ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

कहालीलाग्दो छ– बृद्धबृद्धाका पीडा र बेदना

१६ आश्विन २०८०, मंगलवार
१६ आश्विन २०८०, मंगलवार

मानिस जन्मेपछि मर्नुपर्छ । जन्मने र मर्ने प्रकृया सृष्टिको सुरुवात संगै चलिरहेको छ । हो हामी नवजात शिशु हुँदै बालक, किशोर र युवा हुँदै बृद्धावस्थामा पुग्ने गर्छौँ । युवा हुँदाको अवस्थासम्म प्रायः हामी सबैले अविभावकको साथ पाएर सजिलै जिएका हुन्छौ । जब बृद्ध अबस्था आउँंछ तब मानिस चिन्तामा पुग्छ । यो अवस्था भनेको सारै दुखदायी अवस्था हुन्छ । प्रेसर, सुगर, कोलेस्ट्रोल, थाइराइड, मुटुको रोग, पोस्टेड आदी जस्ता अनेकन रोगले समात्दै जान्छ । बृद्धावस्थामा मानिसहरू धेरै किसिमका रोग र औषधीको शिकार बनेका हुन्छन् । जसलेगर्दा उनीहरू कमजोर बन्दै जान्छन् । त्यो बेलामा मानवीय सहाराको जरुरत पर्दछ या त्यतिखेर मानिसले परनिर्भर भएर बाँच्नुपर्ने अवस्था आउँछ । पछिल्लोसमय धेरै ठाउँमा बृद्धबृद्धा अलपत्र परेको हामीले पाउँछौँ । कहीँ गरिबीको कारण यो अवस्थामा काल रोज्ने र खोज्ने बनाएको हुन्छ भने धेरै ठाउँ आफ्नै सन्तानले रेखदेख नगरेका कारण बृद्धबृद्धा अलपत्र परेको अवस्था छ । यतिखेर उनीहरू न त आत्महत्या नै गर्ने बाटो रोज्न सक्छन न त उनीहरू शान्तिको श्वास फेरेर जिउन सकेका छन । यस्तो परिस्थितिले बृद्धहरू बडो जटिल अवस्थामा छन् ।

नानी काल आएन, किन बाँच्न परेको छ र परिवारको बोझ भएर ? जस्ता शब्दहरू बृद्धाहरूको मुखबाट दिनदिनै सुन्नुपर्ने हुन्छ । के भयो भन्ने प्रश्नमा उनीहरू भन्ने गर्छन न त छोरो बोल्छ न त बुहारी नै । नाति नातिनासम्म मोबाइलमा रमेका हुन्छन । हामी बुढाबुढीको नजिकै आउँदैनन्, न त दुःख बिमार नै सोध्ने गर्छन न त भोक प्यासनै । यस्तो अबस्थामा के बाँच्नुुु, मरेकै ठिक । आजकल त पृथ्वीलाई नै बोझ भएछौँ भन्ने लाग्छ । पहिले पहिले त मोबाइल भन्ने थिएन । नाति नातिनाहरू हजुरबा आमासँंग खेल्थे, रम्थे, त्यसैले समय गएको पत्तै हुन्थेन, अहिले के जमाना आयो कोही कसैसँग बोल्दैन । सबै घोप्टिएका हुन्छन, हामी दुई बुढाबुढी मात्र आपसमा कति बोलिरहने, वाक्क लाग्छ, उनीहरू भन्छन् ।

कुनै बृद्धले भन्छन– भएका सन्तान सबै प्रदेशी भए, गुहार माग्ने ठाउँ छैन । बिमार हँुदा अस्पताल पु¥याउने मानिस छैन । कहाँ हो कहाँ प्रदेशबाट आफ्नो ख्याल गर्नु भन्ने शब्दले स्याहार सुसार पुग्दैन, पैसा त पठाउँछन, पैसाले स्याहार गर्दो रहेनछ, अस्पताल लग्ने, चेकजाँच गराउने, औषधी ल्याएर खान दिने मानिस कोही छैन के गर्नु, काल आएन । गाउँमा दाजुभाई आफन्तकोमा, डाँडा पाखा पखेरा घुमिन्थ्यो र दिन गएको पत्तो हुदैनथ्यो । तर शहरमा आफ्नै घरमा भाडामा बसेको मानिससम्म बोल्ने चलन रहेन्छ । बोले वा केही सोधे कहाँको पाखे हो भन्छन । कस्तो बिना पर्खालको जेलमा परिएछ । दिन गुजार्नै गाह्रो छ । जानु कहाँ जानु, पैदल हिँडे धुवाँ, धुलो र गर्मी हुने कुनै साधनमा चढे पैसा चाहिने र जाने गन्तव्य पनि छैन भने जाने कहाँसम्म जाने ? हामी गाउँमा बसीरहेकाहरूलाई सारै दिक्क लाग्दो रहेछ उनी भन्छन ।

