिको बिडम्वना अव अन्त्य गर ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?