दशथरी औषधीको भर छ, चिल्लो पीरो खानु हुंदैन, दाँत धेरै त झरिसके, एक दुईवटा बचेका दाँतले केही टोक्दैन, घरमा छोरा बुहारी अनि नाति नातिनालाई नरम खाना रुच्दैन, गिलो भयो भन्छन । दुइथरी पकाउन पकाउनेलाई दुःख हुन्छ भन्छन । न त खानामा न त लगाउनमा न त घुम्नमा जवान सरह हामी बुढाबुढीले सक्दैनौ, न त यी कुराहरूमा परिवारमा समावेश गराइन्छ । हामीलाई त पुरै घाँडो भएर बाँच्नु परेको छ । बडो कठिन भनेको बुढेसकाल रहेछ । धेरै जसोका घरमा छोराछोरी घरमै छैनन, भएकाका घरमा बृद्धलाई सेवा र सम्मान छैन । बिगतमा तिनै बाउआमाले जन्माएर हुर्काएका सन्तानले अहिले बाउ आमा गनाउने, फोहरी, पाखे, जंगली भन्दै परपर लखेट्ने जस्ता ब्यवहार भोग्नुपरेको केही बृद्धबृद्धा बताउँछन । कतिपय घरमा छोरा जागीर खान वा ब्यापार गर्न बाहिर जाने अनि घरमा बुहारीले तातो पानी माग्दा पनि झर्किने, खाजा दिन पनि मतलव नराख्ने अनि दिउसोको वा खाली पेटमा खानुपर्ने औषधी पनि छिमेकीमा पानी मागेर खानुपर्ने जस्ता समस्या देखिने गरेका छन् ।

कुनै बृद्धाले बुढा गए म एक्लै परेँ, मेरो त बोल्ने साथी नै छैन । घरमा कोही छैन, एउटो भको छोरो स्वास्नी लिएर बिदेशमा छ । उनीहरूले उतै दुई बच्चा बनाए भन्छन । न त ति बच्चा देख्नु छ न त भेटनु छ । सुत्केरी स्याहार्न पनि म त रोगी बोलाएनन्, सासु बोलाएर सबै गरायौँ भन्छन । अलि अलि घर खर्च पठाउँछन । औषधी खान जेनतेन पुग्छ । कहिले त त्यही दवाई ल्याइदिने मानिस हुदैन, गाउँमा बरु गुहार पाइन्थ्यो यहाँ त गुहार पाईदो रहेनछ, शहरका मानिस कति ठूला हुन, कसैको मुखमा हेर्ने बोल्ने चलन रैनछ, केही सोध्यो नसुने जस्तो गरेर हिँडछन् ।
सहरमा बुढाबुढीको साथी पाइँदो रहेनछ । यो सहरमा कोठामा मरेपनि गन्ध नआई कसैले कसैको चासो दिन्छन जस्तो मलाइ लागेन । उनी बुढी आमा आफ्नो गुनासा सुनाउँछिन । म गुल्मीको मानिस, मेरी श्रीमती स्वर्गे भएको अहिले आठ बर्ष भयो । एक बर्ष भयो बुटवल झरेको म बुढीको यादमा तडपेको यही बर्ष हो, सात बर्ष गाउँमा मलाई साथी भाइले बुढीको याद आउन दिएनन् तर सहर के झरेंथें बल्ल बुढी सम्झिने भएँ । यो सहरमा छोरो कमाउन र बुहारी घरधन्दा सकेपछि टिकटकमा रमाउन अनि नाति नातिना दिनभर स्कुलमा र आएपछि मोबाइलमा कार्टुन र पब्जीमा रमाउने गर्छन । यो हजुर बा हो भन्नेसम्म उनीहरूलाई थाहा छैन । कोही आफन्त आएर मुखमा हेर्दैनन्, ढोग्न मान्दैनन, के यस्ता दिन आए म छक्क परिरहेको छु । यस्तो अवस्था रहिरहे अबका दिन कस्ता हुने हुन, हाम्रो समाजको संस्कार र संस्कृति कतातिर जाने हा,े रिटायर लाइफ बृद्ध अवस्थामा कसरी गुजार्ने हो, परिवारबीचको अपनत्व यसरी हराउँदै गएपछि आफ्नै छोराछोरीले बाउ आमा नै नचिन्ने दिन आउला जस्तो लागिरहेको छ, उनी भन्छन ।

प्रत्येक घरको एक न एकजना परदेसिएको छ । घरमा जवान मानिस छैनन, कि त बृद्ध कि त बच्चा घरमा छन । गाउँको हाल बेहाल छ, बाँदरको बासस्थान बनेको छ, सहरदेखि कता नै जाने । सन्तानले म जन्मेको घर भनेर माटोमा नमिलिसिकेको भए फोटो खिच्ने बाहेक अर्को बिकल्प छैन । युवा जति प्रदेश छन, एकाध गाउँ कुरेका बुढाबुढीले सहरदेखि झिकाएको रासन खाएर बाँचेका छन । खेतबारी सबै बाँझिएको छ, भारत तथा बंगलादेशको खाद्यान्न खाएर नेपालीहरू बाँचेका छन । बरु खाडीमा गएर ८० डिग्रीको तापमा काम गरेर पैसा कमाउने तर आफ्नै देशमा केही गरौं भन्ने सोंच छैन र सोंच आएर फर्केका पनि सफल हुन सकेका छैनन् । सरकारले किसानलाई कुनै सहुलियत नदिँदा खुल्ला भारतीय बजार सँग प्रतिस्पर्धामा कारोवार गर्न नसक्दा घाटा मात्रै भएको छ । जसको परिणाम बिदेश पलायन हुन युवालाई रहर होइन बाध्यता बनाएको छ । जसको नतिजा बुढा बाउ आमाले दुःख कष्ट झेल्नुपरेको छ । हेला होँचो भएर बेसाहारा भएर बाँच्नुपरेको छ । जन्मेपछि बृद्धावस्था प्रायः सबैको आउँछ । सबैको जीवनमा माथि भनिएजस्तो परिस्थिति आउन सक्छ । तसर्थ यस्तो समस्याबाट बच्न समयमै समाजको प्रत्येक व्यक्ति वा समाजले अथवा राज्यले कदम चाल्नुपर्ने होइन र ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?